काठमाडौं- सरकारले यो वर्षको दसैंतिहारका लागि सहुलियत दरमा चिनी आयात नगर्ने भएको छ। विगत वर्षमा सरकारले १ प्रतिशत भन्सार सहुलियतमा चिनी आयात गर्दै आएको थियो। चाडपर्वलाई आवश्यक पर्ने चिनी स्वदेशी उद्योगीले आपूर्ति गर्न सक्षम रहेको बताएपछि सरकारले सहुलियत दरमा चिनी आयात नगर्ने भएको हो। भारतमा चिनीमा लाग्ने महसुल गत वर्षको तुलनामा १५ प्रतिशत बढाएपछि सरकारले चिनी आयात नगर्ने बताएको हो। भारतमा गत वर्ष चिनीको भन्सार २५ प्रतिशत मात्र थियो। यस वर्ष बढाएर ४० प्रतिशत पुर्यावइएको छ।
भारतबाट चिनी नल्याउने भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी उद्योगबाट चिनी आपूर्ति गर्न भर्खर प्रस्ताव आह्वान गरेको छ। आफूहरुसँग चिनीको मौज्दात पर्याप्त रहेको र कर्पोरेसनले प्रस्ताव गरेभन्दा बढी परिमाणमा उपलब्ध गराउन तयार रहेको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए। 'उद्योगीले अहिले चिनीको राम्रो मूल्य पाउन सकेका छैनन्,' उनले भने, 'हामीसँग पर्याप्त मौज्दात रहेकाले राजस्व गुमाएर विदेशबाट चिनी ल्याउनु आवश्यक छैन।' विगत वर्षमा पनि उद्योगीले विदेशबाट चिनी ल्याउने व्यवस्थाको विरोध गर्दै आएका थिए।
संघका अनुसार उद्योगीले धेरै वर्षदेखि विदेशबाट चिनी आयातमा रोक लगाउन सरकारसँग माग गर्दै आएका थिए। सरकारले विदेशबाट चिनी आयात गर्दा उद्योगीले उत्पादन गरेको चिनी बिक्री नभएर सस्तोमा बजारमा लैजान बाध्य भएको संघको भनाइ छ। ढिलै भए पनि सरकारले भारतबाट चिनी नल्याउँदा उद्योगीलाई उत्पादन बढाउन थप सहयोग मिल्ने संघको भनाइ छ।
'सरकार तथा व्यवसायीको पहलमा किसानलाई उखु खेतीको क्षेत्रफल बढाउन लगाएका छन्,' उखु व्यवसायी महासंघका अध्यक्ष कपिलमुनि मैनालीले नागरिकसँग भने, 'सरकारको पछिल्लो निर्णयले किसान र उद्योगी दुवैलाई फाइदा हुन्छ।' सरकारको आग्रहमा तराईका किसानले उखु खेतीसमेत विस्तार गरेका छन्। सरकारले विदेशबाट आयात हुने चिनी आयातलाई रोक्दा किसानले उखुको मूल्य पाउने महासंघको भनाइ छ। मैनालीका अनुसार यो वर्ष २ करोड ५० लाख क्विन्टल उखु उत्पादन भएको छ। एक क्विन्टल उखुबाट ९ केजी चिनी उत्पादन हुँदै आएको उनको भनाइ छ। गत वर्ष एक क्विन्टल उखुको मूल्य ४ सय ८१ रुपैयाँ तोकिएको थियो।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत चैतमा ४० हजार टन चिनी १ प्रतिशत भन्सार शुल्कमा आयातको सिफारिस गरे पनि त्यो मन्त्रिपरिषदमै पुगेन। अहिले नेपालमै पर्याप्त चिनी रहेको र स्थानीय उद्योगबाटै खरिद गर्ने नीतिअनुसार विदेशबाट ल्याउने चिनीलाई प्राथमिकता नदिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ।
यो वर्ष करिब २ लाख टन चिनी उत्पादन भएको र त्यो नेपालको कुल मागभन्दा बढी भएको संघले जनाएको छ। अहिले ठूलो लगानीका १० चिनी उद्योग सञ्चालनमा छन्। हाल स्वदेशी उद्योगको ७० प्रतिशत उत्पादन घरायसी प्रयोजन र ३० प्रतिशत चिनी खाद्य उत्पादनमा प्रयोग भइरहेको छ।
त्यसैगरी सरकार–उद्योगीबीचको लामो विवाद सुल्झन नसक्दा अर्बौं रुपैयाँको चिनी निर्यातको कोटा उपयोग हुन सकिरहेको छैन। युरोपियन युनियन (इयु)ले नेपालबाट 'हतियारबाहेक सबैथोक' कार्यक्रम अन्तर्गत सन् २००१ देखि सहुलियत दरमा अप्रशोधित चिनी लैजान थालेको थियो। सरकारले एकाधिकारसहित एजेन्टमा नेसनल ट्रेडिङ लिमिटेडलाई नियुक्त गरेपछि उद्योगीसँगको विवाद र क्रमशः गिर्दै गएको उसको आर्थिक क्षमताले सुविधा उपयोग गर्नुसट्टा प्राप्त कोटासमेत खारेज भएको छ।
नेपाली एजेन्टको अक्षमताकै कारण इयुले पूर्वस्वीकृत कोटा सन् २०१३ देखि खारेज गरी 'कोटा फ्री' गरिदिएको छ। सन् २०१२ मा इयुले वार्षिक १४ हजार टन अप्रशोधित चिनी सहुलियतमा उपलब्ध गराउन कोटा दिएको थियो। सो कोटालाई पनि नेपालले उपयोग गर्न सकेन।