चल्ने भए क्यासिनो
२३ असार २०७१
•
९ मिनेट पाठ
चल्ने भए क्यासिनो
काठमाडौं-सरकारले अवैध ठहर गरेपछि बन्द भएका साढे दुई महिनापछि क्यासिनोहरू कानुनी दायरामा आउन थालेका छन्। पुरानो बक्यौता चुक्ता गर्दै एक क्यासिनो पुनः सञ्चालनमा आउन लागेको छ। राजधानीको पाँचतारे होटल याक एन्ड यती परिसरमा रहेको क्यासिनो रोयल पुनः सञ्चालन गर्न यसका लगानीकर्ताले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएका छन्।याक एन्ड यतीको नाममा रहेको क्यासिनो रोयलको अनुमतिपत्र (लाइसेन्स) आफ्नो नामबाट जारी गराउन गिल्ड इन्टरनेसनल नामको कम्पनीले पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखामा आवेदन दिएको हो। हाल १० मध्ये अधिकांश क्यासिनोको लाइसेन्स पाँचतारे होटलको नाममा छ। पुरानो नियमअनुसार क्यासिनो सञ्चालन गर्न पाँचतारे होटल हुनैपर्छ। 
‘क्यासिनो रोयल सञ्चालकले आन्तरिक राजस्व कार्यालयमा पुरानो सबै बक्यौता चुक्ता गरेको पत्रसहित नयाँ लाइसेन्स पाउन आवेदन दिएका छन्,' महाशाखाका प्रमुख तथा सहसचिव मधुसूदन बुर्लाकोटीले सोमबार नागरिकसँग भने, ‘रोयलबारे चाँडै नै निर्णय हुनेछ।'
आन्तरिक राजस्व कार्यालयका अनुसार क्यासिनो रोयलले आर्थिक वर्ष २०६९/७० सम्मको रोयल्टी, कर, जरिवानालगायत सबै बक्यौता गरी करिब ७ करोड रुपैयाँ चुक्ता गरेको छ। 

‘अब चालु आर्थिक वर्ष २०७०/७१ को रोयल्टी र जरिवाना चुक्ता गरेपछि गिल्ड इन्टरनेसनलले रोयलको नयाँ लाइसेन्स पाउने प्रक्रिया सुरु हुन्छ,' सहसचिव बुर्लाकोटीले भने, ‘अब भने क्यासिनो कानुनी दायरामा आउने भएका छन्।'
उनका अनुसार रोयलले चालु आर्थिक वर्षको रोयल्टी वापत ४ करोड रुपैयाँ तथा यसको जरिवाना ३० प्रतिशत (१ करोड २० लाख रुपैयाँ) तिर्नुपर्छ। चालु आर्थिक वर्षबाट क्यासिनोको लाइसेन्स जारी, नवीकरणदेखि रोयल्टी उठाउनेसम्मको जिम्मेवारी पर्यटन मन्त्रालयको भागमा परेको छ। यसअघि लाइसेन्स जारी र नवीकरण पर्यटनबाट हुन गरे पनि रोयल्टी भने अर्थ मन्त्रालयले उठाउने गर्थ्यो।
नयाँ रोयल्टी चुक्ता गर्दा भने क्यासिनो बन्द भएको अवधिको लिने वा नलिने भन्ने बारे पर्यटन मन्त्रालयले छलफल गर्ने तयारी गरेको छ। सरकारले बन्द गराएका १० मध्ये रोयल पुनः सञ्चालनमा आउन लागेको पहिलो क्यासिनो हो। 
मुलुकमा क्यासिनो स्थापना भएको ४७ वर्षपछि पहिलो पटक पर्यटन मन्त्री स्तरीय निर्णयअनुसार सरकारले गत वैशाख ५ मा अवैध ठहर गर्दै दुई दिनपछि सबै क्यासिनो बन्द गराएको थियो। गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले सबै क्यासिनोमा ताल्चा लगाएको थियो। 
पटक–पटक मौका दिँदा पनि ती क्यासिनोले पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना नतिरेपछि अवैध ठहर गरिएको थियो। ती क्यासिनोबाट सरकारले करिब सवा अर्ब रुपैयाँ उठाउन बाँकी छ। 
प्रहरीले क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ), क्यासिनो अन्ना, क्यासिनो रोयल, क्यासिनो र्यारड, क्यासिनो भेनस, क्यासिनो तारा (हाल क्यासिनो स्टार) र क्यासिनो एभरेस्ट बन्द गराएको थियो। क्यासिनो सांग्रिला तथा क्यासिनो फूलबारी र पोखरा ग्रान्ड भने यसअघि नै सञ्चालकले बन्द गरिसकेका छन्। 
काठमाडौं र पोखरामा रहेका १० क्यासिनो (तीमध्ये तीनवटालाई यसअघि नै सञ्चालकले बन्द गरिसकेका छन्) अवैध भएका थिए। यसअघि सरकारले थपिदिएको १५ दिनको म्याद (२०७० चैत २१) भित्र सम्पूर्ण बक्यौता नतिरे पनि पुनः १५ थपिएको म्यादभित्र पनि कानमा तेल हालेर बसेका क्यासिनो सञ्चालक पछिल्लो पटक सरकारको निशानामा परेका हुन्। 

सरकारले २०७० साउन पहिलो साता ‘क्यासिनो नियमावली २०७०' जारी गरेपछि पहिलो पटक क्यासिनोलाई पाँच महिनाभित्र बक्यौता तिर्ने म्याद दिएको थियो। उक्त अवधि पूरै बेवास्ता गरेका क्यासिनोलाई फेरि दोस्रोपल्ट चार महिना थपिएको थियो। चैत ७ मा सकिएको दोस्रो म्याद पनि गुजारेका क्यासिनोलाई फेरि सरकारले १५ दिन दिँदै पुनः १५ दिन म्याद दिएको थियो। उक्त म्याद वैशाख ५ मा सकिएको थियो। तै पनि उनीहरूले बक्यौता चुक्ता गरेका थिएनन्। 

क्यासिनो नियमावली २०७० को दफा ३७ (१) मा ‘नियमावली प्रारम्भ हुँदाका बखत क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त कम्पनीले नियमावली प्रारम्भ भएको मितिले चार महिनाभित्र इजाजतपत्रका लागि निवेदन दिनुपर्ने' उल्लेख छ। त्यसैगरी (२) मा ‘उपनियम (१) बमोजिमको म्यादभित्र निवेदन नदिए वा दिए पनि नियमावली बमोजिम इजाजतपत्र नपाए नियमावली प्रारम्भ हुनुअघि दिइएका इजाजतपत्र स्वतः खारेज भएको मानिने' पनि उल्लेख छ। 

पुरानो बक्यौता उठाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयले क्यासिनोहरूबाट आर्थिक वर्ष २०६२/६३ देखि २०६९/७० सम्मको ६६ करोड ५३ लाख १० हजार रुपैयाँ उठाउनुपर्छ। तर, अर्थ यो जिम्मेवारीबाट पन्छिँदै आएको छ। पछिल्लो पटक क्यासिनो रोयलले करिब ७ करोड भने चुक्ता गरेको थियो।

त्यसमाथि आठ क्यासिनो प्रत्येकको भागमा चालु आर्थिक वर्षको रोयल्टी ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख जोड्दा ४१ करोड ६० लाख पनि बाँकी छ। यति सबै (१ अर्ब ८ करोड १३ लाख १० हजार रुपैयाँ) चुक्ता गर्न सके भनेमात्र उनीहरूको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ। 

पुरानो बक्यौताअनुसार पाँचतारे होटल सोल्टीस्थित क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ) को सबैभन्दा बढी २६ करोड ६८ लाख र पोखरास्थित होटल फूलबारीमा रहेको क्यासिनो फूलबारीको १६ करोड ८ लाख ६० हजार रुपैयाँ बक्यौता छ। 
त्यसैगरी पाँचतारे अन्नपूर्ण परिसरमा रहेको क्यासिनो अन्नाको १५ करोड २६ लाख ८० हजार, एभरेस्टस्थित क्यासिनो एभरेस्टको १ करोड ७१ लाख ८० हजार, मल्लस्थित भेनसको ३५ लाख, र्याोडिसनस्थित र्याकडको ३३ लाख ३० हजार, हायातस्थित तारा (हाल स्टार) को २९ लाख र पोखरास्थित पोखरा ग्रान्डमा रहेको क्यासिनो पोखरा ग्रान्डको ८ लाख २० हजार रुपैयाँ छ।
अर्को समाचार
दस्तुरसहित निवेदन दिए क्यासिनो चल्ने
२० चैत्र २०७०
•
४ मिनेट पाठ
दस्तुरसहित निवेदन दिए क्यासिनो चल्ने
काठमाडौं-करिब सवा अर्ब सरकारी बक्यौता चुक्ता गर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकहरूले शुक्रबार कार्यालय समयभित्र दस्तुरसहित निवदेन बुझाए केही दिन व्यवसाय गर्न पाउनेछन्।

सरकारले उनीहरूलाई पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्ने अन्तिम म्याद शुक्रबार (चैत २१) सम्म दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार साना क्यासिनोले २ लाख र ठूलाले ५ लाख दस्तुरसहित निवेदन दिए भने केही दिनका लागि अवैध हुनबाट केही दिन जोगिनेछन्।

'शुक्रबार कार्यालय समयभित्र दस्तुरसहित निवेदन बुझाउने क्यासिनो तत्कालका लागि अवैध हुनबाट जोगिनेछन्,' पर्यटन मन्त्रालयका सहसचिव तथा हालै गठित क्यासिनोसम्बन्धी सुझाव समितिका संयोजक रञ्जनकृष्ण अर्यालले बिहीबार नागरिकसँग भने, 'प्राप्त निवेदनबारे सबै अध्ययन गरिन्छ र यथासक्य चाँडो निवेदन स्वीकृत भए–नभएको जानकारी दिइनेछ।'

निवेदन दस्तुर भने फिर्ता हुँदैन। क्यासिनो नियमावली २०७० अनुसार निवेदनमा पुरानो बक्यौता, रोयल्टी तिरेको प्रमाणलगायत कागजपत्र पुगेको छ वा छैन सबै हेरिने मन्त्रालयले जनाएको छ।

'हाल सञ्चालनमा रहेको कुनै पनि क्यासिनो, इलेक्ट्रोनिक गेमिङ र अन्य कुनै पन कम्पनीले बिहीबार कार्यालय समयभित्र निवेदन दिएनन्,' मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाका प्रमुख तथा सहसचिव मधुसुदन बुर्लाकोटीले भने।

यसअघि क्यासिनो व्यवसायीहरूको संगठन क्यासिनो एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष किशोर सिल्वाले न्यूनतम तीन महिनादेखि एक वर्ष थप अवधि पाए सबै बक्यौता चुक्ता गर्ने बताएका थिए।

सिल्वालले त्यसो भने पनि सरकारले यसअघि नै उनीहरूलाई धेरै पटक महिनौंको म्याद दिइसकेको थियो। चार महिना थपिएको म्याद चैत ७ मा सकिए पनि कुनै क्यासिनो सञ्चालकले बक्यौता तिरेनन्। तर, लगत्तै मन्त्रिपरिषदले १५ दिन म्याद थपिदिएको थियो। यसको अन्तिम दिन शुक्रबार (चैत २१) हो।

क्यासिनोहरूको आर्थिक वर्ष २०६२/६३ देखि हालसम्मको बक्यौता ६६ करोड ५३ लाख १० हजार रुपैयाँ पुगेको छ। यसमा आठ क्यासिनो प्रत्येकको भागमा चालु आर्थिक वर्षको रोयल्टी ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख जोड्दा ४१ करोड ६० लाख पनि छ। यति सबै (१ अर्ब ८ करोड १३ लाख १० हजार रुपैयाँ) चुक्ता गर्न सके उनीहरूको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ।

पुरानो बक्यौताअनुसार क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ) को सबैभन्दा बढी २६ करोड ६८ लाख, क्यासिनो फूलबारीको १६ करोड ८ लाख ६० हजार, अन्ना १५ करोड २६ लाख ८० हजार, रोयल ४ करोड ९५ लाख, एभरेस्ट १ करोड ७१ लाख ८० हजार, भेनस ३५ लाख, र्‍याड ३३ लाख ३० हजार, तारा (हाल स्टार) को २९ लाख र पोखरा ग्रान्डको ८ लाख २० हजार रुपैयाँ छ। यीमध्ये क्यासिनो सांग्रिला, पोखरा ग्रान्ड र फूलबारी बन्द छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस