विजय घिमिरे, काठमाडौं, असोज २६-गैरआवसीय नेपालीका विगतका तीन सम्मेलनले विदेशमा बस्ने २० लाख नेपाली डायस्पोरालाई पहिचान गराएको छ।
स्थापनाको ६ वर्षमा विदेशमा बस्ने नेपालीले ऐन र नियमावली पाएका छन्।
प्रत्येक दुई वर्षमा नेपालमा हुने एनआरएन सम्मेलनलाई सरकारले सहयोग गर्दै आएको छ। विदेशमा बस्ने नेपालीको प्रमुख माग दोहोरो नागरिकताको सवालमा पनि सरकारका वरिष्ठ अधिका सकारात्मक छन्। जहाँ बसे पनि नेपालीभन्ने भावनाले संगठन ५५ देशमा पुगेको छ। तर, संस्थाभित्र विधानअनुसार सदस्य वन्नेको संख्या सानो छ। कामदारको खोजिमा मलेसिया र खाडी मुलुक जाने नेपालीले त्यहाँ कमाएर पठाएको रकमलाई बाहिर राख्दा एनआरएनबाट नेपाली अर्थतन्त्रलाई देखिने ग प्रभाव परेको छैन। इजरायल, चीन, आयरल्याण्ड, भारत लगायतका देशले आफ्नो डायस्पोरालाई निकै महत्व दिएको छ। त्यहाँको अर्थतन्त्रमा डायास्पोराको प्रभाव पनि बढी छ। यो अवस्था भने नेपालमा आइसकेको छैन। विस्तारै संस्थागत हुँदै गएको एनआरएन अभियान अझ चुनौती मुक्त छैन।
चुनौती १ नेतृत्व र संगठन
आगामी मंगलबारदेखि सुरु हुने चौथो एनआरएन सम्मेलनबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। अब एनआएएनको नेतृत्व कस्तो हुनु पर्छ? यो अहिलेको महत्वपुर्ण प्रश्न बनेको छ। स्थापनादेखि हालसम्मका अध्यक्ष उपेन्द्र महतो संगठन विस्तार र कानुन ल्याउन सफल भए। तर, एनआरएनले चाहेअनुसारका ऐन कानुन बनेका छैनन्। ऐन पनि अझै कार्यान्वयनमा आइसकेको छैन। थप देशमा संगठन विस्तार र सवै विदेशीमा बस्ने नेपालीलाई समेट्न अझ पहल गर्नु पर्ने आवश्यकता छ। बेलायतमा एनआरएनको सदस्य ६ हजार छन्। त्यत्तिनै नेपाली रहेको अमेरिकामा एक हजारभन्दा कम आवद्ध छन्। देश भित्र प्रभाव र संगठन विस्तारका लागि पर्याप्त समय दिन सक्ने गतिशिल नेतृत्व चाहिन्छ।
एनआरएनको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवा घोषणा गरेका छन्। तीनै जना उम्मेदवार स्थापना देखि एनआरएन अभियानमा सहभागी छन्। नेतृत्वका लागि खारिएका र क्षमता देखाएका पनि छन्। तर, यसपटकलाई प्रतिस्पर्धावाट भन्दा सहमती र सहकार्यमा नेतृत्व चयन गर्नु आन्दोलनका लागि बढी फाइदाजनक हुनेछ। निर्वाचन सवैभन्दा उत्तम प्रजातान्त्रीक अभ्यास हो। तर, सगैं केही मनमुटावहरु पनि यसले निम्त्याउछ। उम्मेदवारको चर्चासगैं राजनीतिक पार्टीसंग उम्मेदवारलाई जोडेर टिप्पणीहरु हुन थालेका छन्। गैर राजनीतिक संस्थाभित्र राजनीतिक विचारधारालाई प्रवेश दिइनु हुँदैन। यसले एनआरएन अभियानलाई कमजोर र विभाजन तर्फ लान्छ। देश भित्र सहकार्य र सहमतिको राजनीतिक वातावरण माग गर्नेले आफैं निर्वाचनमा जानुले राम्रो सन्देश जांदैन। नेतृत्वका लागि धेरैलाई चाहना हुन सक्छ तर, संस्थाको हितका लागि आउने सामुहिक नेतृत्वमा जानु अहिलेको आवश्यकता हो।
चुनौती २
विदेशवाट भित्रिने आम्दानी (रेमिट्यान्स)
सम्मेलनको सुरु देखिनै विदेशजाने कामदारले भित्राउने रेमिट्यान्सलाई एनआरएनको ठुलो उपलव्धिको रुपमा प्रस्तुत गरियो। अहिले पनि विदेशमा वस्ने नेपालीले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रलाई ठुलो योगदान गरेको बताइने गरेको छ। गत आर्थिक बर्ष नेपालले २ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्राएको छ। विश्व आर्थिक मन्दीमा पनि यसको वृद्धिमा कुनै फरक पारेन। केन्द्रिय तथ्यांक विभागका अनुसार देशको कुल घरपरिवार मध्ये ३० प्रतिशतले रेमिट्यान्स पाएका छन्। ऐन अनुसार लगातार १ सय ८३ दिन विदेशमा विताउन यो पैसा पठाएकाले यसलाई एनआरएन योगदान भनिन्छ। माओवादी द्धन्द्धका बेला रेमिट्यान्सको आवश्यकता थियो। सन् १९९० यता बढो रेमिट्यान्सलाई नेपाल भित्र निकै फाइदाका रुपमा लिइयो। तर, अहिले यसले देशलाई फाइदा होइन बढी बेफाइदा गर्न थालेको छ। देश विस्तारै रेमिट्यान्सको दुष्चक्रममा फस्दै गएको छ।
रेमिट्यान्सले वस्तु तथा सेवाको माग बढाएको छ। उपभोक्ताहरु बढी किन्न सक्ने भएका छन्। यससंगै महगीं पनि बढेको छ। धनी र गरिबबीचको अन्तर बढो छ। बाहिरबाट आएको पैसाले देशमा उद्योग कलकारखाना नबढी वा सरकारले केही नगरे पनि राजस्व बढाएको छ। देशलाई आर्थिक रुपमा समृद्धि वनाउन काम गर्नु पर्ने वाध्यतावाट सरकार, राजनीतिक पार्टी र नीति निमार्ताले उन्मुक्ति पाएका छन्। सुशासन, देशभित्र रोजगाका अवसर सृजना गर्ने जस्ता मुद्दा ओझेलमा परेका छन्। बन्द, हड्ताल, राजनीतिक अस्थिरता नरोके पनि भएको छ। देशलाई अहिले रेमिट्यान्स भन्दा पनि उत्पादनशील क्षेत्रमा लगानी चाहिएको छ। रेमिट्यान्स फाइदाको रुपमा अब लिनु हुँदैन। देश भित्रै उत्पादनशील लगानी कस बढाउने यो अहिलेको चुनौती हो। एनआरएनले अब यसमा पहल गर्नुपर्छ।
चुनौती ३
दोहोरो नागरिकता र लगानी
सम्मेलनको सुरु देखिनै एनआरएनले प्रमुख रुपमा उठाएको मुद्दा द्धैध नागरिकता पाउनु पर्छ भन्ने हो। विदेशमा नागरिकता लिने र जन्मिएर त्यहीं हुर्केकाको नेपालीको संख्या पनि बढेको छ। यस्ता अप्रवासी नेपालीलाई यहाँ आउन र घरजग्गा लगायत सम्पत्ति जोड्न समस्या छ। यही कारण दोहोरो नागरिकता प्रथामिकतामा परेको हो। सरकार र देशभित्र बस्नेको चाहना भने एनआरएनले पहिले यहाँ बढी लगानी भित्राउन भन्ने छ। एनआरएनको लगानी खै भन्ने प्रश्न पनि उठ्ने गरेको छ। विदेशमा बस्नेमध्ये सानो समूहले मात्र यहाँ लगानी ल्याएकाले यो प्रश्न उठ्नु स्वभाविक पनि हो। १० करोड अमेरिकी डलरको एनआरएन कोष खडा गरि लगानी गर्ने योजना पहिलो सम्मेलनमा सार्वजनिक भएको थियो। तर, अहिलेसम्म यो पुरा भएको छैन। सामुहिक लगानी कोष बनाउने गलत अवधारणा हो। व्यवसाय प्रतिस्पर्धी हुनुपर्छ। मिलेर व्यवसाय गर्न सकिन्छ भन्ने मान्यता दिगो बनेको छैन। अब कोषको अवधारणा छाड्नु पर्छ। यो संभव पनि छैन। विदेशलाई समेत साझेदार बनाएर आउने अप्रवासी नेपालीको लगानी बढी फाइदाजनक हुन्छ। यस्तो लगानीलाई सहयोगी हुने एनआरएनको संस्थागत संरचना हुनुपर्छ। लगानी बढाएर दोहोरो नागरिकताको मागलाई सँगै लैंजादा फाइदै फाइदा हुन्छ।