काठमाडौं- सरकारले सुनचाँदी व्यवसायमा झण्डै एक वर्षदेखि अनुगमन गर्न रोकेको छ भने घोषणा गरेको १० महिनासम्म पनि अनुगमन निर्देशिका सार्वजनिक गरेको छैन। सुनचा“दीको कारोबारलाई व्यवस्थित गर्न अनुगमन गर्दै आएको वाणिज्य विभागले गत वैशाख र जेठमा अनुगमनलाई तीव्र बनाए पनि त्यसयता निरन्तरता दिएको छैन। विभागले अनुगमन गर्दा कैफियत फेला परेपछि ठूला आठ सुनचाँदी पसल विरुद्ध मुद्धा दायर समेत गरेको थियो।व्यवसायीले विरोधमा उत्रिएर पसल बन्द गरेका थिए। त्यसबेला मूल्य एक्कासि सस्तो हुन पुग्दा व्यापारीले कालोबजारी गरेको शंकामा वाणिज्य विभाग, उपभोक्ता अधिकारवादी संस्था र स्थानीय प्रशासनसहितको टोलीले वैशाख ९ मा तीनवटा पसल अनुगमन गरेको थियो। त्यसको विरोधमा १० गतेदेखि व्यवसायीले पसल बन्द गरेका थिए। तर, व्यवसायीले अव्यवस्थित अनुगमनको मात्र विरोध गरेको बताउँदै अनुगमन व्यवस्थित बनाउन मापदण्ड निर्धारण गर्नुपर्ने तथा सुनका गरगहनाको गुणस्तर निर्धारण गर्न सरकारले प्रविधि र संयन्त्र तयार गर्नुपर्ने माग राखेका थिए।
वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले अहिले खाद्यलगायत अन्य उपभोग्य वस्तुको अनुगमनमा लागिएकोले सुन अनुगमनमा कमी आएको बताए। 'हामीले अनुगमनलाई रोकेका छैनौं अनुगमन भैरहेको छ, उनले भने, 'तर सुन मात्र उपभोक्ताले उपभोग गर्ने वस्तु नभएर अन्यमा ध्यान दिएका हौं।' खाद्यलगायतका वस्तुमा ५६ वटा केस लिइरहेकेा उपत्यका बाहिर पोखरा, वीरगन्ज, विराटनगर, नारायणगढलगायतका सुनचाँदी पसलमा अनुगमन भइरहेको र नमूना संकलन भैरहेको उनले बताए। 'सिजनमा कारोबार बढी हुने हुनाले बढि अनुगमन हुन्छ,' उनले भने।
२४ क्यारेटको सुन भन्दै कम गुणस्तरको बेचेको, ज्याला बढी लिएको, बिक्री गर्दा जर्ती बढी काट्ने गरेको, ढक तराजु ठिक नभएको भन्दै विभागले व्यवसायीलाई कारवाही गर्दै आएको छ। व्यवसायीले अनुगमन मापदण्ड, कारोबार निर्देशिका र व्यवसायीलाई कारबाही नगर्ने माग राख्दै सरकारलाई नै दबाब दिदै आएका छन्।
गत असार ७ गते १५ दिनभित्र सरकार र व्यवसायीबिच अनुगमन मापदण्ड बनाउने र कार्यदलमार्फत कार्यविधि बनाउनेलगायत सम्झौता भएपनि १० महिनासम्म सुन बजार अनुगमन निर्देशिका सार्वजनिक भएको छैन।
निर्देशिका बनाउन सरकारी अधिकारी र व्यवसायी सम्मिलित ९ सदस्यीय समिति गठन भए पनि १० महिना बितिसक्दा पनि निर्देशिका आउन नसकेको हो। सरकारलाई दबाब दिन सुनचा“दी व्यवसायीले आफैं अनुगमन निर्देशिका बनाएर सरकारलाई बुझाएपनि सरकारी वेवास्ताका कारण अनुगमनका विषयमा कुनै प्रक्रिया अगाडी नबढेको व्यवसायीको आरोप छ।
वाणिज्य विभागले भने अनुगमन निर्देशिकाको मस्यौदा तयार भैसकेको तर व्यवसायीका केही सर्तका कारण जारी हुन नसकेको जनाएको छ। 'उहाँहरुले नाफाका विषयमा स्पष्ट पार्न चाहनुहुन्न हामीले स्पष्ट पार्नुपर्छ भनेका छौं,' विभागका महानिर्देशक बिडारीले भने, 'उहाँहरु तयार रहनु भयो भने जारी हुन्छ।' जर्तिका नाममा लाभ लिन खोज्ने, प्रतिस्पर्धाको बजार अनुसार ज्याला नलिने, गुणस्तरमा ध्यान नदिने गरेको आरोप उलने लगाए। 'प्रचलित नियमकानुनबाटे अनुगमन र कारवाही गर्ने सकिन्छ,' उनले भने।
अनुगमन निर्देशिका नहुँदा व्यवसाय गर्न नै समस्या रहेको व्यवसायीले बताउँदै आएका छन्। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले लामो समयदेखि निर्देशिका जारी नहुँदा व्यवसायमा नै अन्योल भएको बताए। 'काम गर्ने वातावरण निर्देशिकाले हुन्छ तर सरकारले आफै निर्देशिका जारी गर्दैन,' उनले भने,' निर्देशिकाले त धेरै कुरा प्रष्टयाउँछ, अनि व्यवसाय पनि व्यवस्थित बन्छ।'