काठमाडौं- ठूला र बलिया बैंक तथा वित्तीय संस्थाले साना र कमजोरलाई खरिद गर्न सक्ने गरी नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएको छ। केन्द्रीय बैंकले आइतबार जारी गरेको 'बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) विनियमावली २०७०' मार्फत बैंक तथा वित्तीय संस्थाले एकापसमा सिधै खरिद–बिक्री गर्न पाउने व्यवस्था गरेको हो।'बैंक तथा वित्तीय संस्था एकीकरण प्रक्रियालाई अझै सहज र सरल बनाउन एक्विजिसन विनियमावली ल्याएका हौं,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले आइतबार नागरिकसँग भने, 'यसबाट साना वित्तीय संस्था ठूलामा समाहित हुन सहज हुनेछ।'
राष्ट्र बैंकको २०७० चैत २३ मा बसेको सञ्चालक समिति बैठकले एक्विजिसन विनियमावली स्वीकृत गरी लागु गरेको भए पनि आइतबार (वैशाख ७) मा मात्र सार्वजनिक गरेको हो।
इजाजतपत्र प्रापत स्वस्थ र ठूला वित्तीय संस्थाले कम कुद सम्पत्ति (नेट वर्थ) भएका तथा समस्यामा रहेका संस्था प्राप्त गर्ने वातावरण बनाइ बैंकिङ, वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक बैंकिङ सेवा दिनुका साथै निक्षेपकर्ता र लगानीकर्ताको हकहित संरक्षण गर्ने उद्देश्यले एक्विजिसन विनियमावली ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्वर्द्धन गरी त्यसप्रति सर्वसाधारणको विश्वसनियता बढाउँदै वित्तीय स्थायित्व हासिल गर्ने र वित्तीय प्रणालीको पुँजीगत आधार सुदृढ गर्दै प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उद्देश्य पनि विनियमावलीको छ।
प्रवक्ता ज्ञवालीका अनुसार राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' (वाणिज्य बैंक), 'ख' (विकास बैंक) र 'ग' (फाइनान्स कम्पनी) वर्गका बैंक तथा वित्तीय संस्थाले अर्को त्यस्तै संस्था सिधै खरिद गर्न पाउँछन् भने 'घ' वर्ग (लघुवित्त विकास बैंक) चाहिँ खरिद गर्न पाउँदैनन्। 'घ' वर्गले पनि त्यही वर्गबाहेक अन्यलाई खरिद गर्न पाउँदैनन्। 'बजारमा एक्विजिसनको आवश्यकता देखिएपछि विनियमावली ल्याइएको हो,' उनले भने, 'यसको प्रभाव तुरुन्त देखिन थाल्छ।'
उनका अनुसार एक्विजिसन दुई तरिकाले गर्न सकिन्छ। खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले बिक्री हुने त्यस्तै संथाका सेयरधनीलाई नगद वा आफ्नो सेयर दिएर हिसाब मिलाउन सक्नेछन्। खरिद गर्ने संस्थाको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन (ड्यु डिलिजेन्स अडिट–डिडिए) पछि निर्धारण हुने मूल्यको लेखांकन किताबी मूल्यमा मूल्यांकन गर्नुपर्ने व्यवस्थासमेत गरेको छ।
त्यसैगरी अर्को तरिकाअनुसार खरिद गरिने बैंक तथा वित्तीय संस्थाको डिडिए गरेर निर्धारण भएको प्रतिसेयरका आधारमा खरिद गर्ने त्यस्तै संस्थाले नगद दिनुपर्ने हुन्छ। 'प्रतिस्पर्धाका कारण साना वित्तीय संस्था बजारमा टिकिरहन गाह्रो छ,' ज्ञवालीले भने, 'त्यही भएर एक्विजिसन विनियमावली ल्याइएको हो।'
नयाँ विनियमावलीअनुसार एक्विजिसनलाई स्पष्ट र पारदर्शी तरिकाले अगाडि बढाउन दुवै संस्थाले समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्छ। त्यसमा विद्यमान अवस्था, भावी कार्यक्रम, कार्ययोजनालगायत पक्ष समेट्नुपर्छ। लक्षित संस्थाले आफ्नो सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो डिडिए गर्न साधारणसभाबाट निर्णय गराएर प्रक्रिया अगाडि बढाउनुपर्छ।
डिडिएमा पुँजी पर्याप्तता, कर्जा वर्गीकरण/सम्पत्तिको गुणस्तर, कर्जा नोक्सानी व्यवस्थाको पर्याप्तता, प्रचलित कानुन तथा नियमनको पालना स्थिति, तरलता विवरण, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि, नेटवर्थ, व्यवसायको बजार अंश, सेयर आदान–प्रदान अनुपात र सेयरको बजार मूल्य उल्लेख हुनुपर्छ।
विनियमावलीअनुसार अन्तिम स्वीकृृतिका लागि खरिद गर्ने र बिक्री हुने संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक प्रतिवेदन तथा लक्षित संस्थाका सेयरधनीलाई दिन तय गरिएको नगद वा सेयर संख्याको अनुपात र निर्धारणसम्बन्धी निर्णयको प्रतिलिपि राष्ट्र बैंकमा बुझाउनुपर्ने छ।
त्यसैगरी संस्था खरिद गर्नेले बिक्री हुने संस्थाका सेयरधनीलाई आफूमा समाहित गरिसकेपछि एकीकृत कारोबार गर्ने मितिसमेत खुलेको कार्यतालिका र राष्ट्र बैंकले तोकेका अन्य कागजात तथा विवरण पनि उपलब्ध गराउनुपर्छ।
इजाजतप्राप्त संस्था खरिद गर्न राष्ट्र बैंकले छुट तथा सुविधासमेत व्यवस्था गरेको छ। एउटा संस्थाले अर्को संस्था खरिद गर्दा पुँजी संरचनामा हुन आउने परिवर्तन नियमित गराउन, खरिद गरेपछि वा सिलसिलामा संस्थाको कुनै पनि संस्थापक स्वामित्व प्रतिशत तोकिएको अधिकतमभन्दा बढी हुन गए त्यसलाई सीमाभित्र ल्याउन, संस्था खरिद गरेको कारणबाट साविकमा प्रवाह भइसकेको नियमित कर्जा रकम राष्ट्र बैंकको निर्देशनअनुसार हुने गरी नियमति गराउने व्यवस्था गरिएको छ।
त्यसैगरी संस्था खरिद गरेको कार्यबाट सिर्जित कर्जा निक्षेप अनुपात (स्वदेशी तथा प्राथमिक पुँजी) मा कुल स्वदेशी कर्जा सापटको अंश ८० प्रतिशतभन्दा बढ्न गए त्यसलाई नियमति गराउने व्यवस्था पनि गरिएको छ। संस्था खरिद गरेपछि तिनका कर्मचारी सुविधा तथा प्रमुख कार्यकारी (सिइओ) को पारिश्रमिकसम्बन्धी व्यवस्थामा कुनै वाधा उत्पन्न भए बाधा फुकाउ तथा दुवै संस्थाका कर्मचारी समायोजनका लागि आवश्यक व्यवस्था गर्ने योजना कार्यान्वयन गर्ने विनियमावलीमा उल्लेख छ।