काठमाडौं- सरकारले व्यवसायी पोस्न २७ प्रतिशत मुनाफा सुनिश्चित हुने प्रावधानसहित सुन, चाँदी, हीरा तथा बहुमूल्य धानुका गहना (अनुगमन तथा नियमन) निर्देशिका २०७१ तयार गरेको छ। उसले नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण महासंघको मागअनुसार मुनाफा सुनिश्चित गर्न लागेको हो। सरकारको यो कदम अन्तर्राष्ट्रिय मापदण्डविपरीत छ।दुवै महासंघले लामो समयदेखि गरगहना उत्पादन, व्यवस्थापन प्रणालीमा पाँच प्रतिशत जर्ती, विशेष किसिमको गरगहना बनाउँदा डिजाइन तथा तौलअनुसार २० प्रतिशतसम्म जर्ती, क्षम्य सीमा दुई प्रतिशत र पुराना गरगहना किन्दा पाँच प्रतिशत मूल्य कट्टा गर्न पाउनुपर्ने माग गरेका थिए । जर्ती भनेको सुनचाँदीबाट गरगहना बनाउने सिलसिलामा हुने अदृश्य नोक्सानी हो।
वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार व्यवसायीको माग सम्बोधन हुने गरी तयार गरिएको निर्देशिकालाई सोमबारको बैठकले अन्तिम रुप दिँदै छ। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ सरकारले व्यवसायीलाई २७ प्रतिशतसम्म मुनाफा सुनिश्चित गरेर उपभोक्ता लुट्ने छुट दिएको बताउँछन्। 'यो व्यवसायीलाई उपभोक्ता लुट्न दिइएको छुटमात्र होइन, नीतिगत भ्रष्टाचारसमेत हो,' उनले भने।
वाणिज्य मन्त्रालयले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यवसायीको हितमा निर्देशिका ल्याउन लागेको आरोपसमेत बानियाँले लगाए। 'नेपाल गुणस्तर ऐन, २०३७ अनुसार उद्योग मन्त्रालयले गर्नुपर्ने काम वाणिज्य मन्त्रालयले गरिरहेको छ,' उनले भने। प्रस्तावित निर्देशिकाले व्यवसायीलाई २७ प्रतिशतसम्म नाफा खाने बाटो खोलिदिएको बानियाँले बताए।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी पनि जर्ती, क्षम्य सीमा र पुराना गरगहना किन्दासमेतको गरी २७ प्रतिशत मुनाफा व्यवसायीलाई दिनु उचित नहुने बताउँछन्। 'यो विश्व सुन परिषदको मापदण्डविपरीत हो, हामी त्यसमा सहमत छैनौं। तर, वाणिज्य मन्त्रालयले के गर्छ यसबारे जानकारी छैन,' उनले भने। सरकारले व्यवसायीलाई २७ प्रतिशतसम्म मुनाफा सुनिश्चित गरिदिन नसक्नेसमेत उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी कारोबारमा हलमार्किङ पद्धति अवलम्बन भइसकेको सन्दर्भमा नेपाल सरकारले पनि त्यो कार्यान्वयन गर्न ऐन, कानुन, नीति–नियम लागू गर्नुपर्ने भएकाले निर्देशिका ल्याउन लागिएको हो। सरकारका प्रतिनिधि, सुनचाँदी व्यवसायी र सरोकारवालाबीचको लामो बहसपछि मन्त्रालयका उपसचिव नूतराज पोखरेलको संयोजकत्वमा गठित कार्यदलले साउन ५ गते मस्यौदालाई अन्तिम रुप दिई मन्त्रालयमा पेस गरेको थियो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दीपक सुवेदी बानियाँको भनाइसँग सहमत छैनन्। निर्देशिकाले बानियाँले दाबी गरेजस्तो व्यवसायीलाई २७ प्रतिशतसम्म मुनाफा लिने बाटो नखोल्ने उनले दाबी गरे। 'पुरानो गहना किन्दा व्यवसायीले १० प्रतिशतसम्म मूल्य कटौती गर्न पाउनुपर्ने माग गरेका थिए। हामीले प्रचलित मूल्यअनुसार नै दिनुपर्ने भनी निर्देशिकामा उल्लेख गरेका छौं,' सुवेदीले भने। व्यवसायीले पुराना गरगहना किन्दा पुनः प्रशोधन गर्नुपर्ने भन्दै बजार मूल्यको पाँच प्रतिशतसम्म कट्टा गर्ने व्यवस्था मागेका थिए। प्रस्तावित निर्देशिकाको दफा १४ मा उपभोक्तासँग रहेको गहनाको शुद्धता कायम रहेको परिमाणअनुसार निर्धारित बजार मूल्यमा कारोबार गर्न सकिने उल्लेख छ।
अनुगमन तथा नियमन निर्देशिकाको अन्तिम मस्यौदामा व्यवसायीले सुनचाँदीको गहनामा पाँच प्रतिशतसम्म जर्ती काट्न सक्ने उल्लेख छ। यसै विषयमा व्यवसायी र सरकारबीच अन्तिम समयसम्म विवाद थियो। व्यवसायीले गरगहना व्यवस्थापन प्रणालीमा ढिक्का सुनबाट गहना बनाउँदा अपनाउनुपर्ने विधि र प्रक्रियामा सुन नोक्सान हुने भन्दै साधारण गहनामा पाँच प्रतिशतसम्म जर्तीको व्यवस्था माग गरेका थिए।
विशेषखाले गहनामा भने डिजाइन र तौल हेरी उपभोक्तासँगको सहमतिमा २० प्रतिशतसम्म जर्तीको व्यवस्था हुनुपर्ने माग व्यवसायीको थियो। नयाँ निर्देशिकाले हीरा र अन्य बहुमूल्य पत्थरबाट बन्ने गहनाको हकमा भने ग्राहक र व्यवसायीबीच आपसी सहमतिमा जर्ती काट्न सकिने व्यवस्था गरेको छ। प्रस्तावित मस्यौदामा सुन र सुनका गहनाको शुद्धता क्यारेट पद्धतिबाट निर्धारण गर्ने गरी न्यूनतम गुणस्तर मापदण्ड तोकिएको छ। यसअनुसार, २४ क्यारेट सुनमा ९९.९ प्रतिशत अर्थात नौ सय ९९ फाइननेस हुनुपर्नेछ। वर्क सुनमा ९९ प्रतिशत, २२ क्यारेटमा ९१.६६ प्रतिशत, १८ क्यारेटमा ७५ प्रतिशत र १४ क्यारेटमा ५८.३३ प्रतिशत फाइननेस हुनुपर्ने छ।
त्यस्तै, चाँदी र चाँदीका वस्तुको शुद्धता कायम गर्दा व्यवसायीले स्वयं घोषणा गरेअनुसारको गुणस्तर कायम हुनुपर्ने मापदण्ड छ। यसअनुसार सबैभन्दा उच्च गुणस्तरको चाँदीमा ९९.९ प्रतिशत र सबैभन्दा न्यून गुणस्तरमा ८० प्रतिशत फाइननेस हुनुपर्ने छ। हीरा र हीराका गहनालाई तीन प्रकारले वर्गीकरण गरिएको छ। निर्देशिकाले हीरालाई बहुमूल्य, उपबहुमूल्य र कृत्रिम पत्थरमा वर्गीकरण गरेको छ।
सरकार र व्यवसायीबीच पुराना गरगहना फिर्ता र खरिद गर्दाको कटौती र क्षम्य सीमाबीच अझै सहमति हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए। 'केही कुरा मिले पनि अझै हामी टुंगोमा पुगिसकेका छैंनौं। टोलरेन्स (क्षम्य सीमा) र पुराना गहना खरिदमा सहमति हुन बाँकी छ,' उनले भने।
नेपालमा अझै पनि हातले गहना बनाउनुपर्ने भएकाले नेपाल गुणस्तर तथा नापतौल विभागले हलमार्कको व्यवस्था नगरेसम्म हस्तनिर्मित गहनामा कम्तीमा दुई प्रतिशत क्षम्य सीमा हुनुपर्ने व्यवसायीको माग रहेको शाक्यले सुनाए। सुन व्यवसायमा लगानीअनुसार प्रतिफल मागेको समेत उनले जानकारी दिए।
प्रस्तावित निर्देशिकामा सुन, चाँदी, हीरा तथा अन्य बहुमूल्य धातुका गहनाको कारोबार अनुगमन तथा नियमन गर्न उपत्यकामा एउटा अनुगमन टोली गठनसमेत गर्ने उल्लेख छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अधिकृत संयोजक रहने उक्त टोलीमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, उपभोक्तावादी संस्था र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सदस्य रहने छन्। उपत्यकाबाहिर उपभोक्ता संरक्षण नियमावली, २०५६ ले तोकेको निरीक्षण अधिकृत संयोजक रहने टोलीले अनुगमन र निरीक्षण गर्न सक्ने उल्लेख छ।
आभूषण संघको सचिवालय उद्घाटन
यसैबीच, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नेपाल रत्न तथा आभूषण संघको सचिवालय आइतबार उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा बोल्दै उनले यस क्षेत्रका समस्या समाधान गर्न सरकारले तत्काल कदम चाल्ने बताए।
सो अवसरमा संघले सिन्धुपाल्चोकको बाढी पहिरोपीडितका लागि संघका सदस्यबाट संकलित तीन लाख रुपैयाँ बराबरको राहत मन्त्री थापामार्फत सिन्धुपाल्चोकका सभासद मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरिएको थियो।