काठमाडौं-नेपाल वायुसेवा निगमसँग रहेको चीनमा निर्मित नयाँ जहाज फेरि एकपल्ट चिनियाँकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। निगम स्वामित्वको ५६ सिट क्षमताको 'मोडर्न आर्क' (एमए–६०) चिनियाँ जहाजको सोमबार परीक्षण उडान गर्ने तालिका थियो। जहाज उड्नुअघि चिनियाँ इन्जिनियरले 'लगबुक'मा हस्ताक्षर गर्न नमानेपछि उडानै हुन सकेन।
'एमए–६० कै दुईजना इन्जिनियरले लगबुकमा हस्ताक्षर गर्न नमानेपछि परीक्षण उडान हुन सकेन। नियमअनुसार जहाजकै इन्जिनियरले हस्ताक्षर नगरी जहाज उडाउन पाइँदैन,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'अन्तिम अवस्थामा आएर चिनियाँ इन्जिनियरले धोका दिँदा हामी अवाक् भयौं।'
उनका अनुसार एमए–६० लाई सोमबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने तालिका बनाइएको थियो। जहाज ट्याक्सी वेमा ल्याइएको थियो। जब धावनमार्गमा लाने बेला भयो, तब चिनियाँ इन्जिनियरले लगबुकमा हस्ताक्षर गर्न मानेनन्।
'जति अनुनय गरे पनि उनीहरूले हस्ताक्षर गर्न मान्दै मानेनन्,' शर्माले भने, 'कारण सोध्यौं, केही बताउँदैनन्। उनीहरूकै नागरिक उड्डयन प्राधिकरणको अनुमति कागजात चाहिन्छ भने। यसबाट के बुझ्न सकिन्छ भने चिनियाँहरू नै हामीले जहाज उडाएको हेर्न चाहँदैनन्।'
जहाजको परीक्षण उडान गर्न चिनियाँ क्याप्टेन, को–पाइलट, निगमका पाइलट, इन्जिनियर सबै तयार हुँदा पनि चिनियाँ इन्जिनियरले हस्ताक्षर नगरेको शर्माले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले ती दुवै चिनियाँ इन्जिनियरलाई एमए–६० का लागि प्रमाणित गरिसकेको छ। साँझ ७ बजे काठमाडौंबाट अन्तिम आन्तरिक उडान हुने बेलासम्म पनि चिनियाँले हस्ताक्षर गरेका थिएनन्। मंगलबार पनि केही होला कि भनेर आश गरेका निगम अधिकारीहरू निराश भएका छन्।
'प्राधिकरण र हाम्रो हिसाबमा हेर्ने हो भने एमए–६० उडाउन चीनको उड्डयन प्राधिकरणबाट केही पनि कागजात ल्याउनुपर्ने आवश्यकता छैन,' शर्माले भने, 'तर, सामान्य विषयमा पनि चिनियाँले अनावश्यक अडान लिँदा निगमको शाख गिर्ने अवस्था आएको छ।'
चिनियाँ इन्जिनियरको अडानपछि निगम व्यवस्थापनले चिनियाँ उड्डयन प्राधिकरणका अधिकारीहरूसँग टेलिफोन वार्ता गरेको थियो। उताबाट चाँडै नै आवश्यक कागजात पठाइदिने आश्वासन आएको शर्माले बताए। 'नेपालमा दर्ता भएर ९एन–एकेक्यु कलसाइन पाइसकेको जहाजलाई अब चीनबाट अन्य कागजात चाहिँदैन,' उनले भने, 'तर, बेतुकको अडानले ठूलो समस्या उत्पन्न भएको छ।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि असार १५ भित्र एमए–६० जहाजलाई व्यापारिक उडान गर्न निर्देशन दिइसकेको छ। तोकिएको मितिभित्र नउडाए निगमका सम्बद्ध अधिकारीलाई भ्रष्टाचार आरोपमा कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ। निगम अधिकारीहरूले अख्तियारसामु असार १५ भित्र जसरी पनि जहाज उडाउने लिखित प्रतिबद्धता जनाएका छन्।
यसअघि एमए–६० को निर्माता कम्पनी जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसनले उता दर्ता खारेज भएको कागजात बेलैमा नपठाइदिँदा यहाँ जहाज दर्ता हुन सकेको थिएन। गत वैशाख १४ मा काठमाडौं उत्रिएको उक्त जहाजको स्वामित्व भोलिपल्ट निगमले पाएको थियो।
