नेपालका प्रतिष्ठित व्यवसायी स्वर्गीय रमेश गुप्ताको विरासत कायम राख्न रमेश कर्प कम्पनी सुरु गरिएको छ। प्रतिष्ठित व्यवसायी गुप्ताको स्मरण तथा विरासत जोगाउन रमेश कर्प नामको होल्डिङ कम्पनीको ब्रान्ड बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
रमेश कर्पका उपाध्यक्ष सुशील गुप्ताले संस्थापकको परिचयबाट सञ्चालित रमेश कर्पको ट्यागलाइन ‘फर्वार्ड टुगेदर’ले व्यावसायिक क्षेत्रमा नयाँ आयाम थप्ने दाबी गरे। रमेश कर्प होल्डिङ कम्पनीमा विभिन्न क्षेत्रका १४ वटा कम्पनी समावेश भएको उनले बताए।
‘मुलुकका प्रतिष्ठित व्यवसायी रमेश गुप्ताको सम्झनामा होल्डिङ कम्पनी स्थापना गरिएको हो,’ उनले भने, ‘यो कम्पनीमा विभिन्न क्षेत्रका १४ वटा व्यापरिक प्रतिष्ठान समेटिएका छन्।’ रमेश गुप्ता मेमोरियल ट्रस्टमार्फत क्यान्सरपीडित बालबालिकाको उपचार तथा रोग नियन्त्रणको लागि काम गर्दै आइरहेको पनि उनले जानकारी दिए। कम्पनी संस्थापक रमेशको क्यान्सरबाट सन् २०१८ मा निधन भएको थियो।
रमेश कर्पका अर्का उपाध्यक्ष रोहित गुप्ताले रमेश कर्पले आफ्नो व्यावसायिक क्षेत्र क्रमशः विस्तार गर्दै आएको बताए। रमेश कर्प मातहतका १४ वटा प्रतिष्ठानमा तीन हजारभन्दा धेरैले रोजगारी पाएका छन्। रमेश कर्प मातहत कन्जुमर डुरेबल, बैंकिङ, रियल स्टेट, मोबाइल फोन, इन्स्योरेन्स, कन्सट्रक्सन उपकरण, शिवम् सिमेन्ट, ई–कमर्स, स्पोर्टस, वायर एन्ड केबल्स, क्लाउड एन्ड आइटी, इन्भेस्टमेन्ट, हाइड्रोपावर, खानी लगायत कम्पनी छन्।
‘हाम्रो यो नयाँ सुरुआत हामी सबैका लागि वास्तवमै विशेष हो। यसले हाम्रो ब्रान्डको विकासको महत्वपूर्ण चरणलाई प्रतिनिधित्व गरेको छ। बुबाको दर्शन एवं सिद्धान्तलाई आत्मसात गर्दै वहाँको दृष्टिलाई आधार मानेर भविष्यलाई आकार दिइरहेका छौं,’ उपाध्यक्ष सुशीलले भने, ‘फर्वार्ड टुगेदर दर्शनको साथ हामी नयाँ उचाइमा पुग्न उत्कृष्ट प्रणाली स्थापना गर्न चाहन्छौं।’ पाँच दशकअगाडि हार्डवेयर व्यवसायबाट सुरु भएको रमेश कर्प आज जीवनका अधिकांश पक्षलाई समेट्ने व्यावसायिक घराना बनेको छ।