काठमाडौं — उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सातवटा वायुसेवा कम्पनीको 'वायुसेवा सञ्चालन अनुमति तथा प्रमाणपत्र' (एओसी) खारेज गरेको दुई महिना नबित्दै पर्यटन मन्त्री रामकुमार श्रेष्ठले एकतर्फी रूपमा निर्णय उल्ट्याइदिएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुने नियम छ । तर, अध्यक्षको हैसियतमा नभई उनले मन्त्रीको हैसियतमा एकतर्फी निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो।
'नियामक निकायको निर्णय लत्याउँदै मन्त्री श्रेष्ठले खारेज भइसकेका ती सातवटै वायुसेवाको सञ्चालन अनुमति प्रमाणपत्र ब्युँताइदिएका छन्,' उच्च स्रोतले बुधबार नागरिकसँग भन्यो, 'यसमा ठूलो आर्थिक चलखेल भएको छ ।'
मन्त्रीको एकतर्फी निर्णयबारे अहिलेसम्म सम्बद्ध कुनै पनि निकायलाई जानकारी दिइएको छैन । गोप्य तरिकारले निर्णय गरेका मन्त्री श्रेष्ठले यसको जानकारी उड्डयन प्राधिकरणलाई पनि दिएका छैनन् ।
प्राधिकरणले गत असार ३० गते निजी क्षेत्रबाट सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका दुईवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेज र अल्पाइन एयर तथा पाँचवटा आन्तरिक वायुसेवा कम्पनी अग्नि एयर, नमस्ते एयर, स्विफ्ट एयर, ब्लु एयर र मुक्तिनाथ एयरलाइन्सको सञ्चालन अनुमति खारेज गरेको थियो ।
जहाज ल्याएर उडान सञ्चालन गरे पनि ६ महिनासम्म निरन्तरता दिन नसक्ने र कहिल्यै जहाज नल्याउने तर अनुमति प्रमाणपत्र लिइरहने भन्दै प्राधिकरणले ती वायुसेवाको सञ्चालन अनुमति खारेज गरेको थियो । यस्तो निर्णय प्राधिकरणका महानिर्देशकले एक्लै गर्न पाउने नियम छ ।
सञ्चालन अनुमति खारेज भएका सबै वायुसेवा कम्पनीलाई प्राधिकरणले यसबारे पत्राचार गरिसकेको थियो । प्राधिकरणको कदमबाट आत्तिएका ती वायुसेवाका सञ्चालकहरूले त्यसपछि पर्यटन मन्त्री श्रेष्ठकोमा दौडधुप सुरु गरेका थिए ।
स्रोतका अनुसार अनुमति प्रमाणपत्र खारेज भएपछि सातवटै वायुसेवाले 'हामीलाई मर्का प¥यो, अनुमति प्रमाणपत्र फुक्का गराइ पाउँ' भन्दै पर्यटन मन्त्रालयमा लिखित अनुरोध गरेका थिए । त्यसपपछि यसमा 'आर्थिक चलखेल' सुरु भएको थियो ।
पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले ती सातवटै वायुसेवाका सञ्चालक मर्का प¥यो भन्दै गुनासो गर्न आएको बताए । 'यसबारे अध्ययन गरेर हेरौंला भनेका थियौं,' उनले भने।
यसबारे पर्यटन सचिव सुशील घिमिरेसँग बुझ्दा उनले आफू विदेशबाट केही दिनअघि मात्र फर्किएकाले सात वायुसेवाका विषयमा निर्णय भए—नभएको कुनै जानकारी नभएको बताए।
प्राधिकरणले ती वायुसेवाको अनुमति प्रमाणपत्र खारेज गर्नु केही दिन अघिदेखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोलीले नेपाली उड्डयन क्षेत्रको 'अडिट' गरेको थियो । आइकाओ टोलीले त्यसपछि सरकारलाई बुझाएको प्रतिवेदनमा 'जहाज नहुने वायुसेवा कम्पनीको सञ्चालन अनुमति प्रमाणपत्र नवीकरण नगरी खारेजै गर्नुपर्ने' सुझाव दिइएको थियो । आइकाओ टोलीले सात चरण पार गरेमात्र पुनः अनुमति दिन सकिने सुझाव दिएको थियो ।
सञ्चालन अनुमति खारेज भएको बिबी एयरवेजले तामझामका साथ उडान सञ्चालन गरे पनि हवाई बजारमा करिब तीन महिनामात्र टिक्न सक्यो । बिबीले २०६९ भदौ २८ बाट 'चार्टर' उडान गरी सेवा सुरु गरेको थियो । कम्पनीले पहिलो चरणमा काठमाडौंबाट 'चार्टर' उडान गरेको थियो । उसले कम्बोडियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी टोन्ले साप एयरलाइन्ससँग 'वेट लिज' मा एउटा बोइङ ७५७–२०० सिरिजको जहाजबाट उडान थियो । यात्रुवाहक उडान भने असोज २५ बाट मलेसियाका लागि सुरु गरेको थियो ।
उडानमा रहेको एकमात्र जहाज 'नियमित मर्मत' का लागि भन्दै सम्बद्ध कम्पनी लगेपछि बिबी जहाजविहीन भएको थियो । कम्पनीले मलेसियाको क्वालालम्पुरका लागि साताको चार दिन उडान गरेको थियो ।
चुक्ता पुँजी ५० करोड रहेको बिबी एयरवेजमा गैरआवासीय नेपाली संघ (एनआरएन) का कोषाध्यक्ष भवन भट्टको इन्भेस्टमेन्ट कम्पनी टिबिआइ ग्रुपको लगानी थियो । बिबीमा जापानी व्यवसायीले पनि लगानी गरेका थिए । बिबीमा ४ अर्ब रुपैयाँ लगानी गरिएको थियो ।
उडान सञ्चालन गरेको एक महिनाभित्र यस्तै सिरिजको अर्को जहाज र त्यसपछि निकट भविष्यमा बोइङ ७६७–३०० सिरिजका थप दुइटा जहाज ल्याउने कम्पनीले बताउँदै आएको थियो । पाँच वर्षभित्र अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने महत्वाकाँक्षी लक्ष्य कम्पनीले सार्वजनिक गरेको थियो । बिबीले काठमाडौंबाट नयाँदिल्ली, बैंकक, क्वालालम्पुर, हङकङ, टोकियो, दोहा र सिंगापुर उडान गर्ने अनुमति पाएको थियो ।
एकताका आन्तरिक उडानमा तेस्रो ठूलो वायुसेवामा दरिन सफल अग्नि एयर 'अक्षम व्यवस्थापन' का कारण करिब एक वर्षअघि बन्द हुन पुगेको थियो । वार्षिक २८ करोड रुपैयाँ नाफा कमाइरहेको र सात प्रतिशत बजार हिस्सा ओगटेको अग्नि एयरले ६५ करोड रुपैयाँ बैंक ऋण तिर्न नसकेपछि बन्द भएको थियो । २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज रहेको अग्निले सात वर्ष उडान गरेको थियो । सातमध्ये ती पाँच जहाज हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' छन् ।
सञ्चालन अनुमति खारेज भएको अर्को अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अल्पाइन एयरले सन् १९९८ मै उडान अनुमति पाएको थियो । काठमाडौंबाट नयाँदिल्ली, बैंकक, ढाका, बहराइन, सिंगापुर र ग्वाङझाउ उडान गर्ने यसको योजना थियो ।
यसका लागि अल्पाइनले बहराइन एयरको एयरबस ए३१९–१०० जहाज नौ महिनाका लागि 'वेट लिज' मा लिएको थियो । तर, त्यो जहाज पनि आएन र उडान पनि गर्न सकेन ।
अर्को आन्तरिक वायुुसेवा कम्पनी नमस्ते एयरले गत वैशाख तेस्रो साता अग्नि एयरको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएपछि पुनः उडान गर्ने घोषणा गरेको थियो । अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ६५ करोड रुपैयाँ सकार्न नमस्ते तयार भएपछि व्यवस्थापन हेरफेर सम्झौता भएको थियो ।
नमस्तेले गता असार पहिलो साताबाट अग्निका दुई डोर्नियर जहाज तथा साउन दोस्रो साताभित्र दुइटा जेटस्ट्रिमबाट उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो । नमस्तेका कार्यकारी अध्यक्ष राजु केसीले दुईवटा डोर्नियर अग्नि एयरकै नाम र लोगोमा तथा बाँकी तीन जेटस्ट्रिम नमस्तेको लोगोमा उड्ने बताएका थिए ।
अर्को आन्तरिक वायुसेवा ब्लु एयरले चार जहाजबाट मुलुकका प्रमुख सहरहरूमा उडान गर्ने गरी अनुमति पाएको थियो । ब्लुको व्यापारिक योजनामा १९ सिट क्षमताका दुईवटा बिचक्राफ्ट र ४८ सिट क्षमताका दुइटै एटिआर–४२ जहाज ल्याएर उडान गर्ने उल्लेख थियो ।
त्यसै गरी स्विफ्ट एयरले एउटा एटिआर–४२ र दुईवटा डोर्नियर जहाजबाट उडान गर्ने गरी अनुमति पाए पनि जहाज ल्याउन सकेन । एटिआरलाई सहरी क्षेत्रमा र डोर्नियर जहाजलाई दुर्गम भेगमा उडान गर्ने उसको योजना थियो । उता मुक्तिनाथ एयरलाइन्स भने केही अवधि हेलिकोप्टर उडान गरेपछि बन्द भएको थियो ।