काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिनाअनुमति हिमालहरूको आधारशिविरभन्दा माथि हेलिकोप्टर उडान तथा अवतरण गर्न नदिन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मन्त्री स्तरीय निर्णयपछि पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाले उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाइ उक्त निर्देशन दिएको हो।सम्बद्ध निकायको अनुमति नलिई एक हेलिकोप्टर कम्पनीले चिनियाँ आरोहीलाई लगेर सगरमाथा आधारशिविरभन्दा माथि पनि हेलिकोप्टर उडान र अवतरण गराएको भन्दै विवाद उत्पन्न भएपछि मन्त्रालयले प्राधिकरणलाई प्रचलित कानुनबमोजिम व्यवस्था मिलाउन निर्देशन दिएको हो।
'सगरमाथा आधारशिविरभन्दा माथि हेलिकोप्टर अवतरण गरेको प्रमाणित भएपछि मन्त्री स्तरीय निर्णयअनुसार पत्राचार गरिएको हो,' पर्यटन उद्योग महाशाखाका प्रमुख तथा सहसचिव मधुसूदन बुर्लाकोटीले बिहीबार नागरिकसँग भने, 'हाम्रो काम आरोहण गतिविधि हेर्ने हो, उडान–अवतरण अनुमतिको जिम्मा प्राधिकरणको हो।'
उनका अनुसार चीनकी ३९ वर्षीया वाङ जिङ गत जेठ ९ गते साँझ ६ः२० बजे सगरमाथा शिखर पुगेकी थिइन्। यसपालि सगरमाथा शिखर पुग्ने उनी एकमात्र विदेशी आरोही हुन्। उनीसँग पाँच शेर्पा पनि चुचुरो पुगेका थिए। तर, जिङले आधारशिविरबाट नभई सिधै हेलिकोप्टरमा दोस्रो क्याम्प ओर्लिएको र शिखरतिर भन्दै उजुरी परेको थियो।
'यसबारे हामीले विस्तृतमा अनुसन्धान गर्यौं । जिङलाई हेलिकोप्टरले दोस्रो क्याम्प ओरालेको हो। त्यसपछि उनी आधारशिविर झरिन्,' बुर्लाकोटीले भने, 'गत वैशाख २७ मा आधारशिविरबाट दोस्रो क्याम्प गइन्। फेरि ३१ गते आधारशिविर झरिन्। त्यसपछि जेठ ३ मा शिखरतिर उक्लेकी थिइन्। जिङले तोकिएको रुटअनुसारै शिखर गएको पुष्टि भएपछि प्रमाणपत्र दिएका हौं।'
हेलिकोप्टर कम्पनी र पाइलटले सिधै दोस्रो क्याम्पमा लगेपछि जिङको कुनै दोष नरहेको बुर्लाकोटीको भनाइ छ। 'यात्रुको गल्ती हुन्छ कि चालकको?,' उनले भने, 'उड्डयन प्राधिकरणले उक्त हेलिकोप्टरका चालकलाई कारबाही गरिसकेको छ।'
गलत तरिकाले सगरमाथा आरोहण गरेको भए जिङलाई कारबाही भइसक्ने उनले बताए। जिङ हेलिकोप्टरबाट दोस्रो क्याम्प गए पनि पुनः आधारशिविर झरेर आरोहण गरेकाले उनलाई प्रमाणपत्र दिइएको सहसचिव बुर्लाकोटीले जानकारी दिए।
राजधानीको माउन्ट एक्सपेरियन्स ट्रेकिङ कम्पनीको व्यवस्थापनमा जिङ सगरमाथा आरोहणमा गएकी थिइन्। सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि अधिकांश आरोही र शेर्पाले आरोहण परित्याग गरेका थिए।
यता उड्डयन नियामक प्राधिकरणले भने बिनाअनुमति कसैलाई पनि सगरमाथा आधारशिविरभन्दा माथि हेलिकोप्टर उडान गर्न नदिइएको स्पष्ट पारेको छ। पर्यटन मन्त्रालयको निर्देशनमा कुनै नयाँपन नभएको प्राधिकरणको भनाइ छ।
'सगरमाथा होस् वा अन्य हिमाल, उद्धारबाहेक अन्य कामका लागि अनुमति नलिई कुनै पनि हेलिकोप्टर आधारशिविरभन्दा माथि उडान र अवतरण गर्न पाउँदैनन्,' प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने, 'चिनियाँ आरोही जिङलाई लिएर सगरमाथाको दोस्रो क्याम्प गएको उक्त हेलिकोप्टरले पूर्वअनुमति लिएको थियो।'
उनका अनुसार हेलिकोप्टर सेवा प्रदायक कम्पनी फिसटेल एयरको उक्त हेलिकोप्टरलाई इटालीका एक पाइलटले उडाएर लगेका थिए। यसबारे विवाद उत्पन्न भएपछि ती पाइलटलाई 'ग्राउन्डेड' गरिएको छ। छानविनका लागि ग्राउन्डेड गरिएको हो, त्यसलाई कारबाही भन्न मिल्दैन।
'हामीले गरेको अनुसन्धानबाट त्यसबेला फिसटेलको हेलिकोप्टरले कुनै पनि नियम–कानुन उल्लंघन गरेको पुष्टि भएन,' सुमनले भने, 'हाम्रो नियम नै छ, उद्धारबाहेक हिमालका आधारशिविरभन्दा माथि जान अनुमति लिनैपर्छ। हामीले तयार पारेको अनुसन्धान प्रतिवेदन मन्त्रालयले विस्तृतमा अध्ययन नगरेको हो कि जस्तो लाग्यो।'
विद्यमान् नियम भए पनि तालुक मन्त्रालयबाट निर्देशन आइसकेका कारण केही दिनभित्रै जवाफ पठाइने उनले जानकारी दिए। 'उड्डयन नियम–कानुनबमोजिमै हिमालहरूमा उडान अनुमति दिने गरिएको बेहोरा उल्लेख गरेर पर्यटन मन्त्रालयलाई पत्र पठाउँछौं,' महानिर्देशक सुमनले भने।