पोखरा— चाहिएको बेला पाइलट नपाउने, पाइहाले पनि काममा लगाउनै धेरै प्रक्रिया पुरा गर्नुपर्ने। कहिले 'भिसा' त कहिले 'वर्क परमिट'को झन्झट। धेरै खर्च गरेर पाल्नुुपर्ने र पारिश्रमिक पनि बढि दिनुपर्ने। यस्तै समस्याबाट मुक्त हुन एभिया क्लबले नेपाली पाइलट उत्पादन गर्न थालेको छ।
पोखराको आकाशमा करिब १८ वर्षदेखि अल्ट्रालाईट जहाज उडाएर पर्यटकलाई सयर गराईरहेको एभियाले अहिले विदेशीको सट्टा नेपाली पाईलटलाई प्राथमिकता दिन थालेको छ। त्यसका लागि पाईलट ट्रेनिङस्कुल खोलेको छ। चारवर्ष अघि ट्रेनिङ स्कुल खोलेको एभियाले अहिलेसम्म दुईजना नेपाली युवालाई पाइलट बनाएर व्यवसायिक उडानमा लगाइ सकेको छ । अर्का एकजना दुई महिनापछि पाइलट बन्दैछन्। अन्य १० जना प्रशिक्षणमा छन्।
एभियाका प्रबन्धक प्रविण गौचन विदेशी पाइलट खोज्नुपर्ने समस्याबाट मुक्त हुन प्रशिक्षण स्कुल खोलेर स्वदेशमै उत्पादन थालेको बताउँछन्। 'विदेशीको भरमा चलाउन खोज्दा धेरै नै गाह्रो हुने रहेछ । काममा लगाउने प्रक्रिया पुरा गर्दै दुईमहिना सित्तैमा पाल्नुपर्ने समस्या छ' गौचनले नागरिकन्युजसँग भने, 'त्यही समस्या समाधानका लागि आफैले पाईलट उत्पादन गर्न थालेका हौ । नेपाली पाईलटले हामीलाई निकै राहत मिलेको छ ।'
एभियासँग अहिले २ वटा 'फिक्सविङ' र चारवटा 'फ्लेक्सविङ' जहाज छन् । ६ वटा जहाजका लागि २ स्वदेशी र २ विदेशी गरी जम्मा चारजना पाइलट छन्। पाइलट नहुँदा सिजनका बेला दुईवटा जहाज उड्नै पाउँदैनन् । '६ वटा जहाजका लागि कम्तिमा ६ जना पाइलट चाहिन्छ । तर अभाब भयो । विदेशी खोज्दा पनि हैरान भयौं', उनले भने, 'दुई महिनापछि अर्का एक नेपाली थपिन्छन्। त्यसपछि सहज होला।' एभियाले सेवा सुरु गरेसँगै रसियन पाइलट ल्याएर उडान गरिरहेको थियो। अहिले उसँग एक रसियन र एकजना स्पेनिस पाइलट छन्।
एभियाबाटै प्रशिक्षण लिएर पाइलट बनेका सन्तबहादुर लामिछाने र सुजन पुरीले अहिले व्यवसायिक उडान गरिरहेका छन्। लामिछानेले २ वर्षदेखि जहाज उडाइरहेका छन् भने सुजनले व्यवसायिक उडान थालेको दुईसाता भएको छ। अर्का भीम लामिछाने दुई महिनाभित्रै पाईलट बन्दैछन्। रसियन पाईलटले नेपाली युवालाई प्रशिक्षण दिन्छन्। 'तीनजना नेपाली पाईलट भएपछि हामीलाई निकै राहत मिल्छ । विदेशी खोज्दा हैरानै भयो' उनले भने, 'नेपाली पाईलटलाई काममा लगाउँदा धेरै सहज छ । न भिसा, न वर्क परमिटको चिन्ता । मात्र प्रशिक्षण र लाईसेन्स भए पुग्छ ।'
एभियाले एकवर्ष लगाएर पाइलट उत्पादन गर्छ । प्रशिक्षणसँगै २५ घण्टा आकाशमा उडेको अनुभवले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट पाइलटको लाईसेन्स पाईन्छ र व्यवसायिक उडान गर्नका लागि बाटो खुल्छ। एकवर्ष करिब ५ लाख रुपैयाँ खर्चेर प्रशिक्षण लिने हो भने पोखरामै बसेर अल्ट्रालाईटको पाईलट बन्न सकिने उनले बताए। यो प्रशिक्षणले ठूला जहाज उडाउने लाइसेन्स भने पाइँदैन। प्रशिक्षण पछि सहजै रोजगार पाईने भएकोले विदेश पलायन रोक्न पनि सघाउने उनले बताए।