काठमाडौं-सरकार र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साझेदारीमा १० उद्योग सञ्चालनमा आएका छन्। ‘एक जिल्ला एक उत्पादन' (ओडिओपी) कार्यक्रमअन्तर्गत ती उद्योग सञ्चालनमा आएका हुन्।स्थानीयस्तरमा रोजगारी अवसर सिर्जना तथा स्थानीय स्रोतसाधन अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको महासंघअन्तर्गत कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप मर्हजनले बताए। ‘महासंघ र सरकारको पहलमा सार्वजनिक निजी–साझेदारी (पिपिपी) मोडलअनुसार उद्योग सञ्चालनमा ल्याइएको हो,' उनले नागरिकसँग भने, ‘तीमध्ये गत आर्थिक वर्षभित्र धेरैवटा सञ्चालनमा आइसकेका छन्,।'
महासंघले रसुवामा रेन्बोट्राउट, अर्घाखाँची मह, प्यूठान तरकारीको बीउ, धादिङ तरकारी प्रशोधन केन्द्र, मुस्ताङ पश्मिना धागो, ओखलढुंगा चिराइतो र जाजरकोटमा अर्धबहुमूल्य पत्थर उद्योग सञ्चालनमा ल्याएको जनाएको छ। ती सञ्चालन गर्न सरकार, महासंघ र स्थानीय किसानले ३० करोड ९ लाख रुपैयाँ लगानी गरेको महर्जनले जानकारी दिए। त्यसैगरी सरकारले अधिकतम ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराएको उनको भनाइ छ।
उनका अनुसार चाँडै बारामा डेरी उद्योग, सिन्धुलीमा जुनार, रौतहटमा माछालाई आवश्यक पर्ने दाना उद्योग सञ्चालन आउनेछन्। चालु आर्थिक वर्षभित्र सञ्चालनमा आउने उद्योगमा बाँकी सात उद्योगको मेसिन जडान सुरु भइरहेको छ। सात उद्योगमध्ये पनि धेरैले काम तीव्र गतिमा अगाडि बढाएका छन्।
‘उद्योगमा स्थानीय कच्चा पदार्थ प्रयोगमा ल्याइने छ,' महर्जनले भने, ‘त्यसो गर्दा स्थानीय स्रोतसाधन प्रयोग बढ्छ।' सरकार र महासंघको पहलमा सञ्चालित उद्योग नमुनामात्र हुने उनले बताए। एउटै जिल्लामा पनि धेरै कृषि उद्योगको आवश्यकता पर्ने महासंघले जनाएको छ। थप उद्योग आवश्यक परे जिल्लास्थित उद्योग वाणिज्य संघको पहलमा सञ्चालन गर्न सकिने उनको भनाइ छ। त्यसैगरी महासंघले ७५ जिल्लामा ओडिओपी कार्यक्रम सञ्चालन गर्ने भए पनि हाल १० जिल्लामा मात्र कार्यक्रम लागु भएको छ। संख्या बढाउँदै लाने महासंघले जनाएको छ।
खाद्य तथा कृषिजन्य उद्योग सञ्चालन गर्दा वा व्यवसायिक खेती गर्दा बैंकबाट ऋण उपलब्ध हुनुभन्दा पहिले व्यवसायीले ३० भन्दा बढी कागजमा हस्ताक्षर गर्नुपर्ने प्रावधानबाट हैरानी भएको महासंघकी केन्द्रीय सदस्य तथा उद्यम केन्द्रकी प्रमुख भवानी राणाले जानकारी दिइन् । ‘खेती गर्ने किसानलाई बैंकिङ प्रक्रियाबारे केही थाहा हुँदैन,' उनले भनिन्, ‘यस्तो झन्झटिलो प्रक्रियाले किसान तथा कृषि व्यवसाय गर्नेले सहज ऋण पाउन गाह्रो हुन्छ।'
किसानले व्यावसायिक कृषि खेती आत्मसात नगर्दासम्म महासंघले सञ्चालन गरेका उद्योगले पूर्णरूपमा काम गर्न नसक्ने उनको भनाइ छ। नेपाल राष्ट्र बैंकले कुल कर्जाको १२ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। तर, बैंक तथा वित्तीय संस्थाले यसलाई समेत कार्यान्वयन नगरेको महासंघको भनाइ छ। ‘बैंकहरू बरु जरिवाना तिर्न तयार हुन्छन्,' उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत महर्जनले भने, ‘तर, कृषि क्षेत्रमा लगानी गर्दैनन्।'
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द्र खनालले कृषि ऋण सहज बनाउन राष्ट्र बैंकसँग आवश्यक सल्लाह गरिने जानकारी दिए। महासंघले ‘एक जिल्ला एक, उत्पादन कार्यक्रम' लाई पनि विस्तार गरि ३२ जिल्ला पुर्यालउने भएको छ। कार्यक्रमले स्थानीयस्तरमा भएका किसानको जीवनस्तर उकास्न सहयोग पुर्या्एपछि थप १० जिल्लामा विस्तार गर्न लागिएको हो। युवालाई रोजगारी प्रदान गर्ने, स्थानीय कच्चापदार्थ प्रयोग गरी विभिन्न सामग्री उत्पादन गर्ने लक्ष्यसहित महासंघले कार्यक्रमको क्षेत्र विस्तार गरेको हो।