काठमाडौं- केही महिना अघिसम्म सुस्ताएको जेनेरेटर र इन्भर्टरको व्यापार उकालो लाग्न थालेको छ। दैनिक १२ घन्टा लोडसेडिङ बढेपछि जेनेरेटर र इन्भर्टरको व्यापार १५ प्रतिशतले बढेको व्यवसायीले बताएका छन्। जेनेरेटरको व्यापार बर्सेनि बढ्दै गए पनि यस वर्ष भने मंसिर अन्तिम सातादेखि मात्र जेनेरेटर र इन्भर्टरको व्यापार सुरु भएको थियो। दसैं–तिहार र चुनावका कारण लोडसेडिङ नबढेपछि व्यवसाय स्थीर बनेको थियो।
लोडसेडिङ घटेपछि घरायसी प्रयोजनका लागि बिक्री हुने जेनेरेटर तथा इन्भर्टरको व्यापार केही घटे पनि समग्रमा व्यापार बढ्दै गएको मोरङ अटो वर्क्सका सेल्स म्यानेजर अशोक पन्त बताउँछन्। यामाहा र ग्रिभ्स ब्रान्डका जेनेरेटर बिक्री गर्दै आएको मोरङ अटो वर्क्सका अनुसार उद्योगलाई पावर सप्लाई नपुग्ने हुनाले बेमौसममा पनि जेनेरेटरको व्यापार उत्तिकै हुने गरेको छ। डिपार्टमेन्ट स्टोर, हाउजिङ, होटल, कार्यालय, उद्योगमा प्रयोग हुने भएकाले जेनेरेटरको व्यापार बढ्दै गएको उनले बताए।
सामान्य नागरिकलाई मैनबत्ती, इन्भर्टर तथा कम Ôमताका ब्याट्रीजस्ता वैकल्पिक माध्यम भए पनि उद्योग–व्यवसायका लागि जेनेरेटर अनिवार्य बनेको छ। त्यसमाथि लामो समय विद्युत कटौतीले इन्भर्टर चार्ज पनि नहुने भएपछि घरायसी प्रयोगमा समेत कम क्षमताका जेनेरेटरको प्रयोग गर्नेहरु बढ्ने व्यवसायीको अनुमान छ।
लोडसेडिङ बढेपछि घरायसी प्रयोजनका लागि २५० भीएदेखि १४०० भीएसम्मका इन्भर्टरको व्यापार बढेको स्टार अफिस अटोमेसनकी सेल्स म्यानेजर कृपा घिमिरेले बताउँछिन्। होटल, कार्यलय र कर्पोरेट सेक्टरमा इन्भर्टरको बढी प्रयोग हुने गरेको उनले बताइन्।
नेपाली बजारमा अहिले वाटर कुल्ड र एयर कुल्ड इन्जिन भएका जेनेरेटर उपलब्ध छन्। यीमध्ये सस्तो र टिकाउ भएकाले वाटर कुल्डको प्रयोग बढेको व्यवसायीको भनाइ छ।
व्यापार बढेसँगै जेनेरेटर र इन्भर्टरको आयात पनि बढ्दै गएको व्यवसायी बताउँछन्। अहिले आयात बढेको छ, केही महिना अघिसम्म व्यापार कम हुन्थ्यो, आयात गर्ने अवस्था थिएन,' काठमाडौंमा इन्भर्टर बिक्रेता विनोद शाक्यले लोडसेडिङ बढ्दै गएपछि घरका लागि प्रयोग हुने इन्भर्टरको माग बढको बताए। नेपालमा भारतबाट आयात गरिएको इन्भर्टर र जेनेरेटर बिक्री हुने गरेको व्यवसायी बताउँछन्। काठमाडौंमा मात्र इन्भर्टर र जेनेरेटरका सय हाराहारी बिक्रेता छन्। नेपालमा अहिले होन्डा, यामाहा, किर्लोस्कर, कोहलर, एसडिएस, ग्रीभ्सलगायत ब्रान्डका जेनेरेटर उपलब्ध छन्।
नेपाली बजारमा २० देखि २५ केभीए क्षमताका जेनेरेटरको माग बढी रहेको व्यवसायीले बताएका छन्। त्यस्तै यामाहाको १ केभीएदेखि २१ केभीए र ग्रिभ्सको १० केभीएदेखि ५०० केभीएसम्मको जेनेरेरटर उपलब्ध रहेको पन्तले जानकारी दिए।
गोल्छा अर्गनाइजेसनको हुलास पावरले जेनन ब्रान्डका इन्भर्टर र ब्याट्री बिक्री गरिरहको छ। उसले ३२० वाटदेखि ११०० वाटसम्मका घरेलु प्रयोगका र २ हजार वाटदेखि ८ हजार वाटसम्मका व्यापारिक र कार्यालय प्रयोगका युपिएस बिक्री गर्ने गरेको छ। देशका ६० भन्दा धेरै विक्रेतामार्फत जेनन ब्रान्डका युपिएस र इन्भर्टर बिक्री भइरहेको हुलास पावरले जनाएको छ।