चितवन- सरकारले राजमार्गका होटलको गुणस्तर अनुगमन तीव्र बनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले नै पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अनुगमन बढाएको हो। एक वर्षअघि सुरु भएको अभियानअन्तर्गत दुई सय ५८ होटलको अनुगमन भएकोमा १५ वटा मात्रै उत्तम ठहरिएका छन्।
मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुुरपश्चिमाञ्चलको राजमार्गछेउका ६ वटा बजार क्षेत्रमा अनुगमन गरेको विभागले सोमबार पश्चिमाञ्चलको नवलपरासी गैंडाकोटबाट अनुगमन सुरु गरेको छ। यसपटक दाउन्नेसम्म अनुगमन हुने छ। अनुगमनपछि टोलीले होटलमा हरियो, पहेँलो र रातो स्टिकर टाँस्ने गर्छ।
उत्तम स्तरको होटललाई हरियो, मध्यम स्तरलाई एउटा रातो घर्सो भएको पहेँलो र न्यूनस्तरलाई दुईवटा रातो घर्सो भएको पहेँलो स्टिकर दिने विभागका महानिर्देशक जिवनप्रभा लामाले जानकारी दिइन्। त्यस्तै खराब अवस्थाको होटललाई रातो रंगको स्टिकर टाँसेर बन्द गर्न निर्देशन दिइन्छ।
यसरी होटल र रेस्टुरेन्टको स्तर निर्धारण गर्नुअघि सो क्षेत्रमा होटल व्यवसायीको संलग्नतामा खाद्य स्वच्छतर स्वयंसेवक समूह गठन गरिने विभाग महानिर्देशक जीवनप्रभा लामाले बताइन्। उक्त स्वयंसेवक समूहले होटलले अपनाउनु पर्ने मापदण्डका सम्बन्धमा प्रचारप्रसार गर्छ। त्यसपछि विभागको केन्द्रीय टोली आएर अनुगमनपछि स्टिकर दिन्छ।
विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले दिएको जानकारी अनुसार हालसम्म चितवनको रामनगर र मुग्लिङ, धादिङ मलेखु, धनुषा ढल्केवर, बर्दिया कोहलपुर र कैलालीको चिसापानीका होटलको अनुगमन सकेको छ। खाना र नास्ता खान धेरै यात्रुबस रोकिने क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेको सुवेदीले बताए।
‘सरर्र बस रोकिएर हुरर्र खाना खाएपछि यात्रु कोही कता कोही कता पुग्छन् भनेर खानाको गुणस्तरमा ध्यान नदिने परिपाटी हुन्छ। त्यसैले हामीले यात्रुलाई खाना, नास्ता खुवाउने होटल रेस्टुरेन्टमा ध्यान केन्द्रित गरेका हौं,’ खाद्य अधिकृत सुवेदीले भने। होटलको खानाका कारण रोग लागे एक ठाउँको रोग देशभर फैलने खतरा रहने उनले बताए।
होटलमा ग्राहकले देख्ने ठाउँमा स्टिकर टाँस्ने गरिन्छ। स्टिकर देखेपछि ग्राहकले कुन होटल कस्तो स्तरको हो भनेर मेसो पाउने सुवेदीले बताए। होटलको स्तर र स्टिकरबारे यात्रुलाई जानकारी दिन विभागले चाँडै नै लामो दूरीका यात्रुबसमा सूचना टाँस्ने तयारी गरेको छ।
स्टिकर टाँसेपछि होटलको अनुगमन स्वयंसेवक समूहले नै गर्ने छ। जिल्लाका सरकारी अधिकारी खाद्य निरीक्षकले ६ महिनामा एकपटक निरीक्षण गर्ने छन्। निरीक्षणमा होटलको मापदण्ड खस्केको या सुधे्रको हेरेर स्टिकरको रंगबारे पुनर्विचार हुन्छ।
‘स्टिकर टाँसेपछि भएको अनुगमनमा हरियो टाँसेको ठाउँमा स्तर खस्केर पहेँलो रंगको टाँस्नुपर्ने अवस्था भने आएको छैन। पहेँलो स्टिकर पाएका पाँचवटा होटेलले स्तर सुधार गरेर हरियो स्टिकर भने पाएका छन्,’ महानिर्देशक लामाले भनिन्। राजमार्गमा अनुगमन सकेपछि बजारका फास्टफुड सेन्टरमा अनुगमन गर्ने उनले जानकारी दिइन्।