एयरबसलाई ४ अर्ब भुक्तानी
१९ माघ २०७०
•
७ मिनेट पाठ
एयरबसलाई ४ अर्ब भुक्तानी
काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुई ठूला जहाज खरिद गर्न युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई करिब ४ अर्ब रुपैयाँ पठाएको छ।

एयरबससँग जहाज खरिद सम्झौता भएयता निगमले उक्त परिणामबराबरको रकम पठाएको हो। निगमले हालसम्म ६ किस्ता रकम पठाइसकेको छ। प्रत्येक किस्ताबराबर ६६ लाख अमेरिकी डलरहाराहारी हुने गर्छ। ६ किस्तावापत ३ करोड ९६ लाख डलर (३ अर्ब ९६ करोड रुपैयाँ) पठाइसकेको छ।

'अब सातौं किस्ता रकमवापतको ६६ लाख अमेरिकी डलर (६६ करोड रुपैयाँ) सोमबार पठाउँदै छौं,' निगमका सम्बद्ध एक अधिकारीले आइतबार नागरिकसँग भने, 'सोमबार बेलुकासम्म रकम एयरबसमा पुग्छ।'

उनका अनुसार निगमले कर्मचारी सञ्चय कोषसँग सातौं किस्ता रकम आइतबार लिएर राष्ट्रिय वाणिज्य बैंकस्थित आफ्नो डलर खातामा राखेको हो। सोमबार एयरबसलाई रकम पठाइने छ। अब पठाउने सातौं किस्ता भए पनि दुई जहाजका लागि १० किस्ता (प्रतिजहाज पाँच किस्ता) का दरले रकम पठाउने सम्झौता एयरबससँग भएको छ।

'सोमबार पठाइने सातौं किस्ता पहिलो जहाजको चौथो किस्ता रकम हो,' ती अधिकारीले भने, 'दोस्रो जहाजको चौथो किस्ता भने आगामी चैत तेस्रो सातादेखि वैशाख तेस्रो साताभित्र पठाउँछौं। अब दुइटै जहाजलाई पठाइने अन्तिम किस्ता भने आपूर्ति मिति हेरेर पठाइने छ।'

निगमले १० किस्ता रकम पठाइसक्दा ६ करोड ६० लाख डलर (६ अर्ब ६० करोड रुपैयाँ) पठाउने छ। सोमबार पठाइने रकमसमेत जोडेपछि निगमबाट एयरबसलाई ४ करोड ६२ लाख डलर (४ अर्ब ६२ लाख रुपैयाँ) पुग्नेछ। निगमले गत असार ३१ मा दुई जहाजको पहिलो किस्तावापत १ करोड ४७ लाख डलर पठाएको थियो।

निगम र एयरबसबीच असार १३ मा भएको जहाज खरिद–बिक्री सम्झौताअनुसार एउटा जहाजको 'क्याटालग प्राइस' ७ करोड ५० लाख डलर (त्यसबेलाको ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ) रहेको छ।

दुवै कम्पनीबीच २०६९ चैत २३ मा ए३२०–२०० सिरिजका दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले २०७० वैशाख ९ मा ती जहाज खरिद गर्न प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई ५ लाख डलर पठाएको थियो। त्यसपछि जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।

सम्झौताअनुसार अन्तर्राष्ट्रिय उडान गर्न एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसपछि अप्रिल (चैत तेस्रो सातादेखि वैशाख तेस्रो साताभित्र) दोस्रो जहाज दिनेछ।

निगम र एयरबसबीच पाँच वर्ष (सन् २००८) अघिको क्याटालग प्राइसमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको थियो। सम्बद्ध स्रोतका अनुसार पाँच वर्षअघिको मूल्यमा २० प्रतिशतसम्म स्कालेसन जोडेपछि जहाजको यकिन भाउ निक्लन्छ। त्यसबेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा ए३२०–२०० सिरिजको जहाज दिने गरी निगमको टेन्डर जितेको थियो।

उक्त भाउमा हाल २० प्रतिशत स्कालेसन जोड्दा ८२ लाख ५७ हजार ८ सय डलर थपिएको थियो। यसमा पुरानो भाउ जोड्दा निगमले एउटा जहाज ४ करोड ९५ लाख ४६ हजार ८ सय डलर (४ अर्ब ७० करोड ६९ लाख ४६ हजार रुपैयाँ) मा पाउन सक्छ। सञ्चय कोषले दिने १० अर्ब ऋणबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ। यसमा सिट बढाएर १ सय ६४ बनाउने उसको योजना छ।

सञ्चय कोषसँग भएको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्छ।

१० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ।

हाल निगमका दुईवटा बोइङ ७५७ जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छन्। युएईको दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।
अर्को समाचार
एयरबसलाई भोलि डेढ अर्ब भुक्तानी
१८ असार २०७०
•
७ मिनेट पाठ
एयरबसलाई भोलि डेढ अर्ब भुक्तानी
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई जहाज खरिदवापतको पहिलो किस्ता बिहीबार पठाउने भएको छ। निगम व्यवस्थापनले एयरबसलाई दुई जहाज खरिदका लागि पहिलो किस्तावापत १ करोड ४७ लाख अमेरिकी डलर (१ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ) पठाउन लागेको हो।एयरबससँग खरिद सम्झौता भएको पाँच दिनभित्र पहिलो किस्ता पठाउनुपर्ने सर्त छ। 'त्यहीअनुसार नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटही सुविधा लिएर बिहीबारसम्ममा एयरबसलाई पहिलो किस्ता पठाइसक्छौं,' निगमका फाइनान्स डाइरेक्टर केशवराज शर्माले मंगलबार नागरिकसँग भने।

एयरबसलाई पहिलो किस्ता पठाउने प्रक्रियाका लागि निगम व्यवस्थापनले अर्थ मन्त्रालयसँग मंगलबारै छलफल गरेको छ। निगमका महाप्रबन्धक मदन खरेल र फाइनान्स डाइरेक्टर शर्माले अर्थका अधिकारीहरूसँग छलफल गरी विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंकलाई सिफारिस गरिदिन छलफल गरेका थिए। 

विदेशी मुद्रा सटही सुविधाबारे थप छलफल गर्न निगम अधिकारीहरूलाई राष्ट्र बैंकले बुधबार बोलाएको छ। त्यसपछि एयरबसलाई पहिलो किस्ता रकम पठाइने निगमले जानकारी दिएको छ। 

निगम र एयरबसबीच असार १३ मा भएको सम्झौताअनुसार एउटा जहाजको अंकित मूल्य (क्याटालग प्राइस) ७ करोड ५० लाख डलर (७ अर्ब २० करोड रुपैयाँ) रहेको छ। यसैको ८ प्रतिशतवापतको पहिलो किस्ता पठाउन लागिएको हो। त्यसपछि प्रत्येक ६ महिनामा ६/६ प्रतिशतका दरले किस्ता पठाइरहनुपर्छ। 

निगम र एयरबसबीच गत चैत २३ मा ए३२०–२०० सिरिजका दुई जहाज खरिद–बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि निगम व्यवस्थापनले वैशाख ९ गते ती जहाज खरिद गर्न प्रतिबद्धता रकम (बैना) स्वरू ५ लाख डलर एयरबसलाई पठाएको थियो। त्यसपछि जेठ २९ मा निगम र कर्मचारी सञ्चय कोषबीच १० अर्ब रुपैयाँबराबरको ऋण आदान–प्रदान सम्झौता भएको थियो।

सम्झौताअनुसार अन्तर्राष्ट्रिय उडान गर्न आगामी २० महिनाभित्र एयरबसले दुई नयाँ जहाज दिनेछ। एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।

निगम र एयरबसबीच करिब पाँच वर्ष (सन् २००८) अघिको अंकित मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सम्झौता भएको हो। 

सम्बद्ध स्रोतका अनुसार पाँच वर्षअघिको मूल्यमा २० प्रतिशतसम्म स्कालेसन जोडेपछि जहाजको यकिन भाउ निक्लन्छ। त्यसबेला एयरबसले ४ करोड १२ लाख ८९ हजार डलर (३ अर्ब ८ करोड ४२ लाख ८८ हजार ३ सय रुपैयाँ) मा एउटा ए३२०–२०० सिरिजको जहाज दिने गरी निगमको टेन्डर जितेको थियो। 

उक्त भाउमा हाल २० प्रतिशत स्कालेसन जोड्दा ८२ लाख ५७ हजार ८ सय डलर थपिन्छ। यसमा पुरानो भाउ जोड्दा निगमले एउटा जहाज ४ करोड ९५ लाख ४६ हजार ८ सय डलर (४ अर्ब ७५ करोड ६४ लाख ९२ हजार ८ सय रुपैयाँ) मा पाउन सक्छ। सञ्चय कोषले दिने १० अर्ब ऋणबाटै निगमलाई दुई जहाज किन्न पैसा पुग्छ। निगमले अहिले किन्न लागेको जहाजमा १ सय ५० सिट हुन्छ। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

सम्बद्ध अधिकारीका अनुसार एयरबसलाई पहिलो चरणमा कूल मूल्यको करिब ३० प्रतिशत तथा बाँकी जहाज आएकै दिन चुक्ता गर्नुपर्ने सर्त छ। आन्तरिक ऋणदातालाई भने जहाज सञ्चालनमा आएपछि तीन–तीन महिने किस्ताबन्दीमा तिर्दै जाने गरी सञ्चय कोषसँग सम्झौता भइसकेको छ। 

कोषसँगको सम्झौताअनुसार जहाज खरिद भएर व्यापारिक उडान सुरु भएको मितिबाट ऋणको सावाँ भुक्तानी अवधि १५ वर्षसम्म हुनेछ। जहाज आएर उडान नभए पनि ब्याज भने तिरिरहनुपर्छ। निगमले कर्जाको ब्याज प्रत्येक त्रैमासिक (असोज, पुस, चैत र असार) भित्र भुक्तानी गर्नुपर्ने छ।

निगमका एक अधिकारीका अनुसार १० अर्ब रुपैयाँको १२ प्रतिशतका दरले वर्षको १ अर्ब २० करोड रुपैयाँ ब्याज उठ्छ। यो हिसाबले महिनैपिच्छे १० करोड रुपैयाँ ब्याज तिर्नुपर्छ। दुई नयाँ जहाज उडाएर प्रत्येक महिना अधिकतम ८ करोड रुपैयाँसम्म नाफा गर्ने निगमको व्यापारिक योजना छ। 

हाल निगमका जहाज यहाँबाट दोहा, हङकङ, बैंकक र क्वालालम्पुर जान्छ। युएईको दुबई उडान स्थगन गरेको छ भने भारत नयाँदिल्ली उडान पूर्णरूपमा बन्द छ। नयाँ जहाज आएपछि यी सेक्टरमा उडान संख्या बढाउने निगमको योजना छ। ७५७ लाई भने चीनको सांघाईसहित मध्यम दूरीमा उडाउन निगमले अध्ययन गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस