दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै
०६ असोज २०७०
•
६ मिनेट पाठ
दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै
काठमाडौं — चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि वार्षिक साधारणसभा सकेर लाभांश वितरण गर्ने भएका छन् । दसैंअघि १५ बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न लागेका हुन्।अधिकांशले असोज २३ गते साधारणसभा गर्दैछन् । साधारणसभा गर्ने संस्थाको मुख्य एजेन्डा लाभांश, गाभ्ने÷गाभिने र सेयर संरचना परिवर्तन गर्ने रहेको छ । साधारणसभा बोलाउनेमा एनएमबी क्यापिटल र नबिल क्यापिटल पनि छन् । दुवैले असोज २३ मा साधारणसभा डाकेका छन् । एनएमबीको साधारणसभाले गत वर्षको नाफाबाट ५२ लाख ६३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । नबिलको भने खासै महत्वपूर्ण एजेन्डा छैन ।




वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले साधारणसभा सिटिजन्स् बैंक इन्टरनेसलले बोलाएको छ । योसँगै एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल एसबिआइ बैंकले पनि साधारणसभा डाकिसकेका छन् ।

असोज २२ मा हुन लागेको सिटिजन्स्को साधारणसभाले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष बैंकको नाफा २२ करोड ४९ लाख थियो । बैंकले साधारणसभामा संस्थापक सेयर ७० बाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि लैजाँदै छ । उसले मर्जरमा जाने प्रस्ताव पनि पारित गर्दैछ । अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशतको अनुपातमा नगद लाभांश बाँडेको थियो ।

एभरेस्ट बैंकको असोज २३ मा हुने साधारणसभाले ६० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ । उसले ५० प्रतिशत नगद लाभांश र १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । गत वर्ष १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष १ अर्ब ९ करोड थियो । बैंकले गत वर्ष लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ रुपैयाँ नगद लाभांश दिएको थियो ।

त्यसै गरी नेपाल एसबिआइले असोज २३ मा गर्न लागेको साधारणसभाले ७.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ७७ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो । उसले अघिल्लो वर्ष ४८ करोड नाफा गरेको थियो । गत वर्ष १२.५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले असोज २४ मा साधारणसभा गर्दैछ । साधारणसभाले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिनेछ । गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो वर्ष १२ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्ष ५.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै युनिलिभर नेपाल लिमिटेडले असोज १८ मा साधारणसभा गर्नेछ । कम्पनीको सभाले ७ सय ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी फाइनान्सले असोज २० मा गर्ने साधारणसभाले १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण गरी दुई सञ्चालक चयनसमेत गर्नेछ ।

बागमती डेभलपमेन्ट बैंकले असोज २० मा गर्न लागेको साधारणसभाले ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ भने त्यही दिन हुन लागेको गरिमा विकास बैंकको साधारणसभाले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रस्ताव पनि पारित गर्दैछ । सभाले अर्को संस्थासँग गाभ्ने÷गाभिने प्रस्ताव अनुमोदन गर्दैछ ।

एकता विकास बैंकको असोज १९ मा हुने सभाले मर्जर प्रस्ताव पारित गर्नेछ । एभरेस्ट फाइनान्सको असोज २३ मा हुने सभाले संस्थापकबाट चार र सर्वसाधारणबाट दुईजनालाई सञ्चालक समितिमा चयन गर्नेछ । सभाले १५ प्रतिशत बोनस सेयर अनुमोदन गर्दै मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।

राइजिङ डेभलपमेन्ट बैंकको असोज २३ मा हुने साधारणसभाले १४.०५ प्रतिशत नगद लाभांश र सात प्रशित बोनस सेयरसहित मर्जर प्रस्ताव अनुमोदन गर्दैछ । फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको पनि त्यही दिन हुने सभाले १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । असोज २३ मै हुने कैलाश विकास बैंकको सभाले नौ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरसँगै मर्जर प्रस्ताव अनुमोदन गर्दैछ ।
अर्को समाचार
दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै
०५ असोज २०७०
•
६ मिनेट पाठ
दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै
काठमाडौं- चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि वार्षिक साधारणसभा सकेर लाभांश वितरण गर्ने भएका छन्। दसैंअघि १५ बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न लागेका हुन्। अधिकांशले असोज २३ गते साधारणसभा गर्दैछन्। साधारणसभा गर्ने संस्थाको मुख्य एजेन्डा लाभांश, गाभ्ने/गाभिने र सेयर संरचना परिवर्तन गर्ने रहेको छ। साधारणसभा बोलाउनेमा एनएमबी क्यापिटल र नबिल क्यापिटल पनि छन्। दुवैले असोज २३ मा साधारणसभा डाकेका छन्। एनएमबीको साधारणसभाले गत वर्षको नाफाबाट ५२ लाख ६३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ। नबिलको भने खासै महत्वपूर्ण एजेन्डा छैन।वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले साधारणसभा सिटिजन्स् बैंक इन्टरनेसलले बोलाएको छ। योसँगै एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल एसबिआइ बैंकले पनि साधारणसभा डाकिसकेका छन्। 
असोज २२ मा हुन लागेको सिटिजन्स्को साधारणसभाले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकले गत वर्ष ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्ष बैंकको नाफा २२ करोड ४९ लाख थियो। बैंकले साधारणसभामा संस्थापक सेयर ७० बाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि लैजाँदै छ। उसले मर्जरमा जाने प्रस्ताव पनि पारित गर्दैछ। अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशतको अनुपातमा नगद लाभांश बाँडेको थियो। 
एभरेस्ट बैंकको असोज २३ मा हुने साधारणसभाले ६० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ। उसले ५० प्रतिशत नगद लाभांश र १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ। गत वर्ष १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो। अघिल्लो वर्ष १ अर्ब ९ करोड थियो। बैंकले गत वर्ष लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ रुपैयाँ नगद लाभांश दिएको थियो।
त्यसै गरी नेपाल एसबिआइले असोज २३ मा गर्न लागेको साधारणसभाले ७.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ। बैंकले गत वर्ष ७७ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो। उसले अघिल्लो वर्ष ४८ करोड नाफा गरेको थियो। गत वर्ष १२.५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
सानिमा बैंकले असोज २४ मा साधारणसभा गर्दैछ। साधारणसभाले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ। बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिनेछ। गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो वर्ष १२ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो। गत आर्थिक वर्ष ५.५ प्रतिशत नगद लाभांश दिएको थियो।
त्यस्तै युनिलिभर नेपाल लिमिटेडले असोज १८ मा साधारणसभा गर्नेछ। कम्पनीको सभाले ७ सय ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। महालक्ष्मी फाइनान्सले असोज २० मा गर्ने साधारणसभाले १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापक र सर्वसाधारण गरी दुई सञ्चालक चयनसमेत गर्नेछ। 
बागमती डेभलपमेन्ट बैंकले असोज २० मा गर्न लागेको साधारणसभाले ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ भने त्यही दिन हुन लागेको गरिमा विकास बैंकको साधारणसभाले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रस्ताव पनि पारित गर्दैछ। सभाले अर्को संस्थासँग गाभ्ने/गाभिने प्रस्ताव अनुमोदन गर्दैछ। 
एकता विकास बैंकको असोज १९ मा हुने सभाले मर्जर प्रस्ताव पारित गर्नेछ। एभरेस्ट फाइनान्सको असोज २३ मा हुने सभाले संस्थापकबाट चार र सर्वसाधारणबाट दुईजनालाई सञ्चालक समितिमा चयन गर्नेछ। सभाले १५ प्रतिशत बोनस सेयर अनुमोदन गर्दै मर्जर प्रस्ताव पनि पारित गर्नेछ। 
राइजिङ डेभलपमेन्ट बैंकको असोज २३ मा हुने साधारणसभाले १४.०५ प्रतिशत नगद लाभांश र सात प्रशित बोनस सेयरसहित मर्जर प्रस्ताव अनुमोदन गर्दैछ। फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको पनि त्यही दिन हुने सभाले १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ। असोज २३ मै हुने कैलाश विकास बैंकको सभाले नौ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरसँगै मर्जर प्रस्ताव अनुमोदन गर्दैछ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस