काठमाडौं— राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई दुई जहाज खरिदको अन्तिम किस्ता ६ अर्ब रुपैयाँ पठाउने तयारी गरेको छ।निगम व्यवस्थापनले चार महिनाभित्र एयरबसलाई अन्तिम किस्ता पठाउने तयारी गरिरहेको छ । हालसम्म चार किस्तामा निगमले ४ अर्ब रुपैयाँ (४ करोड २० लाख अमेरिकी डलर) पठाइसकेको छ ।
'अब दुईवटा जहाजका लागि एयरबसलाई अन्तिम किस्ता ६ अर्ब रुपैयाँ पठाउँदै छौं,' निगमका महाप्रबन्धक मदन खरेलले मंगलबार नागरिकसँग भने, 'यसमा दुई–चार करोड कम वा बढी हुनसक्छ ।'
हालसम्म कुल मूल्यको ३० प्रतिशत भुक्तानी भएको देखिए पनि 'लिस्ट प्राइस' अनुसार ४० प्रतिशत गइसकेको उनले जानकारी दिए । अब अन्तिम किस्तावापत एकमुष्ठ ६० प्रतिशतजति रकम भुक्तानी गरिने उनले बताए ।
'अब अन्तिम किस्ता तिरेर जहाज ल्याउँछौं तर, ठ्याक्कै यति पैसा पठाउनुपर्छ भनी एयरबसले जहाजको आपूर्ति हुने तीन महिनाअघि जानकारी पठाउँछ,' महाप्रबन्धक खरेलले भने, 'यसलाई स्कालेसन रिपोर्ट भनिन्छ । त्यही रिपोर्टबाट दुई जहाजको सही मूल्य थाहा हुन्छ ।'
निगमका अनुसार दुई जहाजका लागि एयरबसलाई २०७० असार ३१ मा पहिलो र दोस्रो किस्ता, त्यसपछि साउन १७ र असोज १५ मा तेस्रो किस्ता तथा माघ २० र चैत १८ मा चौथो किस्ता पठाइएको थियो । दुई जहाज किन्न निगमले कर्मचारी सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएको छ ।
'सञ्चय कोषकै ऋणबाट जहाजलाई पूरै रकम चुक्ता गर्न पुग्ने अनुमान छ,' खरेलले भने, 'यदि पुगेन भने सरकार गुहार्छौं । निगमसँग त्यति ठूलो परिमाणको पैसा छैन ।'
निगमले २०७० असार १३ मा एयरबससँग दुईवटा जहाज खरिद सम्झौता गरेको थियो । एयरबससँग सम्झौता हुनअघि जेठ २९ मा सञ्चय कोषसँग १० रुपैयाँबराबरको ऋण सम्झौता गरेको थियो ।
एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ । त्यसको दुई महिनापछि दोस्रो जहाज दिने प्रतिबद्धता जनाएको छ ।
सम्झौताअनुसार एउटा जहाजको अंकित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख अमेरिकी डलर ( त्यसबेलाको ७ अर्ब २० करोड रुपैयाँ) रहेको छ । निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको अंकित मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको हो ।
सम्बद्ध स्रोतका अनुसार पाँच वर्षअघिको मूल्यमा २० प्रतिशतसम्म स्कालेसन जोडेपछि जहाजको यकिन भाउ निक्लन्छ । त्यसबेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा ए३२०–२०० सिरिजको जहाज दिने गरी निगमको टेन्डर जितेको थियो ।
उक्त भाउमा सम्झौता भएको मितिअनुसार २० प्रतिशत स्कालेसन जोड्दा ८२ लाख ५७ हजार ८ सय डलर थपिन्छ । यसमा पुरानो भाउ जोड्दा निगमले एउटा जहाज ४ करोड ९५ लाख ४६ हजार ८ सय डलर (४ अर्ब ७५ करोड ६४ लाख ९२ हजार ८ सय रुपैयाँ) मा पाउन सक्छ । सञ्चय कोषले दिने १० अर्ब ऋणबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ । निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ । निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ ।
एयरबसलाई पहिलो चरणमा कुल मूल्यको करिब ३० प्रतिशत तथा बाँकी जहाज आउनु तीन महिनाअघि चुक्ता गर्नुपर्ने सर्त छ । आन्तरिक ऋणदातालाई भने जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सम्झौता भएको थियो ।
अन्तर्राष्ट्रिय उडानका लागि निगमलाई दुईवटा एयरबस ए३२०–२०० सिरिजका 'न्यारो बडी' जहाज खरिद गर्न कोषले १० अर्ब रुपैयाँ ऋण दिन सम्झौता गरिसकेको छ । उसले १० अर्ब ऋणका लागि वार्षिक १२ प्रतिशत ब्याज दर तोकेको छ भने चुक्ता अवधि १५ वर्ष राखेको छ ।
कोषसँगको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ । जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ । निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्ने छ ।
निगमका एक अधिकारीका अनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ । यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ । दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ ।
काठमाडौं कान्तिपथस्थित निगम केन्द्रीय कार्यालय भवन र त्यसले चर्चेको करिब १५ रोपनी जग्गालगायत कोषको सुरक्षणमा रहने, नयाँ आउने दुइटै जहाज कोषको नाममा धितो हुने, कर्जा सुरक्षणका लागि निगमले कोषलाई संस्थागत जमानत दिने, जहाजको समष्टिगत बिमालेख निगमले आफ्नै खर्चमा खरिद गर्नुपर्ने, उक्त बिमालेखको लाभग्राही कोष हुने तथा टिकट बिक्रीबाट प्राप्त हुने कुल आयको कम्तिमा ३० प्रतिशत ऋण नियमित गर्ने प्रयोजनका लागि कोषले तोकेको बैंकमा छुट्टै विशेष कोष खडा गरी महिनैपिच्छे रकम जम्मा गर्नुपर्ने सम्झौता दुवै संस्थाबीच भएको थियो ।
हाल निगमका जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छ । युएईको दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ । नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ । ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ ।