काठमाडौं- सिन्धुपाल्चोकको मांखा–राम्चेमा गएको पहिरोबाट अरनिको राजमार्ग अवरुद्ध भएपछि हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई भ्याइनभ्याइ छ। अहिले निजी क्षेत्रका पाँच हेलिकोप्टर कम्पनीले दैनिक ७० वटासम्म उडान भरिरहेका छन्। यात्रु ओसार्न ७ हेलिकोप्टर बिहानदेखि साँझसम्म व्यस्त छन्। तीमध्ये पाँच सिटयुक्त एक, छसिटे पाँच तथा र २४ सिटयुक्त एउटा हेलिकोप्टरले उडान गरिरहेका छन्।
'सिन्धुपाल्चोकमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाबाट आउने र यताबाट जाने सयौं यात्रु ओसार्न हामीले दैनिक ७० सम्म उडान गरिरहेका छौं,' निजी वायुसेवा कम्पनीहरूका छाता संगठन वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाण्डेले बिहीबार नागरिकसँग भने, 'यताबाट जाँदा र उताबाट आउँदा दैनिक ८ सय हाराहारी यात्रु हुने गरेका छन्।'
उनका अनुसार चीनको तिब्बतस्थित प्रसिद्ध धार्मिक स्थल मानसरोवरबाट फर्कने र यताबाट जाने यात्रु ओसारपसार गर्न बढीभन्दा बढी हेलिकोप्टर प्रयोग भएको हो। अहिले एउटाबाहेक चार कम्पनीले पाँचवटा हेलिकोप्टर काभे्रको धुलिखेलस्थित टुँडिखेलमा तैनाथ गरेका छन्। तिनले धुलिखेलबाट सिन्धुपाल्चोकको कोदारी र त्यहाँबाट पुनः धुलिखेलसम्म उडान गरिरहेका छन्।
'दैनिक ७० हाराहारी उडान गर्दा पनि हेलिकोप्टर अभाव छ,' फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने, 'हाम्रै कम्पनीले भने पाँच सिट क्षमतायुक्त एउटा हेलिकोप्टरमात्र धुलिखेलमा तैनाथ गरेको छ। यात्रुको माग अझै बढिरहेको छ।'
वायुसेवा सञ्चालक संघका अनुसार हाल फिसटेल एयर, मनाङ एयर र माउन्टेन हेलिकोप्टर्सका एक–एक तथा सिमि्रक एयर र श्री एयरलाइन्सका दुई–दुई हेलिकोप्टरले यात्रु ओसारिरहेका छन्। फिसटेलले 'एएस३५०बिटु' सिरिज तथा सिमि्रक, मनाङ, माउन्टेन र श्रीले 'एएस३५०बिथ्रीई' सिरिजका हेलिकोप्टर प्रयोग गरिरहेका छन्। श्रीले २४ सिट क्षमतायुक्त 'एमआई–१७' सिरिजको एउटा ठूलो हेलिकोप्टर त्यसतर्फ उडाइरहेको छ।
अहिले हेलिकोप्टर कम्पनीले प्रतिउडान (धुलिखेल–कोदारी–धुलिखेल) १ हजार २ सय अमेरिकी डलर (१ लाख १८ हजार ४ सय ४० रुपैयाँ) देखि १ हजार ५ सय डलर (१ लाख ४८ हजार ५० रुपैयाँ) सम्म लिइरहेका छन्।
'हामीले प्रतिउडानका हिसाबमा चार्टर भाडा लिइरहेका छौं,' संघका महासचिव पाण्डेले भने, 'हेलिकोप्टर बुकिङ गर्ने ट्राभल एजेन्सीले भने प्रतियात्रुका दरले भाडा लिने गरेका छन्।' उनका अनुसार एजेन्सीले प्रतियात्रु २ सयदेखि २ सय ५० डलर (१९ हजार ७ सय ४० देखि २४ हजार ६ सय ७५ रुपैयाँ) सम्म भाडा लिइरहेका छन्।
संघका अनुसार फिसटेल, सिमि्रक, मनाङ र माउन्टेन हेलिकोप्टर्सले मात्र दैनिक ६० सम्म उडान गरिरहेका छन्। यसमा सिमि्रक एक्लैको २० उडान हुने गरेका छन्। धुलिखेलबाट कोदारी जाँदा २० मिनेट र फर्कंदा करिब ४० मिनेट उड्नुपर्छ। राजमार्ग अवरुद्ध भएयता हेलिकोप्टर प्रयोग गर्नेमा स्वदेशीभन्दा विदेशी धेरै छन्।
सामान्य दिनमा भने यो रुटमा हेलिकोप्टर धेरै प्रयोग हुने थिएन। तातोपानी नाकाबाट बिरामी वा कुनै आकस्मिक घटना भएमात्र हेलिकोप्टर प्रयोग हुने गरेका थिए। तिब्बतस्थित मानसरोवर जाने तीर्थयात्रु पनि बाध्य भएर हेलिकोप्टर नै प्रयोग गरिरहेका छन्।
'अरनिको राजमार्ग अवरुद्ध भएपछि स्थल यातायात ठप्प हुन पुग्यो र हवाई मार्गमा चाप बढेको हो,' पाण्डेले भने, 'नेपाली यात्रुमात्र छन् वा बिरामी छन् भने प्रतिउडान १ हजार डलर (९८ हजार ७ सय रुपैयाँ) मात्र लिइरहेका छौं।'
यही रुटमा एउटा सानो र एउटा ठूलो गरी दुई हेलिकोप्टर प्रयोगमा ल्याएको श्री एयरलाइन्सले भने दैनिक १० उडान गरिरहेको छ। श्रीका कर्पोरेट म्यानेजर अनिल मानन्धरले अहिले ६ सिटयुक्त एउटा हेलिकोप्टरबाट दैनिक ६ वटा र २४ सिटे ठूलोबाट चार उडान गरिरहेको जानकारी दिए। 'तर, हामी धुलिखेलबाट नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै कोदारी जाने–आउने गरिरहेका छौं,' उनले भने।
उनका अनुसार श्रीले सानो हेलिकोप्टर प्रतिउडान १ हजार ३ सयदेखि १ हजार ५ सय डलर (१ लाख २८ हजार ३ सय १० देखि १ लाख ४८ हजार ५० रुपैयाँ) सम्म लिने गरेको छ। ठूलो हेलिकोप्टर भने प्रतिउडान ६ हजार डलर (५ लाख ९२ हजार २ सय रुपैयाँ) लिने गरिएको छ।