टेलिकमले तामाकोशीमा सेयर लगानी गर्ने
२१ कार्तिक २०६६
•
८ मिनेट पाठ
टेलिकमले तामाकोशीमा सेयर लगानी गर्ने
रामचन्द्र भट्ट/दिनेश कार्की, काठमाडौं  कात्तिक २१ - नेपाल टेलिकमले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। प्रधानमन्त्रीको उपस्थितिमा शुक्रबार सम्बद्ध मन्त्री र निकायका उच्च अधिकारीबीच भएको बैठकमा लगानीको सहमति भएको हो।

टेलिकमले यो आयोजनामा १० प्रतिशत सेयर पाउने भएपछि लगानी गर्ने निश्चित भएको स्रोतले बतायो। ६ अर्ब रुपैयाँमध्ये कति सेयर र कति ऋणको रूपमा लगानी गर्ने सहमति हुन बाँकी छ। स्रोतअनुसार ६० करोड रुपैयाँ सेयरका रूपमा र बाँकी ऋणका रूपमा लगानी गर्ने प्रस्ताव प्राधिकरणका तर्फबाट गरिएको छ।

शुक्रबार प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई डाकेर टेलिकमलाई सेयर दिनेगरी तामाकोशीमा लगानीकर्ता बनाउन निर्देशन दिएका थिए। बैठकमा अर्थ, ऊर्जा र सञ्चारमन्त्री उपस्थित थिए। प्रधानमन्त्रीको निर्देशनपछि तामाकोशीको सेयर संरचनामै परिवर्तन गरेर लगानीकर्ताका रूपमा भित्र्याउन ऊर्जा र सञ्चारमन्त्री सहमत भएका हुन्।

यसलाई कार्यान्वयन गर्न अर्थ, ऊर्जा र सञ्चार मन्त्री तथा सचिववीच अर्कोपटक छलफल हुने ऊर्जा मन्त्री प्रकाशशरण महतले जानकारी दिए।

अहिलेको सेयर संरचनाअनुसार विद्युत् प्राधिकरणको ५१, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको २०, सर्वसाधारणको १०, दोलखाबासीको १०, तामाकोशी र विद्युत् प्राधिकरणका कर्मचारीको ६ र ऋणका रूपमा परियोजनामा लगानी गर्ने संस्थाका कर्मचारीलाई ३ प्रतिशत सेयर छुट्टाइएको छ।

टेलिकमलाई सेयर दिनेगरी लगानीकर्ताका रूपमा भित्र्याएपछि सेयरको यो संरचना परिवर्तन हुनेछ। टेलिकमले प्राधिकरणले राखेको ५१ प्रतिशतमध्येबाटै सेयर दिन माग गरेको छ। यसले सेयरको पुँजीगत संरचना समायोजन गर्न आवश्यक पर्दैन।

स्रोतअनुसार सेयर पुँजीको संरचना परिवर्तन गरे दोलखाबासीलाई दिने भनिएको १० प्रतिशतमा भने नघटाउने सहमति भएको छ। अन्यलाई दिने भनिएको सेयरको प्रतिशत घट्ने संभावना रहेको प्राधिकरणका एक अधिकारीले बताएका छन्।
टेलिकमले पनि तामाकोशीमा लगानी गर्ने भए सेयर पाउनुपर्ने अडान राख्दै आएको थियो। प्राधिकरणले भने सेयरबारे पहिले नै अन्य लगानीकर्ता र सरोकारवालासँग छिनोफानो भइसकेकाले प्रक्रिया झन्झटिलो हुने बताउँदै आएको थियो।
दोलखा जिल्लाको लामाबगर गाविसमा रहेको उक्त परियोजनाबाट ४ सय ५६ मेगावाट जलविद्युत् उत्पादन हुनेछ। यो क्षमताबराबरको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिए अहिले मुलुकमा भएको विद्युत क्षमताको ६६ प्रतिशतभन्दा बढी बिजुली थपिन्छ।

टेलिकमले माथिल्लो तामाकोशीमा लगानी गर्ने भएपछि प्राधिकरणले माथिल्लो त्रिशुली ३...बी' मा आफूले पाउनेजत्तिकै सेयर दिने सहमति गरेको छ। त्रिशुली ३ 'बी' विद्युत् प्राधिकरणको पहलमा निर्माण हुन लागेको आयोजना हो। ४० मेगावाटको यो आयोजनामा प्राधिकरणले ३५ प्रतिशत सेयर दिने प्रस्ताव गरेको थियो।
दुई निकायबीच भएको सहमतिअनुसार विद्युत् प्राधिकरणको प्रसारण लाइनसँगै टेलिकमले अप्टिकल फाइबर केबल तान्नेछ। यसले दुर्गम भेगमा समेत छिटो गतिको इन्टरनेट सेवा पुर्‍याउन टेलिकलाई सजिलो हुनेछ।
प्राधिकरणले टेलिकमको झण्डै तीन दर्जन मुख्य एक्सचेन्जमा चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने सहमति पनि भएको छ। यसले मोबाइल टेलिफोनमा देखिएको समस्या समाधानमा सहयोग पुग्ने टेलिकमको आसा छ। ऊर्जा संकटले मोबाइल टेलिफोन सेवामा समस्या बढेको र विस्तारमा समेत अवरोध आएको छ।

तामाकोशीमा सरकार ग्यारेन्टी बस्ने

काठमाडौं- अर्थमन्त्री सुरेन्द्र पाण्डेले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा रकम अभाव हुन नदिन सरकार ग्योरन्टी बस्ने घोषणा गरेका छन्। 'टेलिकमको ६ अर्ब रुपैयाँबाट पनि पुगेन भने थप रकमका लागि सरकार ग्यारेन्टी बस्नेछ,' उनले माथिल्लो तामाकोशी सरोकार समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा भने। समयमै काम सम्पन्न नभए परियोजनाको लागत बढ्ने बताउँदै उनले स्थानीय जनता र राजनीतिक दलले यो परियोजनाप्रति देखाएको एकताको प्रशंसा गरे।

ऊर्जामन्त्री प्रकाशशरण महतले पनि माथिल्लो तामाकोशीजस्तो राष्ट्रिय महत्वको परियोजना स्वदेशी लगानीमा बन्न लगानी जुट्नुले सकारात्मक सन्देश दिएको बताए। 'हामीले परिकल्पना गरेको विषय अब वास्तविकतामा परिणत हुने भएको छ,' उनले भने।

परियोजनाको काम छिटोछरितो सम्पन्न गर्न वित्तीय व्यवस्थापन, ठेक्का सम्झौता र पहुँच सडक निर्माण एकैपटक गर्न लागिएको महतले उल्लेख गरे। परियोजनाको पहुँच सडक निर्माणको मुख्य खण्ड नेपाली सेनाले बनाइरहेको छ। त्यो आगामी पुससम्म सम्पन्न भइसक्छ।

सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले परियोजनामा ऋण लगानी गर्दा सरकार ग्यारेन्टी बसेका कारण ढुक्क भएर नेपाल टेलिकमले लगानी गर्न राजी भएको बताए। उनले भने, 'हामीले विद्युत् प्राधिकरणलाई होइन, परियोजनालाई लगानी गर्न लागेका हौं।'

 

विगत १० वर्षदेखि राष्ट्रिय लगानीमा बन्नुपर्ने बहस भइरहेको माथिल्लो तामाकोशीमा टेलिकमले पनि लगानी गर्ने पक्का भएपछि अर्थ, ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीले बधाइ साटासाट गरेका थिए। सम्भाव्यता अध्ययनको चरणदेखि नै जुटेका परियोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठले आफू परियोजना बन्नेमा ढुक्क रहेको बताउँदै उनले भने- 'अब नेपालको जलविद्युत् विकासमा ब्रेक थ्रु हुने भो।'
अर्को समाचार
सेयरबिना टेलिकमले तामाकोसीमा लगानी नगर्ने
०९ कार्तिक २०६६
•
६ मिनेट पाठ
सेयरबिना टेलिकमले तामाकोसीमा लगानी नगर्ने
रामचन्द्र भट्ट/दिनेश कार्की, काठमाडौं, कात्तिक १०- नेपाल टेलिकमले माथिल्लो तामाकोशीमा सेयर नपाएसम्म लगानी नगर्ने अडान फेरि दोहोर्‍याएको छ।
विद्युत प्राधिकरणको व्यबस्थापन सक्षम नभएको आरोप लगाउँदै टेलिकमले तामाकोशीको व्यवस्थापनमा आफ्नो सहभागिता बिना ऋण लगानी नगर्ने शर्त राखेको हो। व्यवस्थापनमा सहभागिताका लागि सेयर अनिवार्य हुन्छ।

माथिल्लो तामाकोशीमा लगानीको विषयमा सोमबार सञ्चार मन्त्रालयमा छलफल भएको थियो। छलफलमा टेलिकम बैंकिङ संस्था नभएकाले ऋणका रुपमा लगानी नगर्ने अडान टेलिकमका अधिकारीहरुले राखेका छन्।

दुईसाता अघि सञ्चारमन्त्री शंकर पोखरेलले तामाकोशीमा टेलिकमले सेयर नपाउने हो भने लगानी नगर्न अडान लिएका थिए। पोखरेलले यो अडान लिएपछि टेलिकमले तामाकोशीमा गर्ने लगानी अन्यौलमा परेको छ।

