सगरमाथा आरोहण अनिश्चित
११ वैशाख २०७१
•
८ मिनेट पाठ
सगरमाथा आरोहण अनिश्चित
काठमाडौं-सर्वोच्च शिखर सगरमाथा आरोहण दलका सहयोगी शेर्पाहरूले संविधानसभामा कम्तीमा तीनजना शेर्पा मनोनित गर्नुपर्नेजस्ता माग राखेपछि यो सिजनका लागि आरोहण अनिश्चित भएको छ।




संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यको नेतृत्वमा बिहीबार आधारशिविर पुगेको टोलीसमक्ष शेर्पाहरूले तीनवटा लिखित माग पेस गरेका हुन्। संविधानसभामा मनोनित गर्न बाँकी २६ सदस्यमा तीनजना शेर्पा मनोनित गर्नुपर्ने, सम्पर्क अधिकृतमा सरकारी कर्मचारी हटाएर शेर्पालाई मात्र पठाउनुपर्ने र सरकारी सेवामा शेर्पालाई बिनापरीक्षा नियुक्त गर्नुपर्ने माग उनीहरूले राखेका छन्।
यी माग पूरा नभएसम्म आरोहण दलमा सहभागी नहुने अडान राखेपछि सगरमाथा आरोहण अनिश्चित भएको हो। यसले जेठ पहिलो साता शिखर पुग्न आधारशिविरमा तयारी गरिरहेका ३२ आरोहण दलको योजना प्रभावित हुने अवस्था आएको छ। यसमध्ये ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन् भने एउटा नेपाली दलमा एकजना शेर्पा मात्रै छन्।
अघिल्लोपटक पेस गरिएका सबै माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा अहिले फेरि ‘असान्दर्भिक' माग राखेर अवरोध खडा गर्ने प्रयास गरिएको आधारशिविरस्थित सम्पर्क अधिकृतहरूले बताएका छन्। 
‘हिमपहिरोमा सहकर्मी गुमाएका शेर्पालाई ढाडस दिन आधारशिविर पुगेको मन्त्रीको टोलीसमक्ष शेर्पाहरूले नयाँ माग राखे,' आधारशिविरस्थित स्रोतले बिहीबार नागरिकसँग भन्यो, ‘पूरा गर्नै नसकिने माग देखेर हामी छक्क परेका छौं।'
वैशाख ५ मा सगरमाथाको पहिलो क्याम्पनजिक ५ हजार ९ सय मिटर उचाइमा गएको हिमपहिरोमा परी १३ शेर्पाको मृत्यु भएको थियो। घटनामा परेका तीनजना अझै बेपत्ता छन् भने ६ जना घाइते भएका थिए। 
हिमपहिरोपछि सरकारले ‘बेवास्ता' गरेको भन्दै आक्रोसित शेर्पाले ११ बुँदे माग राखेका थिए। लगत्तै ती सबै माग पूरा गर्न प्रतिबद्धता जनाएको सरकार अहिले आएका नयाँ मागका कारण यसपालि आरोहण गतिविधि नै स्थगित हुनेमा चिन्तित छ। 
‘यसपालि अनुमति लिएका सबै ३२ दल (३१ विदेशी र एक नेपाली) सगरमाथा शिखर जान तयार छन्, तर आरोहण सहयोगीका मागका कारण दुविधामा छन्,' स्रोतले भन्यो, ‘यसले विश्वमा नेपाल र सर्वोच्च शिखर सगरमाथाको छवि धुमिल हुनेछ। यसपालि आरोहण स्थगित भयो भने आगामी सिजन पनि प्रभावित हुनसक्छ।'
अहिले सारा विश्वको ध्यान सगरमाथामा केन्द्रित भइरहेका बेला शेर्पाका कारण सम्पूर्ण आरोहण स्थगित भयो भने त्यसको असर दीर्घकालसम्म पर्ने आधारशिविरस्थित एक सम्पर्क अधिकृतले बताए। 
‘स्वदेशी तथा विदेशी आरोही, सरदार, शेर्पा, गाइड, हाइ अल्टिच्युड वर्कर, पोर्टर, सम्पर्क अधिकृतसमेत अहिले हामी यहाँ करिब झन्डै पाँच सयजना छौं,' आधारशिविरमा रहेका एक सम्पर्क अधिकृतले नागरिकसँग टेलिफोनमा भने, ‘अधिकांश शिखरतिर जानुपर्छ भनिरहेका छन्, तर पूरा गर्नै नसकिने मागपत्र पेस गरेर शेर्पाहरू राजनीति गर्न खोज्दैछन्।'
उनका अनुसार आधारशिविरमा रहेका शेर्पालाई त्यसभन्दा बाहिरका शेर्पाले उचालिरहेका छन्। आधारशिविरमै रहेका शेर्पाले भने ‘विदेशी आरोही वा दललाई सगरमाथा आरोहण गर वा नगर भनेर दबाब दिएका छैनौं' भनी बताइरहेका छन्। त्यसविपरीत केही समूह भने अहिलेको माग पूरा नगरे सबै आरोहण स्थगित गर्ने चेतावनी दिइरहेका छन्। 
‘यसपालि सगरमाथा आरोहण स्थगित भयो भने त्यसको सम्पूर्ण जिम्मेवारी उनीहरूले नै लिनुपर्छ,' सरकारका एक उच्च अधिकारीले भने, ‘यसबाट हामीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ।'
बिहीबार पर्यटन मन्त्री आचार्य, पर्यटन सचिव सुशील घिमिरे, सहसचिव मधुसूदन बुर्लाकोटी, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पा, कोषाध्यक्ष टिकाबहादुर गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमला, महासचिव सागर पाण्डे, सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष आङदोर्जी शेर्पा, एक्सपिडिसन अपरेटर्स एसोसिएसनका अध्यक्ष डम्बर पराजुली, नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव पासाङ शेर्पा लगायतको टोली दुईवटा हेलिकोप्टर लिएर आधारशिविर पुगेको थियो। 
टोलीले त्यहाँ दुई घन्टा बिताएको थियो। त्यस अवधिमा आधारशिविरमा रहेका सबैलाई एकत्रित गरेर मन्त्री आचार्यले शेर्पाबाट आएको पछिल्लो माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।
मन्त्री आचार्यले आरोहण सुरु नभएको अवस्थामा यसपालि वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण अनुमति लिएका दलबाट पाँच वर्ष अवधि थप्न गरिएको मागलाई सकारात्मक रूपमा अगाडि बढाइने बताएका थिए। हाल यो दुई वर्ष मात्र छ। 
यसबाहेक हिमाल आरोही राहत कोष, शेर्पाहरूको बिमा रकम १० लाखबाट बढाएर १५ लाख पुर्यापउने, औषधि उपचार बिमा ३ लाखबाट ४ लाख पुर्यामउने, मृत्यु भएका शेर्पाको बालबालिका निम्ति पढाइको व्यवस्था गर्ने, आरोही स्मारक बनाउने लगायत माग पूरा गर्न सरकार राजी भइसकेको छ। त्यसलगत्तै नयाँ मागपत्र मन्त्रीलाई बुझाइएको थियो।
अर्को समाचार
सगरमाथा आरोहण अनिश्चित,९० प्रतिशत आरोहण दल फर्किए
नागरिक
१७ वैशाख २०७२
•
६ मिनेट पाठ
सगरमाथा आरोहण अनिश्चित,९० प्रतिशत आरोहण दल फर्किए
सोलुखुम्बु-अघिल्लो वर्षको आततायी हिमपहिरो र यो पटकको महाभूकम्पका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण अन्योलमा परेको छ। भूकम्पका कारण आधार शिविर आसपास हिमपहिरो गएपछि आरोहण मार्ग बिग्रेको छ भने बेस क्याम्पमा १८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये १४ जना नेपाली छन् भने ४ जना विदेशी छन्। विदेशीमा २ जना अमेरिकी, एकजना अस्ट्रेलियन र एकजना चिनिया छन्। हिमपहिरोका कारण ६१ जना घाइते भएका छन्।लगातार हिमपहिरोको जोखिम बढेपछि सरकारले पहिलो शिविर र दोस्रो शिविरमा रहेका १ सय ५० आरोहीलाई तल झारेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए। ‘आधार शिविरबाट अधिकांश आरोहण दल फर्किसकेका छन्,' आधार शिविरबाट पत्रकार आङफुला शेर्पाले भने, ‘बुधबार पनि आधार शिविरमा हिमपहिरो गयो, सबैमा त्रास छ, यहाँ बाँकी रहेका पनि आरोहण रद्द गर्ने मानसिकतामा छन्।'




‘आफ्ना सहयोगी गुमेको र बाटो पनि बिग्रेकाले ९० प्रतिशत आरोहण दलले आरोहण रद्द गर्दै फर्कन थालेका छन्,' पिक प्रमोसन एक्सपिडिसन आरोहण दलका सदस्य एवं पत्रकार आङफुला शेर्पाले भने। आधार शिविरमा रहेका विदेशी आरोहीको बन्दोबस्तीका सामान हराउन थालेको बताइएको छ। उनीहरु हराएका सामान खोज्न र ज्यान बचाउने काममा मात्र समय खर्चिरहेका छन्। हिमपात अहिले पनि जारी छ। जसका कारण आरोहीलाई आधार शिविरमा समय बिताउन कठिनाइ परेको छ।

अहिले १ सय ५० नेपाली र ५० जना विदेशी मात्र आधार शिविरमा छन्। विदेशीमध्ये अधिकांश भारतीय छन्। नेपालीले हिमपहिरोका कारण हराएका विदेशीको सामान खोजिरहेका छन् भने विदेशी राजधानी फर्कने तयारी गर्दैछन्। आधारशिविरमा रहेका नेपालीको हालचाल बुझ्न अहिलेसम्म एक जना पनि सरकारी प्रतिनिधि नगएको भन्दै उनीहरुले आक्रोश पोखे। ‘अमेरिकीको हालत बुझ्न हेलिचार्टर्ड गरेर अमेरिकी अधिकारी आए, हाम्रो नेपालीको बारेमा राज्यलाई मतलबै छैन, ठूला त कुरै छाडौं, नेपाल सरकारको अधिकृत स्तरको कर्मचारी पनि यहाँ आएका छैनन्,' एक नेपाली आरोहीले भने। उनीहरुले पर्यटन मन्त्रालयका अधिकारीले ४० भन्दा माथि आरोहण दल अनुकूल मौसमको पर्खाइमा रहेको भन्ने गलत समाचार फैलिएको भन्दै आपत्ति जनाए। ‘४० त होइन, ४ आरोहण दल पनि बेस क्याम्पमा छैनन्, अनुमानका आधारमा समाचार दिने सरकारी अधिकारी देख्दा अचम्म लाग्यो,' पत्रकार शेर्पाले नागरिकसँग भने। यसअघि बुधबार पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुख तुलसी गौतमले ४० भन्दा बढी आरोहण दल बेसक्याम्पमा रहेको जनाएका थिए।

यो सिजन पनि आरोहण रद्द भए नेपालको पर्वतीय पर्यटन उद्योगले ठूलो घाटा बेहोर्ने भन्दै पर्यटनविद र पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। ‘यो सिजनमा पनि आरोहण भएन भने नेपालको पर्वतीय पर्यटन नै धरासयी हुन्छ,' नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले नागरिकसँग भने, ‘हामी आरोहण निरन्तरताका लागि पहल गरिरहेका छौं।' उनका अनुसार काठमाडौंमा फर्किएका आरोहण दलका लिडरहरुसँग निरन्तरताका लागि छलफल भइरहेको छ। आरोहीलाई आरोहण सुरक्षाको प्रत्याभूति दिलाउनु नै सबैभन्दा चुनौतीको विषय बनेको छ। कुनै पनि हालतमा केही दललाई मात्र भए पनि आरोहण गराउने तयारीमा नेपाल पर्वतारोहण संघ रहेको छ।

यता, पर्यटन मन्त्रालयले भने आरोहण नरोकिने जिकिर गरेको छ। सगरमाथा आरोहण गर्ने बाटोमा भूकम्पको प्रभाव कम परेको हुँदा आरोहण नरोकिने मन्त्रालयको भनाइ छ। ‘आगामी हप्तादेखि सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु हुन्छ, हामी तत्काल बाटो बनाउन एसपिसिसीसँग समन्वय गछौं,' पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुख गौतमले भने।  अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि ३१ टिम सहभागी थिए। आरोहण क्रममा हिम पहिरो गएर १६ जनाको मृत्यु भएपछि आरोहणमा रोक लगाइएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस