शिक्षामा ८६ अर्ब तीन करोड
२९ असार २०७१
•
४ मिनेट पाठ
शिक्षामा ८६ अर्ब तीन करोड
काठमाडौं– सरकारले शिक्षाको समग्र विकासका लागि रु ८६ अर्ब तीन करोडको बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०७१/७२ को बजेट व्यवस्थापिका– संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री रामशरण महतले सो जानकारी गराएका हुन्।
बजेट प्रस्तुत गर्दै उहाँले जीवनोपयोगी शिक्षाका लागि पहुँच विस्तार गर्ने गरी शिक्षा ऐनमा सशोधन गरिने जनाए। उनका अनुसार सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत आगामी वर्षमा शिक्षालाई उच्च प्राथमिकता दिएको जानकारी गराउँदै उहाँले साधारण शिक्षालाई क्रमशः प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका रुपमा विकास गरिनेछ।

साक्षर नेपाल अभियानलाई सफल बनाउन आगामी वर्ष निरक्षरता उन्मूलन वर्षका रुपमा मनाइने र त्यसका लागि रु ३९ करोड विनियोजन गरिएको छ। बजेटमा उल्लेख भएअनुसार विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र कम दुरीमा भएका विद्यालयलाई एक अर्कामा गाभिने लक्ष्यअनुसार आगामी आर्थिक वर्षमा कम्तीमा दुई सय विद्यालयलाई गाभिने योजना राखिएको छ।

विद्यालयहरूलाई निजी तथा सरकारी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अगाडि बढाइने र उपलब्ध पूर्वाधार र स्रोतमा नै साझेदारीमा विद्यालय सञ्चालन गरेमा सामुदायिक विद्यालयले पाएसरह सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

विद्यालय शिक्षाको प्रभावकारिताका लागि एक विद्यालय एक पुस्तकालय, एक विद्यालय एक विज्ञान प्रयोगशाला जस्ता कार्यक्रम ल्याउने बजेटमा छ।

सामुदायिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका उतीर्ण गर्ने निम्न आय भएका दलित, चेपाङ र राउटे समुदायका छात्रछात्रालाई उच्च माध्यामिकदेखि स्नातकोत्तरसम्म अध्ययन गर्न रु एक हजार पाँच सयदेखि रु तीन हजारसम्म मासिक छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ।

दलित, सिमान्तकृत समुदायका विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गर्ने योजना राखिएको छ। उच्च्ा शिक्षाको प्रभावकारी व्यवस्थापनका लागि उच्च शिक्षा नीति कार्यान्वयनमा ल्याइने, गुणस्तर अभिबृद्धिका लागि उच्च शिक्षा ऐन जारी गरिने र उच्च माध्यमिक विद्यालयहरूमा २००० शिक्षकका लागि अनुदानको व्यवस्था गरिने उल्लेख गरिएको छ। विश्वविद्यालयहरूको व्यवस्थापनका लागि विश्वविद्यालय छाता कानुन ल्याइने, विश्वविद्यालयहरूको विकासका लागि विश्वविद्यालय अनुदान आयोग मार्फत अनुदान उपलब्ध गराउन रु छ अर्ब ५२ करोड विनियोजन गरिएको छ। शैक्षिक शिक्षण संस्थाको पूर्वाधार व्यवस्थापनका लागि रु चार अर्ब ७४ करोड विनियोजन गरिएको र यसबाट एक हजार २८५ विद्यालय भवन, नौ वटा शिक्षा कार्यालय भवन, तीन हजार २३० वटा विद्यालय शौचालय र १३ वटा पोलिटेक्निक भवन निर्माण गरिने छ।
अर्को समाचार
शिक्षामा ५८ अर्व ५० करोड बजेट
२५ जेष्ठ २०६७
•
२ मिनेट पाठ
शिक्षामा ५८ अर्व ५० करोड बजेट
रुबी रौनियार, काठमाडौं, जेठ २५-  शिक्षामा गुणस्तर विकास गर्न यस वर्ष नेपाल सरकारले शिक्षातर्फ ५८ अर्ब ५० करोड बजेट छुट्याउने भएको छ।

शिक्षा मन्त्रालयले ५९ अर्ब ४६ करोडको प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले यस वर्ष ५८ अर्ब ५० कारोड बजेट दिने सहमतिमा पुगेको शिक्षा मन्त्रालयको योजना शाखाको उपसचिव दिपक शर्माले नागरिकसँग भने। यस वर्ष गत वर्षकोभन्दा थप कार्यक्रम बजेटमा प्रस्ताव गरिएकोले थप बजेटको आवश्यकता परेको उनको ठम्याई छ।
गत वर्ष शिक्षामा ४६ अर्व बजेट छुट्याइएको थियो।

शैक्षिक कार्यक्रम संचालनमा गत वर्षको बजेट अपुग भएको थियो। गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिन र थप नयाँ प्रस्तावित कार्यक्रम संचालन गर्न शिक्षामा थप बजेटको आवश्यक परेको उपसचिव शर्माले बताए।

यस वर्षको बजेटमा ' शैक्षिक सुनिश्चितता स्कीम ' हरेक जिल्ला र गाविसमा आधारभूत (१- ८) शिक्षा सबै जिल्लामा अनिवार्य गर्ने प्रस्ताव बजेटमा गरिएको छ। अनिवार्य शिक्षामा 'स्कुल निड बेस' वातावरण तयार गरेर सबै बालबालिकालाई स्कुल पठाउने बाध्यता हुनेछ। बालबालिकालाई स्कुल पठाउने/नपठाउने अभिभावकलाई सजाएँ, दण्ड, जरिवाना तथा पुरस्कारको समेत ब्यवस्थाको प्रस्ताव गरिएको छ।

यसको लागि बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न "आधारभूत शिक्षा बालअधिकार हो", भन्ने प्रावधान राखेर शिक्षा सेवा ऐन संशोधन गर्न लागिएको छ। यसभन्दा अगाडी ऐनमै लिखित रुपले ब्यवस्था थिएन। यसले गर्दा आधारभूत शिक्षा निशुल्क शिक्षा हुँदा समेत अभिभावकले बालबालिकालाई स्कुल पठाउने रुचि नराखेको पाइएको छ।

अनिवार्य शिक्षामा अभिभावकले बालबालिकालाई स्कुल पठाउन कानूनी रुपले बाध्य भई स्कुल पठाउनुपर्ने हुन्छ।

योभन्दा अगाडी निश्चित क्षेत्रमामात्र आधारभूत शिक्षा निशुल्क थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस