चितवन-सरकारले दूधको मूल्य बढाएलगत्तै गाईभैंसीका दाना पनि महँगिएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दिएको जानकारीअनुसार दूधको मूल्य बढ्नुअघि ९ सय ५० मा पाइने एक बोरा चापटको लागि अहिले ११ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ। एक बोरामा ४० किलो चापट हुन्छ।दूधको मूल्य प्रतिलिटर चार रुपैयाँ १५ पैसा बढेको छ। चापट भने प्रतिकिलो पाँच रुपैयाँ बढेको राजभण्डारी गाईभैंसीपालन फार्मका सञ्चालक तथा जिल्ला दुग्ध उत्पादक सहकारीका पूर्वअध्यक्ष शंकरराज राजभण्डारीले बताए। दूधको भन्दा दानाको भाउ धेरै बढेकोले किसानलाई राहत नभएको उनले बताए।
सरकारले दूधमा हुने चिल्लो (फ्याट) र ठोस (एसएनएफ) पदार्थलाई आधार मानेर मूल्य बढाएको छ। फ्याटमा धेरै र एसएनएफमा कम मूल्य बढेको छ। चितवन जिल्लाका किसानले गाई धेरै पालेका छन्। गाईको दूधमा फ्याट धेरै हुँदैन। त्यसैले सरकारले बढाएको मूल्यले यहाँका किसानलाई खासै फाइदा नभएको संघका पदाधिकारी बताउँछन्।
‘सरकारले अहिले जुन तरिकाले दूधको मूल्य बढाएको छ त्यसले गाईभन्दा भैंसी पाल्नेलाई बढी राहत दिन्छ। चितवनमा व्यावसायिक रुपमा भैंसीभन्दा गाई पाल्ने किसान धेरै छन्। त्यसैले मूल्यवृद्धिले खासै फाइदा भएको थिएन। यस्तो बेला चापटको मूल्य अप्रत्याशित बढ्दा झनै परेको छ,' चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रामहरि दवाडीले भने।
सरकारले फ्याटमा प्रतिएकाइ ६० पैसा र एसएनएफमा २२ पैसाका दरले मूल्य बढाएको छ। एसएनएफमा ३५ पैसासम्म मूल्य बढेको भए गाई पाल्ने किसानलाई पनि राहत हुने दवाडी बताउँछन्। तर वैज्ञानिक ढंगले दूधको भाउ नबढेको बेला दाना र चोक्करको मूल्यवृद्धि विरुद्ध आफूहरु आन्दोलित हुने दवाडीले चेतावनी दिए।
‘चापट चोक्करको मूल्य तत्काल घट्नु पर्छ। १५ दिनभित्र नघटे हामी आन्दोलन गर्छौं,' संघका पूर्वअध्यक्ष राजभण्डारीले भने। मूल्य बढे पनि गुणस्तर भने घटेको उनले बताए। दाना चोक्करमा गहुँको डाँठ र बालुवासमेत मिसाएर बेच्ने गरेको उनले बताए। बोरामा सही तौलसमेत नपाइने राजभण्डारीको गुनासो छ।
चितवनका किसानले कृषिमन्त्री हरिकुमार पराजुलीसामु समस्या राखेका छन्। गाईपालक किसानको कार्यक्रममा सहभागी हुन शनिबार चितवन आएका मन्त्री पराजुलीसँग उनीहरुले अनावश्यक रुपमा मूल्य बढाउने दाना चोक्कर उद्योगलाई कारबाही गर्न मागसमेत गरे।
‘मन्त्रीज्यूसामु हाम्रा समसया राखेका छौं। मूल्यवृद्धि रोक्न हामी उद्योगीसँग पनि अपिल गर्छौं। हाम्रो मागको चाँडै सुनुवाइ नभए आन्दोलनमा जानुको विकल्प छैन,' दुग्ध सहकारीका पूर्वअध्यक्ष राजभण्डारीले भने। मूल्य घटाउने विषयमा किसानबीच सरसल्लाह हुँदै गरेको सहकारीका अध्यक्ष दवाडीले जानकारी दिए।