निगमले वैशाख २२ मा एमए–६० को चीनमा दर्ता खारेज गरिएको कागजात पठाइदिन जहाज निर्मातालाई पत्राचार गरेको थियो। त्यसपछि उताबाट सकारात्मक आश्वासन आए पनि कागजात आउन ढिलाइ भयो। यहाँको प्राधिकरणले फेरि चिनियाँ प्राधिकणलाई पत्राचार गरी कागजात माग्नुपरेको थियो।
'हामीले तारन्तार आग्रह गरेको ३६ दिन (जेठ २७) मा बल्ल उताबाट दर्ता खारेज भएको पत्र पठाइदिए,' निगमका प्रवक्ता शर्माले भने, 'हाम्रो प्राधिकरणले आवश्यक सहयोग र सहकार्य गरी त्यही दिन जहाज दर्ता गरिदियो। त्यसपछि हामी एयर वर्दिनेस प्रमाणपत्र लिने तयारीमा लाग्यौं।'
उक्त प्रमाणपत्र लिने प्रक्रियाअनुसार जेठ ३० मा प्राधिकरणले जहाजको सर्वेक्षण अनुगमन गरेको थियो। त्यही दिन आपतकालीन उद्धार 'ड्रिल' गरेर पनि देखाइएको थियो। त्यसपछि परीक्षण उडान तालिका बनाइएको थियो। 'तर, सबै खेर गयो,' शर्माले भने।
निगमले एमए–६० लाई जुनजुन गन्तव्यमा उडाउने भनेको थियो, ती सबैमा जहाज उडान–अवतरण गराउने कार्यक्रम तय गरेको छ। सोमबार परीक्षण उडान भएको भए यो जहाजलाई मंगलबार भद्रपुर र विराटनगर लाने तालिका थियो। त्यसपछि बुधबार भैरहवा, नेपालगन्ज र धनगढी लाने तालिका बनेको थियो।
'असार १० भित्र चिनियाँ एमए–६० बाट नियमित व्यापारिक उडान गर्ने तालिका बनाइसकेका थियौं,' शर्माले दुःखेसो पोखे, 'अब त जहाज उडाउने भन्दा पनि अख्तियारको कारबाहीमा पर्ने हो कि भन्ने पो भयो। दर्ता खारेजीको पत्र माग्दा त एक महिना कुराउने चिनियाँले अब कति दिन कुराउने हुन् ठेगान छैन।'
प्रवक्ता शर्माका अनुसार चिनियाँ इन्जिनियरले लगबुकमा हस्ताक्षर गर्न नमानेको विषयलाई निगम सञ्चालक समितिको सोमबारै बसेको बैठकले गम्भीर रूपमा लिएको थियो। निगमका महाप्रबन्धक मदन खरेलले बैठकमा यसबारे जानकारी गराएका थिए। त्यसपछि बैठकले तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयन हुँदै सरकारमार्फत सिधै चीन सरकारलाई सबै घटना जानकारी गराउने निर्णय गरेको थियो। 'बुधबार चीन सरकारलाई पत्र पठाउँछौं,' उनले भने।
जहाज निर्माता जियान एयरक्राफ्टले एक क्याप्टेन, एक को–पाइलट, दुईजना इन्जिनियर, चारजना प्राविधिक यही एमए–६० जहाजका लागि पठाइदिएको छ। उनीहरूसँगै अन्य कर्मचारी पनि यहीँ छन्। निगमले गत वैशाख १४ मा जहाज आएयता व्यापारिक उडान गर्न खोजेको प्रयास ५५ दिनदेखि सफल हुन सकेको छैन।
नेपाल र चीनबीच भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एमए–६० मोडेलका दुई र १८ सिटयुक्त 'वाई१२–ई' मोडेलका चार जहाज उपलब्ध हुनेछन्। तीमध्ये एउटा एमए–६० र एउटा वाई१२–ई अनुदान तथा एउटा एमए–६० र तीनवटा वाई१२–ई सहुलियत ऋणमा चीनले दिनेछ।
निगमका अनुसार अनुदानमा पाइने एउटा वाई–१२ई असार १६ मा यहाँ आइपुग्छ। सहुलियत ऋणमा पाइने चारमध्ये एउटा एमए–६० असोज १४ र बाँकी तीनवटा वाई–१२ई कात्तिक १३ मा आइपुग्ने छन्। निगमले यसापालिबाट सबै जहाजको बाहिरी रंग, आवरण ढाँचा (लिभरी) अहिले भएका जहाजमा भन्दा नयाँ स्वरूपको बनाएको छ।