काठमाडौं- तीन वर्षअघिसम्म दहचोकको फाँटमा स-साना काला प्लास्टिक घर देखिन्थे। ती घरमा किसानले च्याउ खेती गर्दथे, नजिकैको बलम्बुका किसानबाट सिकेको भरमा।

अहिले परिस्थिति बदलिएको छ। दहचोकका फाँटमा देखिने काला प्लास्टिकका घरहरू घट्दो क्रममा छन् र सेता प्लास्टिकका लामा लामा घरहरू जताततै देखिन्छन्। ती घरभित्र लटरम्म गोलभेंडा फलेको पाइन्छ। तीन वर्षयता आएको व्यfवसायिक गोलभेंडा खेतीले त्यहाँका घान, गहुँ फल्ने खेत ढाकिँदो छ र दहचोक गोलभेंडामय भएको छ।
किसानहरू गोलभेंडा उत्पादन गरेर तात्तातो बजारमा बेच्न हतारिएका छन्। उता गोलभेंडाका उन्नत जातको बीउ उत्पादन गर्ने उदेश्यले गोरखा सिड प्रोडक्सन कम्पनी अघिल्लो वर्षदेखि दहचोकमा पुगेको छ। करिब ८० रोपनी जमिन भाडामा लिएर गोलभेंडा र क्राकोको बीउ उत्पादन गरिरहेको कम्पनीका डाइरेक्टर बिष्णु मरहट्ठा बताउँछन्। ‘दहचोक गोलभेंडा खेतीमा आकर्षित भएको छ’ उनी भन्छन्, ‘वर्षेनी यसैगरी खेती विस्तार हुने हो भने केही वर्षमै दहचोक प्लाष्टिक घरले छोपिने छ।’
दहचोकका एक मिहिनेती किसान हुन् राजु गिरी। तीन वर्षअघिसम्म गाडी चलाउने पेसाका उनको खेतमा धान, गहुँ फल्दथे। अहिले गोलभेंडाको खेती सहाल्न उनको परिवारलाई भ्याइ नभ्याइछ। अघिल्लो वर्ष एक हजार बोट गोलभेंडा रोपेका गिरीले यस वर्ष खेती बढाएर ६ हजार बिरुवा लगाएका छन्। त्यसबाट प्रशस्त लाभ र सन्तुष्टि बटुलेका छन्। गिरी भन्छन् ‘दिन बिराएर टिप्दा एक पटकमा ८० क्रेट (एक क्रेटमा २३ केजी) उत्पादन हुन्छ।’ आफ्नो गाउँमा एकपछि अर्को किसान गोलभेंडा खेतीमा आकर्षित भएको गिरीको कथन छ। ‘मिहिनेत गरे राम्रो फाइदा हुने रहेछ,’ उनले भने ‘गाडी लाइनमा काम गर्दा भन्दा धेरै सन्तुष्ठी र फाइदा छ।’
दहचोक क्षेत्रबाटमात्र दैनिक एक हजार क्रेट गोलभेंडा उपत्यकाबाहिर पोखरा, वीरगंज, हेटौंडा, बुटबल जान थालेको मरहट्ठाको अनुभव छ। काठमाडौंमा उत्पादन भएको गोलभेंडा तराईका सीमावर्ती सहर हुँदै भारतका बजारसम्म पुग्न थालेको थोक व्यवसायीहरू बताउँछन्। छोटो समयमा काठमाडौं उपत्यकामा विस्तार भएको व्यावसायिक गोलभेंडा खेती बर्षेनी विस्तारको क्रममा रहेको मरहट्ठा बताउँछन्। उनका अनुसार उपत्यकाका १५, २० हजार रोपनीमा व्यवसायिक गोलभेंडा खेती हुन थालेको छ र दैनिक ८ देखि १० हजार क्रेट उत्पादन हुन थालेको छ।

गिरिको फर्ममा फलेको लटरम्म गोलभेंडा।