नेप्से पाँच वर्षयताकै उच्च विन्दूमा
०३ पौष २०७०
•
१ मिनेट पाठ
नेप्से पाँच वर्षयताकै उच्च विन्दूमा
काठमाडौं—सेयर बजार निरन्तर बढेपछि तीन पटक सर्किट ब्रेकर लगाएर बुधबारको कारोबार स्थगित भएको छ । दिउँसो १२ देखि ३ बजेसम्म कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन पटक सर्किट ब्रेकर लागेपछि कारोबार डेढ बजे नै स्थगित गरिएको छ।नेप्से करिव ३३ अंकले बढेर ८०४ अंक माथि पुगेको छ। यो साढे पाँच बर्षयताकै उच्च अंक हो । बजार सुरुमा ५ अंक बढेर खुलेको थियो । कारोबार सुरु भएको केही मिनेटमै बजार ३ प्रतिशतले वढेपछि पहिलो सर्किट ब्रेकर लगाएर १५ मिनेटलाई कारोबार स्थगित गरिएको थियो ।

त्यसपछि पुनः खुलेको बजार ४ प्रतिशतले बढेको थियो । आधा घण्टा कारोबार स्थगित भएपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि बुधबारको कारोबार स्थगित गरिएको हो।
अर्को समाचार
नेप्से २९ महिनाकै न्यून विन्दूमा
०९ मंसिर २०६६
•
३ मिनेट पाठ
नेप्से २९ महिनाकै न्यून विन्दूमा
काठमाडौं, मंसिर ९ (नागरिक)- इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स (आइएलएफसी)सहित कारोबार भएका ३५ कम्पनीको सेयर मूल्य उच्च दरमा घटेपछि समग्र बजार परिसूचक नेप्से झन्डै तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से मंगलबार ५ दशमलव ६२ अंकले घटेर ५ सय ४३ दशमलव ४१ मा आइपुगेको छ। यो २९ महिनायताकै न्यून विन्दु हो। यसअघि २०६४ जेठमा नेप्से ५ सय ४९ दशमलव ९६ मा थियो। मंगलबार आइएलएफसीको सेयर मूल्य ४८ दशमलव ९५ ले घटेपछि वित्त समूहको परिसूचक २२ दशमलव ५ ले घटेको छ। बजार पुँजीकरणका हिसाबले वित्त सेयर बजारकै दोस्रो ठूलो समूह हो। बजार पुँजीकरणकै आधारमा स्टक एक्सचेन्जले नेप्से गणना गर्दै आएको छ। सोमबार १३ दशमलव शून्य आठ अंकले घटेको थियो।

मंगलबार वित्तबाहेक विकास बैंक र वाणिज्य बैंक समूहको परिसूचक घटेका छन्। जलविद्युत समूहको परिसूचक ७ अंकले बढेको छ। बिमा, व्यापार, अन्य, होटल र उत्पादनमूलक समूहको कारोबार भएन। बजार खुल्दा धनात्मक क्षेत्रमा रहेको नेप्से केही समयपछि निरन्तर ओरालो लागेको थियो। गत साता नेप्से दिन बिराएर घटबढ गरेको थियो। लगानीकर्ताले पर्ख र हेरको नीति लिएकाले बजारको कारोबारमा सुधार आएको छैन।

मंगलबार १ हजार ५३ कारोबारमा ५ करोड २८ लाख रुपैयाँ बराबरका ८९ हजार ९ सय ८३ कित्ता सेयर किनबेच भएका छन। सोमबार ९ सय २७ कारोबारमा ४ करोड २९ लाख रुपैयाँ बराबरका ७६ हजार ७ सय ३ कित्ता सेयर किनबेच भएको थियो। सूचीकृत कम्पनीहरुले बोनस तथा लाभांश घोषणा गरे पनि केही समययता सेयर बजार कारोबार क्रमशः शिथिल हुदै आएको छ।

यस दिन तुलनात्मक रुपमा कम कम्पनीको कारोबार भएको छ। एक्सचेन्जका अनुसार ५६ कम्पनीको कारोबार भएकोमा ६ को सेयर मूल्य बढेको र १५ को यथावत् छ।

सेयर मूल्य घट्ने कम्पनीको सूचीमा भिवोर विकास बैंक, रिलायबल इन्भेस्टमेन्ट फाइनान्स र किस्ट बैंक अगाडि छन्। जनरल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक र नारायणी विकास बैक उच्च दरमा सेयर मूल्य बढ्ने कम्पनी हुन। धेरै पटक कारोबार हुने ( २ सय ९३), बढी कित्ता (१४ हजार ७०)सेयर किनबेच हुने र बढी रकम (८७ लाख १८ हजार रुपैयाँ) को कारोबारका आधारमा प्राइम बैंकको यस दिन अगाडि छ। यस दिनको कारोबारबाट बजार पूँजीकरण ३ खर्ब ९७ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा ४ अर्ब कम हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस