काठमाडौं— सर्वसाधारणसँग अवैध पार्किङ शुल्क उठाएको र अनुमति लिएको ठाउँबाट पनि मनलाग्दी शुल्क उठाउने २५ जना प्रहरीको फन्दामा परेका छन्। निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनसँग शुल्क नउठाउन अनुरोध गर्दा नमानेपछि उनीहरुलाई काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएका छन्।महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न १३ ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनका अनुसार मंगलबार ४, बुधबार १५ र बिहीबार ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।
'महानगरले अनुमति दिएका र महानगरलाई राजस्व तिर्दै आएका २० ठाउँ बाहेकबाट पार्किङ शुल्क उठाउनेलाई नियन्त्रणमा लिएका हौं,' उनले भने, 'कसूरअनुसार प्रहरीले मुद्दा चलाउँछ ।'
अनुमतिबिना पार्किङ शुल्क उठाउनेबाहेक कतिपय ठाउँमा अनावश्यक पैसा उठाएको पनि भेटिएको सापकोटाले बताए । उनका अनुसार स्वयम्भू, खसीबजार, ठमेल, मखन, इन्द्रचोक, महाबौद्ध, दिल्लीबजार, कोटेश्वर, चाबहिल, बौद्धलगायत इलाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
महानगरपालिकाले अनुमति नलिई पार्किङ शुल्क उठाउनेलाई कारबाही गर्ने भन्दै २० ठाउँको सूचीसहित शनिबार सूचना जारी गरेको थियो । सूचनामा अनुमति दिएका २० ठाउँबाहेक अन्यत्र पार्किङ शुल्क नतिर्नसमेत उपभोक्तालाई आग्रह गरिएको थियो ।
'अनुमति नदिइएका ठाउँबाट समेत महानगरका नाममा पार्किङ शुल्क उठाइरहेको पाइएकोले हामीले उपभोक्तालाई जानकारी र सचेत गराएका हौं,' सापकोटाले भने ।
पक्राउ परेका व्यक्तिहरुले स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ बमोजिम पार्किङ सञ्चालन गर्नुपर्नेमा स्वीकृति नलिई रकम असुलेको भेटिएको महानगरले जनाएको छ ।
बढ्दो सवारी चापसँगै काठमाडौं उपत्यकामा अवैध रुपमा र जबर्जस्ती पार्किङ शुल्क असुल्ने प्रवृत्ति बढिरहेको ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले बताए । टोलैपिच्छे आफूखुसी पार्किङ शुल्कका नाममा सर्वसाधारणबाट रकम असुली भइरहेको उनले बताए । यसले महानगरपालिकाको राजस्वमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।
'कि त राजस्व तिर्नु प¥यो कि पार्किङ शुल्क असुल्न छोड्नुप¥यो,' अधिकारीले भने, 'यो धेरै वर्षदेखिको समस्या हो ।' अवैध पार्किङ सञ्चालकलाई कसूरको आधारमा परिसरले कारबाही गर्ने उनले जानकारी दिए ।
बालबालिकाले खेल्ने मैदान कब्जा गरेर पार्किङ सञ्चालन गरेको पनि भेटिएको अधिकारीले बताए । 'यस्ता काम नरोकिएसम्म हामी कारबाही जारी राख्छौं,' उनले भने, 'यसका लागि हामी महानगरपालिकालाई सहयोग गर्छौं ।'
कानुन र राज्यको डर नभएकाले यस्तो प्रवृत्ति बढेको डिआइजी अधिकारीको भनाइ छ । कारबाहीले यस्तो काम गर्नेलाई पाठ सिकाउने उनले बताए ।
मोटरसाइकल पार्किङ गर्दा एक घन्टाको ५ रुपैयाँ र त्योभन्दा बढीको १० रुपैयाँ तिर्नुपर्ने महानगरले जनायो । चारपांग्रेतर्फ एक घन्टाको १० र त्योभन्दा बढी समय पार्किङ गरे २० रुपैयाँ असुल्न पाइने गरी महानगरले अनुमति दिने गरेको छ ।
राजधानीमा सवारी चाप बढिरहेकै बेला मुख्य बजार क्षेत्रका पिच सडकसमेत पार्किङले ढाकिएको पाइन्छ । न्युरोड, असन, नयाँ बानेश्वरलगायतका क्षेत्रमा सवारी चाप बढी हुने गर्छ । तर अहिलेसम्म न त सवारीको पार्किङ मापदण्ड बनेको छ न यसमा महानगरको चासो नै देखिएको छ ।
मुख्य रुपमा १, ९, २२, २४, २५, ३०, ३४ लगायतका ३२ वटा ठाउँमा फरक फरक पार्किङ हुने गरेको छ । पार्किङबाट महानगरले वार्षिक करिब ५६ लाख रुपैयाँ राजस्व उठाउने गर्छ ।
उपत्यकाका अधिकांश खालि जग्गामा रोकिने सवारी साधनसँग स्थानीय क्लब र 'गुन्डा'बाट परिचालित व्यक्तिहरुले पार्किङ शुल्कका नाममा पैसा असुल्ने गरेका छन् । सम्बन्धित निकायबाट अनुमति नलिई यसो गर्नु कानुनतः अवैध हो । तैपनि अनुगमन गर्ने निकायले वास्ता नगर्दा सर्वसाधारण खुलेआम ठगिने गरेका छन् ।