काठमाडौं- घरजग्गा ऋणले नाफामा प्रभाव पार्ने चर्चा चलिरहँदा बैंकहरुले भने उच्च नाफासहितको हरहिसाब (वासलात) सार्वजनिक गरिरहेका छन्। फराकिलो ब्याजअन्तर र सम्पत्ति लिलाम गरेर बैंकहरुले आर्थिक वर्ष २०६९/०७० मा आकर्षक नाफा कमाएका हुन्।
अहिलेसम्म पाँचवटा बाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय परिणाम सार्वजनिक गरेका छन्। सार्वजनिक भएका वासलात अनुसार सबै बैंकको नाफा उच्च बढेको छ। केही बैंकको नाफा दोब्बरले बढेको छ।
'यसपाली बैंकहरुको विदेशी मुद्रा किनबेच, छुट तथा कमिसनमा आधारित आम्दानी बढेको छ,' एक बैंकरले भने, 'कर्जामा लिने र निक्षेपमा दिने ब्याज अन्तर फराकिलो भएका कारण खुद ब्याज आम्दानी पनि बढेको छ।'
गत आर्थिक वर्षको सुरुदेखि नै बैंकहरुको नाफा उच्च अंकले बढिरहेको छ। आर्थिक वर्षको पहिलो त्रैमास साउन–असोजमा वाणिज्य बैंकहरुको नाफा ४१ प्रतिशतले बढेको थियो। दोस्रो त्रैमास कात्तिक–पुसमा ५० प्रतिशत र तेस्रो त्रैमास माघ–चैतमा ४५ प्रतिशतले बढेको थियो। बैंकरका अनुसार गत आर्थिक वर्षभरको नाफा औसतमा ४५ प्रतिशतले बढ्ने छ।
सुरुमै गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन्स् बैंक इन्टरनेसनलले ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा २२ करोड ४७ लाख रुपैयाँ थियो। त्यसपछि वासलात सार्वजनिक गरेको सानिमा बैंकले ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष सानिमाको नाफा १२ करोड १७ लाख रुपैयाँ थियो।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष उसको नाफा १७ करोड ७६ लाख रुपैयाँ थियो। त्यसैगरी, सनराइज बैंकले ३१ करोड ९१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ११ करोड ११ लाख रुपैयाँ थियो। ग्लोबल आइएमई बैंकले ५५ करोड २४ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरणले देखाउँछ। ग्लोबलले अघिल्लो वर्ष २६ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो।
नबिल बैंकले गत वर्षको नाफा दुई अर्ब रुपैयाँ कटाएको छ। तर, यसको वित्तीय विवरण सार्वजनिक हुन बाँकी छ। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ७९ करोड रुपैयाँ थियो। नबिललाई नेपाल इन्भेस्टमेन्ट बैंकले पछ्याएको छ। इन्भेस्टमेन्ट बैंकले दुई अर्ब हाराहारी नाफा गरेको छ। स्रोतका अनुसार, निजी क्षेत्रका बैंकमा नबिल र इन्भेस्टमेन्टपछि एभरेस्ट, हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड बैंकले उच्च नाफा गरेका छन्।
बैंकहरुले गत वर्ष धमाधम धितो सम्पत्ति लिलाम गरेर पैसा उठाएका थिए। कर्जा–निक्षेप अनुपात साँघुरो भएका कारण वर्षको अन्तिममा खासै ऋण विस्तार नभए पनि बैंकले पुरानो ऋण उठाएर नाफा बढाएका हुन्।
एक बैंकरका अनुसार सञ्चालनमा रहेका ३१ वाणिज्य बैंकहरुको सञ्चालन मुनाफा बढेको अनुपातमा खुद नाफा बढेको छैन। 'गत वर्षको भन्दा खुद नाफा बढेको देखिन्छ,' उनले भने, 'तर सञ्चालन नाफाको अनुपातमा भने खुद नाफा कमै छ।' बैंकहरुले कतिपय ठूला कर्जा नउठेका कारण ठूलै रकम नोक्सानी व्यवस्था गर्नु परेकाले खुद नाफा अपेक्षाभन्दा कमै छ।
'शंका लागेका कर्जामा पनि बैंकहरुले नोक्सानी व्यवस्था गरेका छन्,' ती बैंकरले भने, 'नोक्सानी व्यवस्थामा पर्याप्त रकम राख्दा पनि लाभांश गत वर्षको भन्दा नघट्ने भएकाले बैंकहरुले जोखिम लिएका छैनन्।' राष्ट्र बैंक स्रोतका अनुसार अधिकांश बैंकको सञ्चालन मुनाफा बढे पनि एकाध बैंकको यस्तो नाफा घटेको देखिएको छ।