'हामीले आयोजनाको सेयर दिनुपर्ने अडान राख्यौं,' छलफलमा टेलिकमको तर्फबाट नेतृत्व गरेका सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले भने। सेयर पाए आयोजनामा ६ अर्ब रुपैयाँसम्म लगानी गर्ने प्रारम्भिक सहमति भएको छ।

दोलखा जिल्लामा निर्माण हुन लागेको यो आयोजना अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो। यसको क्षमता ४ सय ५६ मेगावाट छ।

छलफलमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक जिबेन्द्र झा लगायत तीनजना थिए। कम लागतमा निर्माण भएर तत्काल नाफामा जाने संभावना रहेको यो आयोजनाको ५१ प्रतिशत सेयर प्राधिकरण आफैंले राखेको छ।

छलफलमा कर्मचारी सञ्चय कोषका उच्च अधिकाको पनि सहभागिता थियो। कोषका अधिकाहरुले पनि टेलिकमलाई सेयर लगानीकर्ताको रुपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए।

टेलिकमलाई सेयर लगानीकर्ताको रुपमा सहभागि नगराउने हो भने अघि नबढ्न सञ्चार मन्त्रालयले टेलिकमलाई निर्देशन दिइसकेको छ। 'टेलिकम कुनै वित्तिय संस्था होइन, जसले छोटो अवधिको लागिमात्र लगानीमा ध्यान दिन्छ,' टेलिकम स्रोतले भन्यो। ऋण लगानी गरेर व्याज खाने भन्दा पनि देशमा देखिएको उर्जा संकटलाई दुई निकाय मिलेर समाधान गर्ने योजना टेलिकमको भएको एक उच्च अधिकारीले बताए।

'यो आयोजनामा टेलिकमले सेयर पाएर व्यबस्थापनमा सहभागिताको अवसर पाउनुपर्छ,' अध्यक्ष घिमिरेले भने। उनले तामाकोशीमा सेयर पाएमा अरु यस्तै ठूला आयोजनामा पनि मिलेर जाने वातावरणको सुरुवात हुने वताए।

यो आयोजना सम्पन्न हुन ४१ अर्ब ५६ करोड रुपैयाँ आवश्यक पर्छ। यो मध्य ३० प्रतिशत १२ अर्ब ४७ करोड रुपैयाँ सेयर लगानीको रुपमा र २९ अर्ब ९ करोड ऋण लिइने तया गरिएको छ।

टेलिकमले लगानी गर्ने नगर्ने विषयलाई यो आयोजनामा लगानी गर्ने तया गरिरहेका बैंकहरुले पनि चासो दिइरहेका छन्। टेलिकम अघि बढ्यो भने बैंकहरु उत्साहित हुने संकेत देखिएको छ।

प्राधिकरणले भने टेलिकमलाई यो आयोजनामा ऋणको रुपमा लगानी गर्न आग्रह गरेको छ। यसमा लगानी गर्ने हो भने त्रिशूली ३ 'बी' मा टेलिकमलाई सेयर दिने प्रस्ताव प्राधिकरणको छ। त्रिशूली ३ 'बी' प्राधिकरणको पहलमा निर्माण हुन लागेको अर्को आयोजना हो। यसको ३५ प्रतिशत सेयर टेलिकमलाई दिन प्राधिकरणका अधिकारीहरु तयार छन्।

'वार्ता सकारात्मक रुपले अघि बढिरहेको छ,' तामाकोशीका आयोजना प्रमुख मृगेन्द्रबहादुर पाण्डेले भने। सेयर दिने विषयमा भने निर्णय नभैसकेको उनले वताए। तामाकोशीको सेयर दिन प्राधिकरण सञ्चालक समितिले निर्णय गर्नुपर्छ।

माथिल्लो तामाकोशीमा लगानीको लागि वार्ता गर्न टेलिकमले नायव प्रवन्ध निर्देशक रामेश्वर कर्माचार्यको नेतृत्वमा वार्ताटोली गठन गरेको थियो। चार सदस्यिय वार्ता टोलीले गत साता प्राधिकरणसँग ६ अर्ब रुपैयाँ लगानी गर्ने विषयमा सहमति गरेर सञ्चालक समितिमा प्रस्ताव पठाउने तया गरेको थियो। यो मध्य कति सेयर र कति ऋणको रुपमा भन्ने तय गर्ने अधिकार भने सञ्चालक समितिलेनै निर्णय गर्ने प्रस्ताव थियो।

उर्जा संकटले गर्दा मोबाइल टेलिफोन सेवामा समस्या बढेको र विस्तारमा समेत अवरोध आएको छ। यसले गर्दा टेलिकमसँग वचतमा रहेको रकमलाई लगानी विविधिकरण अन्तरगत जलविद्युतको सेयरमा लगानी गर्ने सोच व्यवस्थापनले वनाएको हे। टेलिकमसँग उपयुक्त आयोजना भएमा १० अर्ब रुपैयाँसम्म लगानी गर्ने क्षमता छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस