इलाम- लोडसेडिङले सर्वसाधारण आक्रान्त भइरहेको बेला स्वदेशी लगानीको एउटा जलविद्युत आयोजनाको निर्माण सकिए पनि उत्पादन रोकिने भएको छ। खोला ओगट्ने तर निर्माण नथाल्ने प्रवृत्तिबीच प्रक्रिया सुरु भएको ३ वर्षमै २२ मेगावाटको सानिमा माई जलविद्युत आयोजना पूरा हुन लागेको छ। तीव्र गतिमा काम हुँदा उत्साही लगानीकर्ता र सेयरधनी तत्काल विद्युत उत्पादन नहुने देखेर खिन्न छन्।
लगानीकर्ता, डिजाइनरदेखि मजदुरसम्म नेपाली प्रयोग भएको र क्यासकेडसहित २९ मेगावाट क्षमताको उक्त आयोजना अन्तिम चरणमा पुगेको छ। पूर्वको विद्युत संकट टार्न कोशेढुंगा साबित हुने ठानिएको यसको ९८ प्रतिशत काम सकिएको छ। सबै संरचनाको फिनिसिङ मात्र बाँकी रहेको र त्यो पनि युद्धस्तरमा भइरहेकोले एक महिनाभित्र काम सकिने आयोजनाका अधिकारी बताउँछन्। तैपनि उत्पादित बिजुली बजारसम्म पुर्यााउने प्रसारण लाइन नहुँदा यसले उत्पादन थाल्न सक्दैन।
सरकारले पर्याप्त बजेट छुट्याएको काबेली विद्युत प्रसारण लाइन (करिडोर) निर्माणको कछुवा गतिले सानिमा माई उत्पादन चरणमा प्रवेश गर्न नसक्ने अवस्था आएको हो। करिडोर निर्माणमा अहिलेकै सुस्त गति कायम रहे पूरा हुन अझै महिनौं लाग्ने प्राविधिक बताउँछन्। यसले सानिमा माईसहित मेचीका आधा दर्जनभन्दा बढी आयोजनाको निर्माण सकिए पनि उत्पादन बजार पुर्याबउन नपाउने अवस्था बनाएको छ।
दुई अर्ब ५८ करोड ४० लाख रुपैया“ छुट्याइएको करिडोरको जग्गा अधिग्रहण, मुआब्जा वितरण, वातावरण अध्ययन र स्वीकृतिमा ढिलाइले तोकिएको समयमा नबनेको हो। लोडसेडिङ घटाउन करिडोर अनिवार्य हुन्छ। यो नहुँदा सानिमा माईको २२ सहित झन्डै १ सय ५० मेगावाट बिजुली समयमै केन्द्रीय प्रसारणमा जोडिन पाउँदैन। बेलैमा उत्पादन गरेर बेच्न नपाए जलविद्युतमा अर्बौं रुपैयाँ खन्याएका लगानीकर्ताले नोक्सानी बेहोर्नुपर्छ।
दमकदेखि पा“चथरको फिदिमसम्म विस्तार हुने करिडोरलाई २ सय ५७ टावर आवश्यक पर्नेमा अहिलेसम्म आधा पनि बनेका छैनन्। १३२ केभी प्रसारण लाइनलाई जटिल मानिएको टावर निर्माण ढिलो हु“दा आयोजना लम्बिने निश्चि छ। टावर बन्ने ठाउ“को जग्गा स्थानीयबाट लिन थुप्रै प्रक्रिया पूरा गर्नुपर्दा र भाउ मिलाउने क्रममा पटकपटक सम्झौता उल्टि“दा ढिलो भएको आयोजना प्रमुख उद्धवलाल श्रेष्ठले बताए।
गैरआवासीय नेपाली संघ (एनआरएन) मा आवद्ध व्यवसायीको लगानीमा ३ वर्षअघि निर्माण सुरु गरिएको सानिमा माई आयोजना जेठभित्रै सक्ने गरी फिनिसिङ गरिँदैछ। माईखोलाको पानी छेक्न चिसापानी र सोयाकमा बा“ध बनाई दानाबारी गाविसमा उत्पादनगृह राखिएको छ। २२ सय ८ मिटर लामो सुरुङबाट इन्टेक, ड्याम जस्ता जटिल संरचना बनिसकेका छन्। सबै संरचना पूरा भएकाले फिनिसिङ सक्न पनि धेरै लाग्दैन।
'सुरुङभित्र फिनिसिङ, इन्टेक सुधार र पेनस्टक पाइप जडानका काम धमाधम हुँदै छन्,' आयोजनाका वातावरण तथा प्रशासन अधिकृत बसन्त पौडेलले शनिबार भने, 'यही गतिमा अघि बढ्दा आउँदो जेठभित्र काम सक्छौं।' उत्पादन गृहमा मेसिन जडान गर्ने, बाँधमा पिलर ठड्याउने, सुरुङ सफा गर्ने र केन्द्रीय प्रसारणमा जोड्ने काम सकिएपछि आयोजना विद्युत उत्पादनका लागि तयार हुन्छ। तर, विद्युत उत्पादनलाई महिनौं पर्खिनुपर्ने पक्का छ।
सानिमा माईअन्तर्गत नै सात मेगावाट क्षमताको क्यास्केड आयोजना बन्दै छ। पहिलो आयोजनाको उत्पादन गृहबाट निस्केको पानी सदुपयोग गर्दै अर्को आयोजना चलाउनुलाई क्यास्केड प्रणाली भनिन्छ। 'हामीले आयोजना सक्नै लाग्दा पनि काबेली करिडोरको काम सकिएन,' पौडेलले नागरिकसित भने, 'यसले आयोजनाको परीक्षण र विद्युत उत्पादनमा ठूलो समस्या निम्तिएको छ।'
एनआरएनको पाँच अर्ब लगानीमा दुवै आयोजना निर्माण पूरा भइसक्ने अपेक्षा छ। सानिमा माईका आवासीय अधिकृत भोजराज पौडेलले स्वदेशी लगानी र जनशक्तिमा बन्ने यो विद्युत गृह देशकै नमूना हुने दाबी गरे। 'खोला नापजाँच गर्नेदेखि केन्द्रीय प्रसारणमा बिजुली जोड्नेसम्मका काम नेपालीबाटै हुनु चानचुने होइन,' उनले भने, 'सबै आयोजनामा यो सम्भव थिएन, तर समयमै विद्युत उत्पादन नहुने भयो।'
सानिमा माईले आयोजना प्रभावित गाविस र इलामेलीका लागि सेयर बेचेर फाइदा दिलाएको थियो। पोहोर १ सय रुपैयाँमा किनेको सेयर मूल्य अहिले ५ सय नाघे पनि समयमै विद्युत उत्पादन गरेर बेच्न नपाउने स्थिति आउँदा उनीहरु दुःखी छन्।