खाद्यले दसैंलाई ३५ सय खसीबोका ल्याउने
२६ साउन २०७१
•
५ मिनेट पाठ
खाद्यले दसैंलाई ३५ सय खसीबोका ल्याउने
काठमाडौं- नेपाल खाद्य संस्थानले दसैंका लागि तीन हजार पाँच सय खसीबोका ल्याउने भएको छ। नेपाली बजारको माग र खपत हुने बजारलाई निर्धारण गर्दै संस्थानले खसीबोका ल्याउन लागेको हो। गत वर्ष पनि संस्थानले यति नै संख्यामा खसीबोका आयात गरेको थियो।
संस्थानका प्रवक्ता नवराज उपाध्यायले यो वर्ष पनि मागअनुसारै खसीबोका ल्याउन लागिएको बताए। दसैंको मागलाई हेर्दा काठमाडौंका लागि यति नै पर्याप्त हुने उपाध्यायको दाबी छ। 'हामीले अनुमान गरेको संख्यामा पनि फरक पर्नेछैन। मूल्यमा पनि खासै फरक नपर्ने देखिएको छ,' उनले भने। संस्थानले भारतसहित नेपालगन्ज, सुर्खेत, उदयपुर लगायत जिल्लाबाट खसीबोका काठमाडौं ल्याउने तयारी गरेको उपाध्यायले जानकारी दिए।

नेपाल पशुपक्षी व्यापार संघले भने ४० हजार खसीबोका काठमाडौं भिœयाउने तयारी थालेको छ। गत वर्ष पनि संघले यही संख्यामा खसीबोका आयात गरेको थियो। संघमा आबद्ध तीन सय व्यवसायीले खसीबोका ल्याउने संघका अध्यक्ष दीपक थापाले बताए। संस्थानले यो वर्ष मूल्य नबढ्ने संकेत दिएको भए पनि संघले भने मूल्य बढ्ने जनाएको छ। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशतले बढेका कारण यो वर्ष जिउँदो खसीको मूल्य बढ्ने थापाले जानकारी दिए। 'नेपालको आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो मूल्य तिर्नुपर्छ,' थापाले भने, 'त्यसैले बजारमा मूल्य बढ्ने पक्का छ।'

संघले भारतका विभिन्न राज्यबाट र नेपालको नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउनेछ। जिउँदो खसी तथा बोकाको मूल्य किलो र स्वास्थ्यका आधारमा निर्धारण गरिने थापाले बताए। संस्थानले गत वर्ष ३० किलोभन्दा माथिको खसीको मूल्य प्रतिकिलो तीन सय ९५ रुपैयाँ, २५ किलोदेखि ३० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ९० रुपैयाँ, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ र २० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ७० रुपैयाँ कायम गरेको थियो। दसैं घटस्थापनाको भोलिपल्टदेखि सामान्यतयाः खसीबोकाको बिक्री सुरु हुने भए पनि संस्थानले गत वर्ष घटस्थापनाअघि नै बिक्री सुरु गरेको थियो।

राजधानीलगायत देशभर नै दसैंको समय खसीबोकाको अत्यधिक माग हुन्छ। दसैंको समयमा उपत्यकामा करिब ६० हजार खसीबोकाको कारोबार हुने र १२ लाख किलो मासु खपत हुने पशु सेवा विभागको तथ्यांक छ। गत वर्ष दसैंको समयमा कुखुरामा बर्डफ्लुको संक्रमणका कारण खसीको माग अत्यधिक बढेको व्यवसायीको अनुभव छ। संस्थान वा संघमा आबद्ध संगठित व्यवसायीसँगै किसानहरुले व्यक्तिगत रुपमा पनि खसीबोका ल्याएर बिक्री गर्छन्।

संस्थानले यो वर्ष पनि सरकारको वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य सरकारी संस्थानसँग मिलेर सुपथ मूल्य बजार विभिन्न स्थानमा सञ्चालनमा ल्याउनेछ। चाडपर्वका समयमा हुने सामान अभाव र कृत्रिम मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन यस्ता पसल सञ्चालन हुने गरेका छन्। यी पसलमा दैनिक उपभोग्य खाद्यवस्तु अन्यत्रभन्दा कम मूल्यमा बिक्री हुने गरेका छन्।

अर्को समाचार
खाद्यले दसैंलाई ३५ सय खसीबोका ल्याउने
२६ साउन २०७१
•
५ मिनेट पाठ
खाद्यले दसैंलाई ३५ सय खसीबोका ल्याउने
काठमाडौं- नेपाल खाद्य संस्थानले दसैंका लागि तीन हजार पाँच सय खसीबोका ल्याउने भएको छ। नेपाली बजारको माग र खपत हुने बजारलाई निर्धारण गर्दै संस्थानले खसीबोका ल्याउन लागेको हो। गत वर्ष पनि संस्थानले यति नै संख्यामा खसीबोका आयात गरेको थियो। 
संस्थानका प्रवक्ता नवराज उपाध्यायले यो वर्ष पनि मागअनुसारै खसीबोका ल्याउन लागिएको बताए। दसैंको मागलाई हेर्दा काठमाडौंका लागि यति नै पर्याप्त हुने उपाध्यायको दाबी छ। 'हामीले अनुमान गरेको संख्यामा पनि फरक पर्नेछैन। मूल्यमा पनि खासै फरक नपर्ने देखिएको छ,' उनले भने। संस्थानले भारतसहित नेपालगन्ज, सुर्खेत, उदयपुर लगायत जिल्लाबाट खसीबोका काठमाडौं ल्याउने तयारी गरेको उपाध्यायले जानकारी दिए। 
नेपाल पशुपक्षी व्यापार संघले भने ४० हजार खसीबोका काठमाडौं भित्र्याउने तयारी थालेको छ। गत वर्ष पनि संघले यही संख्यामा खसीबोका आयात गरेको थियो। संघमा आबद्ध तीन सय व्यवसायीले खसीबोका ल्याउने संघका अध्यक्ष दीपक थापाले बताए। संस्थानले यो वर्ष मूल्य नबढ्ने संकेत दिएको भए पनि संघले भने मूल्य बढ्ने जनाएकोे छ। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशतले बढेका कारण यो वर्ष जिउँदो खसीको मूल्य बढ्ने थापाले जानकारी दिए। 'नेपालको आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो मूल्य तिर्नुपर्छ,' थापाले भने, 'त्यसैले बजारमा मूल्य बढ्ने पक्का छ।' 
संघले भारतका विभिन्न राज्यबाट र नेपालको नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउनेछ। जिउँदो खसी तथा बोकाको मूल्य किलो र स्वास्थ्यका आधारमा निर्धारण गरिने थापाले बताए। संस्थानले गत वर्ष ३० किलोभन्दा माथिको खसीको मूल्य प्रतिकिलो तीन सय ९५ रुपैयाँ, २५ किलोदेखि ३० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ९० रुपैयाँ, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ र २० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ७० रुपैयाँ कायम गरेको थियो। दसैं घटस्थापनाको भोलिपल्टदेखि सामान्यतयाः खसीबोकाको बिक्री सुरु हुने भए पनि संस्थानले गत वर्ष घटस्थापनाअघि नै बिक्री सुरु गरेको थियो। 
राजधानीलगायत देशभर नै दसैंको समय खसीबोकाको अत्यधिक माग हुन्छ। दसैंको समयमा उपत्यकामा करिब ६० हजार खसीबोकाको कारोबार हुने र १२ लाख किलो मासु खपत हुने पशु सेवा विभागको तथ्यांक छ। गत वर्ष दसैंको समयमा कुखुरामा बर्डफ्लुको संक्रमणका कारण खसीको माग अत्यधिक बढेको व्यवसायीको अनुभव छ। संस्थान वा संघमा आबद्ध संगठित व्यवसायीसँगै किसानहरुले व्यक्तिगत रुपमा पनि खसीबोका ल्याएर बिक्री गर्छन्। 
संस्थानले यो वर्ष पनि सरकारको वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य सरकारी संस्थानसँग मिलेर सुपथ मूल्य बजार विभिन्न स्थानमा सञ्चालनमा ल्याउनेछ। चाडपर्वका समयमा हुने सामान अभाव र कृत्रिम मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन यस्ता पसल सञ्चालन हुने गरेका छन्। यी पसलमा दैनिक उपभोग्य खाद्यवस्तु अन्यत्रभन्दा कम मूल्यमा बिक्री हुने गरेका छन्।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस