काठमाडौं-नेपाल विद्युत प्राधिकरणको साख थप ओरालो लाग्न नदिन सरकारले साढे २७ अर्ब रुपैयाँ अपलेखन गरेको तीन वर्ष नहुँदै उसको सञ्चित घाटा १९ अर्ब रुपैयाँ पुगेको छ।वित्तीय स्थिति सकारात्मक हुनुपर्ने भन्दै सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको घाटा शून्यमा झारे पनि अर्को वर्षदेखि यस्तो घाटा बढ्दै गएको प्राधिकरणको वासलातमा उल्लेख छ। प्राधिकरणले आइतबार आफ्नो ३०औं वार्षिकोत्सवमा प्रस्तुत गर्ने प्रतिवेदनमा गत तीन वर्षको घाटा १९ अर्ब चार करोड २४ लाख रुपैयाँ उल्लेख छ। आर्थिक वर्ष २०५७/०५८ मा निजी क्षेत्रका खिम्ती र भोटेकोसीबाट उत्पादित बिजुली अमेरिकी डलरमा किन्न थालेयता प्राधिकरण निरन्तर घाटामा छ।
सरकारले सञ्चित घाटा शून्यमा झारे पनि आव २०६८/०६९ मा मात्रै यस्तो घाटा करिब १० अर्ब रुपैयाँ पुगेको थियो। सस्तोमा बिजुली किनेर महँगोमा बेच्नु,सञ्चालन खर्च अनियन्त्रित बढ्नु र समयमा बिजुलीको महसुल नबढनु नै संस्था घाटामा जानुका प्रमुख कारण रहेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए।
ठूलो मात्रामा रहेको चुहावट न्यूनीकरण गर्न बेवास्ता गर्दामात्रै भारतबाट आयात हुने बिजुलीभन्दा बढी चुहेरै जाने गरेको छ। चुहावट कम र सञ्चालन खर्च मितव्ययी नगर्दा उसको घाटा अघिल्लो वर्षसम्म झन्डै १३ अर्ब २३ करोड रुपैयाँ पुगेको थियो। गत आवमा मात्रै पाँच अर्ब ७० करोड ४२ लाख रुपैयाँ घाटा भएको छ।
हरेक वर्ष प्राधिकरणको आम्दानीको तुलनामा खर्च तीनदेखि अर्ब रुपैयाँसम्म थपिँदै आएको छ। घाटा अपलेखन गर्दा सरकारले दिएका सुझाव तथा संस्था सुधारका कार्यक्रम कार्यान्यनमा भने प्राधिकरण उदासीन बनेको छ।
चुहावट आधा घटाउन सकिएमात्रै वार्षिकरुपमा बढ्दै गएको घाटामा कमी आउने प्राधिकरणकै अधिकारी बताउँछन्। गत आवसम्म प्राधिकरणको वितरण प्रणालीबाट एक अर्ब १८ करोड ३९ लाख युनिट बिजुली चुहावट भएको छ। यो प्राविधिक र अप्राविधिक (चोरी) चुहावट हो। वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले गत वर्ष औसत आठ रुपैयाँ १८ पैसा प्रतियुनिटमा बिजुली बेचेको छ।
बिक्री दरको आधारमा यो वर्षमात्र बिजुली चुहावटबाट उसले झन्डै १० अर्ब रुपैयाँ गुमाएको छ। जबकि प्राधिकरणले गत वर्ष भारतबाट एक अर्ब सात करोड २२ लाख युनिट बिजुली खरिद गरेको थियो।
वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणको प्रसारण प्रणालीमा गत वर्ष चार अर्ब ६३ करोड १५ लाख युनिट (सात सय ९१ मेगावाट) बिजुली जडित थियो भने उसले तीन अर्ब ४४ करोड ७६ लाख युनिट बिजुलीमात्र बेचेको थियो। यो वर्ष बिजुलीको उच्चतम माग एक हजार दुई सय एक मेगावाट प्रक्षेपण गरिएको थियो।
चार सय १० मेगावाट बराबरको अपुग बिजुली लोडसेडिङ गरेर व्यवस्थापन गरिएको प्राधिकरणले जानकारी दिएको छ। अघिल्लो वर्ष २५.११ प्रतिशत रहेको चुहावट गत वर्ष जम्मा ०.३२ प्रतिशत मात्रै घटाएको छ। चुहावट नियन्त्रणमा व्यवस्थापनको गम्भीर लापरबाही देखिएको कर्मचारीको आरोप छ। तर, यसमा राजनीतिक दल र सरोकारवालाको सहयोगबिना चोरी कम गर्न गाह्रो हुने उच्च कर्मचारीको तर्क छ।
वार्षिक आयको ठूलो रकम सञ्चालन खर्चमा खर्च हुँदा पनि सञ्चित घाटा बढ्दै गएको निमित्त कार्यकारी निर्देशक पाण्डेयले बताए। उनले भने, ‘बिजुलीको माग र आपूर्ति व्यवस्थापन गर्न सकिएन, निर्माणाधीन आयोजनामा ठेकेदारले गरेको भेरिएसन (थप रकम) नियन्त्रण गर्न नसक्दा पनि घाटा बढ्न मद्दत पुग्यो।'
उनका अनुसार भारतसँग बिजुली किन्दा पाँच प्रतिशत बढीमा ल्याउने गरिएको छ। साथै स्वदेशी निजी क्षेत्रका उत्पादकले बेच्दा वार्षिक तीन प्रतिशत बढाएर बेच्न पाउँछन् , तर प्राधिकरणको महसुल वृद्धि त्यसअनुसार हुन सकेको छैन। विगतको तुलनामा यो वर्ष ग्राहक वृद्धिदर पनि कम भएर अनुमानअनुसार नाफा नहुँदा घाटा बढेको उनले प्रस्ट्याए। १० प्रतिशतले बढ्ने ग्राहक संख्या यो वर्ष साढे चार प्रतिशतले मात्रै बढेको जनाइएको छ।
प्राधिकरणले यो वर्ष बिजुली बिक्रीबाट २७ अर्ब ६३ करोड र लिज भाडा, सेवा शुल्क, लाभांश लगायतबाट एक अर्ब ५९ करोड गरी कुल २९ अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो आवभन्दा दुई अर्ब १४ करोड ४७ लाख रुपैयाँ बढी हो। तर, आम्दानी बढे पनि उसको गत आवसम्मको सञ्चालन खर्च २८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन खर्चको ठूलो हिस्सा बिजुली खरिदमा खर्च हुने गरेको छ। प्राधिकरणले गत वर्ष १६ अर्ब ३९ करोड रुपैयाँको बिजुली किनेको छ। यसमध्ये झन्डै ५० प्रतिशत रकम बिजुली किनेबापत भारतलाई तिरेको छ। यो वर्ष लोडसेडिङ दैनिक १२ घन्टामा सीमित गर्न बढी बिजुली आयात गर्नु परेकाले पनि घाटा थपिएको पाण्डेयको भनाइ छ।
भारतबाट किन्ने भन्दा बढी परिमाणमा हुने चुहावट रोक्न नसक्नु नै घाटाको मुख्य कारण बनेको प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले बताए। उनले भने, ‘हामी बिजुलीमा पनि भारतमा निर्भर हुँदै गएका छौं, आफ्नो सुधार र निर्माणाधीन आयोजना नबनाउने र किन्नमा मात्र जोड दिने परम्पराले संस्थाको भविष्य भयावह देखिएको छ।'