डडेल्धुरा-जिल्ला हुलाक कार्यालय डडेल्धुराद्वारा सञ्चालित बैंकको कारोबार बढ्दै गएको छ। कम आयस्तरका ग्राहकमाझ लोकप्रिय यो हुलाक बैंकले पौने तीन करोड रुपैयाँ निपेक्ष संकलन भएको जनाएको छ।ग्राहकमा बचतको बानी विकास गर्ने, बजारमा छरिएको पुँजी जम्मा गरी सदुपयोग गर्ने र पुँजीबजारमा गतिशिलता ल्याउने उद्देश्यले आर्थिक वर्ष २०४१/०४२ मा हुलाक बैंक स्थापना गरिएको थियो। बैंकले छिटो–छरितो सेवा र आकर्षक ब्याज दिन थालेपछि कारोबार गर्नेको संख्या बढेको कार्यालयप्रमुख जुनु हमालले बताइन्।
व्यक्तिगत, नाबालक र संयुक्त गरी ३ प्रकारका खाता रहेको हुलाक बैंकमा सय रुपैयाँमै खाता खोल्न सकिने व्यवस्था छ। ग्राहकले दैनिक ५० रुपैयाँसमेत जम्मा गर्न सक्छन्। उक्त बैंकमा ८ सयजनाले खाता खोलेको हमालले बताइन्।
सुरुमा १० रुपैयाँभन्दा माथि जम्मा गर्न सकिने र २० रुपैयाँभन्दा माथि झिक्न सकिने व्यवस्थाले कम आयस्तरका ग्राहकको मन जितेको हमालको भनाइ छ। ‘हुलाक बैंकले न्यून आयस्तरका ग्राहकलाई सुविधा दिएको छ,' हमालले भनिन्, ‘सानो बचत पनि बैंकमा जम्मा गर्न सकिने भएकाले कम आयवर्गका ग्राहक आकर्षित भएका छन्।' हुलाकमा चिठ्ठीमा आउन छाडेपछि कर्मचारी बैंकमा ब्यस्त हुने गरेका छन्।
बैंकले ग्राहकलाई निक्षेपमा ७ प्रतिशत ब्याज दिने गरेको छ। ७० नाघेका जेष्ठ नागरिकले भने ८ प्रतिशत पाउँछन्। बैंकमा अधिकतम ५ लाख रुपैयाँसम्म जम्मा गर्न पाइन्छ।
डडेल्धुरा जस्तै अन्य जिल्ला हुलाक कार्यालयले पनि बैंकिङ सेवा प्रदान गर्दै आएका छन्। बैंकले उल्लेख्य सफलता हासिल गरेपछि आफूहरु पनि लाभान्वित भएको हुलाकका कर्मचारी बताउँछन्। हुलाक बैंक सुरु भएपछि सबै कर्मचारीले बिनाधितो ऋण लिन पाएका छन्।
हुलाकका कर्मचारीलाई केही समस्या पर्यो भने पनि तुरुन्तै बैंकले कर्जा दिन्छ। द्वन्द्वकालमा पहाडी जिल्लामा अन्य बैंक नभएको बेला हुलाक बैंकले सेवा दिएका थिए।