कपिलवस्तु- जिल्लामा भारतबाट प्रतिबन्धित कुखुरा चल्ला भित्रिने क्रम बढेको छ। स्वदेशमा चल्ला अभाव र कुखुरा मासुको मूल्य बढेपछि यसको तस्करी बढेको हो।ब्रोइलरको मासु किन्न अहिले कपिलवस्तुमा किलोको दुई सय ८० रुपैयाँ तिर्नु पर्छ। अभावले मूल्य अत्यधिक बढाएको व्यवसायी बताउँछन्। उनीहरुका अनुसार कुखुरा, चल्लालगायत कुखुराजन्य पदार्थ भारतबाट आइरहेको छ। उता नेपालमा भन्दा कुखुराको मासु ५० देखि सय रुपैयाँ सस्तो छ। नाफा कमाउन तस्कारले साइकल, मोटरसाइकलमा ल्याउँछन्।
अवैध रुपमा भित्र्याइएको कुखुरा छिमेकी जिल्लामा समेत निकासी भइरहेको बताइन्छ। हथिहवा दोहनीदेखि कृष्णनगर नाकासम्मबाट तस्करले लुकाईछिपाई कुखुरा, चल्ला, अण्डालगायत कुखुराजन्य वस्तु भित्र्याइरहेको स्थानीय बताउँछन्। सशस्त्र प्रहरीले तीन दिनअघि कृष्णनगरमा २ हजार, दुई साताअघि हथिहवा दोहनी नाकामा ४ हजार २ सयवटा चल्ला बरामद गरेको थियो। चार दिनअघि प्रहरीले बिजुवा–२ मा १४ सय चल्ला बरामद गरेको थियो। बरामद भएको परिमाणले तस्करहरु अहिले अवैध रुपमा चल्ला भित्र्याउन सक्रिय भएको पुष्टि गर्छ।
खुकुरा पाल्ने समय भएको र भारतमा सस्तो हुने गरेकाले तस्करहरु यसमा लागिपरेको सीमा क्षेत्र चाकरचौडाका मतिबुल्लाह बताउँछन्। सरकारले बर्डफ्लु रोगका कारण पक्षी र पक्षीजन्य पदार्थ आयातमा रोक लगाएपछि जिल्लामा अवैध आयात बढेको हो। पशु क्वारेन्टाइन पोस्ट कृष्णनगरका प्रमुख डा. अखिलेश्वर पाण्डेले बर्डफ्लुका कारण ठूला ह्याचरी उद्योग बन्द भएपछि चल्ला तस्करी बढेको बताए। भारतीय बजारबाट आउने चल्ला नेपालीभन्दा प्रतिगोटा ३० रुपैयाँ सस्तो पर्ने भएकोले तस्करी बढेको उनको भनाइ छ।
हरेक सीमा नाकामा नेपाल र सशस्त्र प्रहरीको युनिट भए पनि तस्करले अवैध चल्ला भित्र्याउने क्रम नरोकेको स्थानीय बताउँछन्। प्रहरीले इमान्दारीसाथ कडाइ गरे गैरकानुनी आयात रोकिने उनीहरुको भनाइ छ।
सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको युनिट हुँदाहँुदै प्रतिबन्धित कुखुरा यसरी भित्रिनुमा प्रहरीको लापरबाही र बदमासीसमेत हुने स्रोतको भनाइ छ। खुला सीमाको फाइदा उठाउँदै तस्करले रातारात माल ओसार्ने गरेको बताइएको छ। तस्करले त्यसका लागि भरिया प्रयोग गर्छन्। प्रहरीले पटकपटक पक्रे पनि यो क्रम रोकिएको पाइँदैन। चल्ला र कुखुरा थोरैमात्र पक्राउ पर्ने र धेरै फुत्कने स्रोतको दाबी छ। प्रहरी निरीक्षक छेदिलाल कामती भने खुला सीमा नाका भएकाले समस्या हुने बताउँछन्। तस्करले प्रयोग गर्ने बाटोमा प्रहरीले निगरानी बढाउँदा धमाधम पक्राउ परेको उनको भनाइ छ।