काठमाडौं- सरकारले मुख्य चाडपर्वका बेला अत्यावश्यक उपभोग्य वस्तु सहुलियत मूल्यमा बिक्री गर्न विगतमा झैं यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। राजधानी उपत्यकालगायत देशका विभिन्न सहरमा असोज १ दखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ।वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सरकारी स्वामित्वका नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान, दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालन गर्ने छन्। हरेक वर्ष दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गर्दै सस्ता पसल सञ्चालन हुँदै आएका छन्। विगतको तुलनामा यो वर्ष सस्ता पसल विस्तार गर्ने मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले जानकारी दिए। अघिल्लो वर्ष काठमाडौं उपत्यकाका कालीमाटी, टेकु, थापाथली, रामशाहपथ, जडिबुटी, ललितपुर, भक्तपुर र बल्खु गरी आठ ठाउँ र उपत्यकाबाहिर सरकारी संस्थानका डिपोमा सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो।
सरकारले यो वर्ष नेपाल खाद्य संस्थानको थापाथली र सिंहदरबार कार्यालय परिसर, कोटेश्वर, कालिमाटी, रामशाहपथ, ललितपुरको जावलाखेल, लगनखेल र भक्तपुरलगायत स्थानमा पसल सञ्चालन गर्ने तयारी गरेको छ। यसका लागि अर्थ मन्त्रालयमा कार्ययोजनाको खाका पठाइसकेको र चाँडै नै अन्तिम निर्णयमा पुग्ने सुवेदीले जानकारी दिए।
टाढाका उपभोक्तालाई मध्यनजर गर्र्दै यो वर्ष घुम्ती पसल पनि चलाउने तयारी भइरहेको वाणिज्य मन्त्रालयले जनाएको छ। ठाउँठाउँमा गाडीमा सामान राखेर घुम्ती पसल सञ्चालन गरिने प्रवक्ता सुवेदीले बताए। 'टाढाका उपभोक्ताको सुविधाका लागि गाडीमा सामान राखेर बिक्री गरिने छ,' उनले भने। यी पसलमा अन्तभन्दा सस्तोमा दाल, चामल, नुनलगायत दैनिक उपभोग्य वस्तु किन्न सक्ने उनले जानकारी दिए। दैनिक उपभोग्य वस्तुको मूल्य बढेका बेला सुपथ मूल्य बजारले उपभोक्तालाई केही राहत पुग्ने विश्वास सरकारको रहेको सुवेदीले बताए।
नेपाल खाद्य संस्थानले सुपथ मूल्य पसलमा नेपाल, अमेरिका र जापानमा उत्पादित चामल बेच्ने संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए। संस्थानले सबै चामलमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने जनाएको छ। संस्थानले गत वर्ष पनि चामलमा त्यत्ति नै छुट दिएको थियो। 'गत वर्ष नेपालमा उत्पादन भएको सावित्री र मकवानपुरे चामल धेरै बिक्री भएको थियो। नेपाली चामल उपभोक्ताले धेरै मन पराएका छन्,' उनले भने। अघिल्लो वर्षको तुलनामा यो वर्ष सामानको मूल्यमा खास फरक नपर्ने समेत उनले बताए।
त्यस्तै दुग्ध विकास संस्थान सुपथ मूल्य पसलमा घीउ, चिज, दही, पनिरजस्ता दुग्धजन्य पदार्थ सहुलियत मूल्यमा बिक्री गर्ने छ। गत वर्ष संस्थानले घीउमा प्रतिकिलो १० रुपैयाँ र अन्य उत्पादनमा दुई रुपैयाँ छुट दिएको थियो। यस वर्ष कति सहुलियत दिने भन्ने तय हुन बाँकी रहेको संस्थानले जनाएको छ।
सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले चिनी, नुन, मैदा, पिठो, दाल, तेल, चामल, ग्यासजस्ता सामान केही छुटमा बिक्री गर्नेछ। नेसनल ट्रेडिङले पनि विद्युतीय सामग्री र घरायसी सामान छुटमा बेच्ने योजना बनाएको छ। नेसनल ट्रेडिङको पसलमा कप सेट, कपडामा लगाउने इस्त्री, काठ काट्ने औजार, बिजुलीका सामान पाइने छ। अघिल्लो वर्ष नेसनल ट्रेडिङले विभिन्न सामानमा ४० प्रतिशतसम्म छुट दिएको थियो।