सिन्धुपाल्चोक- चीनको स्वशासित क्षेत्र तिब्बतमा दिइएको १५ दिने ल्होसार बिदाका कारण तातोपानी नाकाबाट हुने आयात ठप्प भएको छ। शनिबारसमेत बाक्लो व्यापारिक चहलपहल हुने नाका बिदाले सुनसान छ। खासा बजार बन्द हुँदा खुद्रा किनमेल पनि ठप्प प्रायः छ। यसबाट तातोपानी भन्सारको राजस्व असुली प्रत्यक्ष प्रभावित भएको छ।फागुन १८ देखि चैत २ सम्म तिब्बतीलाई ल्होसार बिदा दिइएकाले यस अवधिभर कारोबार नहुने जानकारी चिनियाँ पक्षले तातोपानी भन्सारलाई दिएको छ। बिदाले पाँच दिनदेखि आयात ठप्प भएको प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताए। 'मंगलबारदेखि भन्सार कारोबार पनि ठप्प भएको छ,' उनले नागरिकसँग भने। यसअघि आएको सामानले सोमबारसम्म भन्सार कारोबार भएको थियो।
तिब्बती बिदा मनाउन घर हिँडेपछि खासा बजार पनि बन्द छ। त्यहाँ पुगेर नेपाली उपभोक्ताले गर्ने खुद्रा किनमेल रोकिएको छ। बिदाले आन्तरिक पर्यटकको आगमन स्वात्तै घटाउँदा तातोपानी नाका सुनसान बनेको छ। गर्मीका सामान अर्डर र आयात हुने यो मुख्य सिजन हो। गत माघमा पनि १५ दिन चीनमा ल्होसार बिदा दिइएको थियो। लगातारको बिदाले यस वर्ष गर्मी सिजनका सामान अर्डर नै भएको छैन। जाडोका सामान राजधानी भित्रिसकेको र गर्मीका अर्डर नै नभएकाले खासास्थित गोदाम रित्ता छन्।
चैत ३ गतेदेखि चिनियाँ भन्सार खुले पनि गोदाम रित्तो भएकाले थप दुई साता आयात नहुने प्रमुख भन्सार अधिकृत अधिकारी बताउँछन्। 'बिदा खुलेपछि बल्ल सामान अर्डर हुन थाल्छ। चैत १५ यता नाका पूर्ववत अवस्थामा फर्कन सक्दैन,' उनले भने। सामान अर्डर नभएकाले यस वर्ष समयमै गर्मीका चिनियाँ सामान नेपाली उपभोक्ताले खरिद गर्न सक्ने छैनन्।
बिदाले आयात रोकिँदा उपभोक्ता, व्यापारी र भन्सारलाई एकैपटक असर पुर्यानएको अधिकारीले बताए। ल्होसार बिदाका कारण भन्सारको फागुन महिनाको राजस्व असुली लक्ष्यभन्दा ७ करोड रुपैयाँ कम हुने भएको छ। भन्सारले यो महिनामा ३७ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० करोड रुपैयाँ मात्र संकलन भएको छ।
तिब्बतमा लगातार परिरहने ल्होसार जस्ता पर्व बिदा र स्थानीय स्तरमा बेला–बेलामा भइरहने बन्द, हडताल र आन्दोलन, खासाको झन्झटिलो प्रशासनलगायत कारण व्यापारी अन्य नाकातिर मोडिइरहेका भइरहेका छन्। चीनका विभिन्न सहरबाट खासासम्म २०–२१ दिनमै आउने सामान बिदा, बन्द र प्रशासनिक झन्झटले काठमाडौं पुग्न तीन महिनासम्म व्यापारी बताउँछन्।
उनीहरुका अनुसार पछिल्लो समय नेपाली व्यापारी भारतीय बाटो हुँदै चिनियाँ सामान आयात गर्न आकर्षित देखिएका छन्। 'पानीजहाजबाट भारत ल्याइने चिनियाँ सामान मेची, वीरगन्जलगायत भन्सार हुँदै काठमाडौं ल्याउन ४५ दिन लागे पनि यताको जस्तो दुःख हुँदैन,' आयातकर्ता अर्जुन सापकोटा भन्छन्।