काठमाडौं- व्यवस्थापनले माग पूरा नगरेको भन्दै कार्यरत मजदुरहरूले ललितपुरस्थित गोदावरी भिलेज रिसोर्टमा मंगलबारबाट काम बन्द गर्ने निर्णय गरेका छन्। रिसोर्ट व्यवस्थापनलाई पटक–पटक माग पूरा गराउन लिखित आग्रह गरिएको तथा विभिन्न चरणमा वार्तासमेत हुँदा पनि कुनै सुनुवाई नभएपछि 'बाध्य भएर' काम बन्द गर्न लागेको मजदुरले जानकारी दिए।'श्रम कार्यालय, नेपाली कांग्रेस र एनेकपा (माओवादी) निकट मजदुर युनियनसँग बसेर धेरैपल्ट वार्ता भए पनि निष्कर्षमा पुग्न सकिएन,' एनेकपा (माओवादी) निकट अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका केन्द्रीय सचिव मुक्ति दाहालले सोमबार नागरिकसँग भने, 'व्यवस्थापनले बारम्बार आश्वासन दिने तर माग पूरा नगर्ने प्रवृत्ति दोहोर्यािएपछि काम बन्द गर्ने निर्णय गरिएको हो।'
उनका अनुसार श्रम ऐनको दफा ७४ अनुसार मजदुरले २९ दिनअघि मागपत्र पेस गरेका थिए। लामो प्रयासमा पनि रिसोर्ट व्यवस्थापन मागप्रति सकारात्मक हुन सकेन। त्यसपछि 'माग पूरा नभए ६० प्रतिशत मजदुरले गोप्य मतदानबाट हडतालमा जान पाउने' दफा ७६ पछ्याउँदै काम बन्द गरी हडतालमा उत्रिने निर्णय भएको हो।
'मंगलबार मध्यरातबाट गोदावरी रिसोर्टका सबै कर्मचारी हडतालमा उत्रिन्छन्, काम केही पनि हुँदैन,' दाहालले भने, 'तर, यसको अर्थ रिसोर्टमा तालाबन्दी गर्ने चाहिँ होइन। होटलका रेस्टुरेन्ट, कोठा सबै खुला हुन्छन्, कर्मचारीले युनिफर्म लगाएर काम नगरी धर्ना बस्नेछन्।'
मजदुरले सोमबारबाटै रिसोर्टका सबै कोठा लगभग खालि गराइसकेका छन्। केही पर्यटकलाई मंगलबार अन्यत्र होटलमा पठाइने उनीहरूले जानकारी दिए। पटक–पटक आग्रह गर्दा पनि व्यवस्थापनले माग पूरा नगरेपछि रिसोर्टमा काम गरिरहेका ९४ प्रतिशत (१ सय २३) मजदुरले काम बन्द गरी हडतालमा उत्रिन २९ दिअघि मत हालेका थिए। मतदानमा श्रम कार्यालय, मजदुर संगठन, व्यवस्थापनलगायतका प्रतिनिधि उपस्थित थिए।
रिसोर्टमा काम गरिरहेका मजदुरले व्यवस्थापनसँग खाइपाइ आएको तलबमा २५ प्रतिशतसम्म वृद्धि गर्नुपर्ने, यसअघि व्यवस्थापनले सहमति गरेको मजदुर कल्याणकारी कोषमा पैसा जम्मा गर्नुपर्ने र १० प्रतिशत सेवा शुल्क पारदर्शी हुनुपर्ने तीनवटा माग राखेका थिए।
'श्रम कार्यालयका प्रमुख नै उपस्थित वार्तामा प्रतिबद्धता जनाएको कुरा पनि व्यवस्थापनले पूरा गरेन, मजदुरलाई धोका दियो,' दाहालले भने, 'तलब वृद्धि २५ प्रतिशत मजदुरको माग हो। त्यत्ति नै हुनुपर्छ भन्ने होइन, यसमा कुरा मिल्न सक्थ्यो तर व्यवस्थापनले टार्यो । मजदुर दुःखी छन्।'
संघका केन्द्रीय सचिव दाहालका अनुसार रिसोर्टका नायब प्रबन्ध निर्देशक प्रवीण आचार्यले संघसँग भएको वार्तामा 'अन्य मागबारे अलिअलि हेरौंला, तलब अहिले कार्यान्वयन नगर्ने र एक वर्षपछि बढाउने' बताएका थिए। संघले एक वर्षपछि बढाउने भए पनि अहिलेलाई तलब वृद्धिको घोषणा गर्न सुझाव दिएको थियो। सुझाव भने कार्यान्वयनमा आएन।
मजदुरले काम बन्द गरी रिसोर्टमा हडताल गर्न लागेको विषयमा कुराकानी गर्न रिसोर्टका नायब प्रबन्ध निर्देशक आचार्यको मोबाइलमा सम्पर्क गर्दा स्विच अफ थियो। उनको घरमा सम्पर्क गर्दा पनि फोन उठेन।
१८ वर्षअघि सन् १९९६ अक्टोबर ४ मा स्थापित गोदावरी भिलेज रिसोर्टमा हाल १ सय ३० जना स्थायी मजदुर/कर्मचारी काम गरिरहेका छन्। स्थापना हुँदा २५ कोठा रहेको रिसोर्टमा अहिले ६९ वटा डिलक्स कोठा छन्।
रिसोर्टमा सुमेरु कफी सप र वैजयन्ता नामका दुई रेस्टुरेन्ट छन्। यहाँ नेपाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खाना पाइन्छन्। त्यसैगरी ४ सय ५० जना अटाउने सुमेरु, कैलाश, गार्डेन, अमरावती र मिटिङ रुम नामका पाँचवटा सम्मेलन कक्ष पनि छन्।
ललितपुर कुपन्डोलस्थित दुईतारे होटल ग्रिनविच भिलेजका प्रवर्द्धक श्रीधर आचार्यको लगानीमा गोदावरी भिलेज रिसोर्ट सञ्चालनमा छ।