नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक
१९ फागुन २०७७
•
३ मिनेट पाठ
नेपालमा लगानी गर्न भारतीय व्यवसायी उत्सुक
भारतीय व्यवसायीले नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन्। भारतीय वाणिज्य एवं उद्योग महासंघ (फिक्की) ले केही दिनअघि नयाँ दिल्लीमा नेपालका आर्थिक पत्रकारसँग गरेको अन्तक्र्रियामा यस्तो धारणा राखेका हुन्। त्यसका लागि उपयुक्त वातावरण सिर्जना गनुपर्ने उनीहरूले बताएका छन्।

भारतीय उद्योगी, व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको एस ट्र्याक्टर तथा कन्सट्रक्सन इक्विपमेन्टका सिओओ अशोक अनन्थरमनले बताए। ‘भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको ठूलो स्रोत हो,’ उनले भने, ‘नेपालमा अझै भारतीय लगानी तीव्रत्तर रूपमा बढ्छ।’ कोभिड–१९ को कारण रोजगार गुमेको बेला नेपालका ग्रामीण क्षेत्रका स्थानीयलाई सीप दिएर रोजगारी सिर्जना गर्न सघाउने उनले बताए।

अनन्थरमनका अनुसार लगानीका लागि उपयुक्त नीति र वातावरण तयार गर्नुपर्छ। भारतका डेढ सयभन्दा बढी ठूला कम्पनीले नेपालमा लगानी गरिरहेको अर्का भारतीय व्यवसायी राजन मल्होत्राले बताए। नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानी बढाइरहेको उनले बताए। ‘भारतका १५० भन्दा धेरै ठूला कम्पनीले नेपालमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘नेपालको कानुन र वातावरण विस्तारै लगानीमैत्री हुँदै गइरहेकाले लगानी वृद्धि हुन्छ।’ नेपाल–भारत व्यापार सन्धिदेखि द्विपक्षीय लगानी संरक्षण र प्रोत्साहन सम्झौता ९बिप्पा० लगायतले पनि नेपालमा भारतीय लगानी बढिरहेको बताए।

कोभिड–१९ को कारण लगानी खुम्चिए पनि भारत नेपालको प्रमुख व्यापारिक साझेदार भएकाले लगानी गर्न सकिने व्यवसायीको धारणा थियो। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत भएकाले भारतको लगानी नेपालमा बढ्ने बताए। अधिकांश वस्तु भारतमा उत्पादन गरेर नेपालको बजारमा बिक्री गरेको स्मरण गर्दै नेपालमै उत्पादन गर्न सकिने व्यवसायीको धारणा थियो। कोभिड–१९ को कारण भारतको अर्थतन्त्रमा पनि नकारात्मक असर परेकाले वातावरण सहज हुनासाथ व्यवसायीले लगानी विस्तार गर्ने बताए।  

भारतीय व्यवसायीले निजी क्षेत्रबाट साझा रूपमा लगानी गरेर व्यापार बढाउन दुई देशका व्यवसायीले मार्गचित्र बनाउनुपर्ने बताए। व्यवसायीले नेपाल र भारतबीचको क्रसबोर्डर व्यापार नयाँ उचाइमा पुगिरहेको र अझै साझा लगानी र व्यापारमार्फत सार्क क्षेत्रमा संयुक्त फाइदा लिनुपर्ने बताए। दुई देशबीच व्यापार वृद्धिको सम्भावना भएकाले साझा रोडम्याप बनाउनुपर्ने फिक्की साउथ एसिया क्षेत्रीय परिषद्का अध्यक्ष मनोज चुगले बताए।

‘पानी र ऊर्जामा नेपाल र भारतले लगानी गर्न सक्ने सम्भावना धेरै छ,’ उनले भने, ‘यो दुवै मुलुकका व्यवसायीका लागि अवसर हो।’ अहिले विश्वमा ब्लू इकोनोमीको चर्चा पनि भइरहेको बताउँदै भारत र नेपालका लागि पनि यो एउटा महत्वपूर्ण विषय भएको चुगले बताए। दक्षिण एसियामा नेपाल र भारतबीच पहिलोपटक क्रसबोर्डर पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ निर्यात हुनु सकारात्मक पक्ष भएको धारणा राखे।

नेपालमा स्थिरता, पारदर्शिता र एकरूपता कायम भइरहने हो भने लगानी बढ्ने सिएनएच इन्ड्रस्ट्रिज इन्डिया प्रालिका विकास किकनले बताए। ‘लगानीका लागि वातावरण पनि सुध्रिँदै गएको छ,’ उनले भने, ‘सुविधा बढ्दै गयो भने लगानी बढ्दै जान्छ।’ भारतीय कम्पनीका मोटरसाइकलल नेपालमा उत्पादन सुरु भएको उनले बताए। ‘नेपालमै टिभिएस, बजाज बाइकको प्लान्ट छ,’ उनले भने, ‘बजार बढाउने हो भने अरू प्लान्ट पनि आउन सक्छन्।’  

नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्ने अवसर रहेको केइसी इन्टरनेसनल लिमिटेडका सार्क क्षेत्रका उपाध्यक्ष पंकज टण्डनले बताए। ‘नेपालमा विकासको सम्भावना अधिक छ,’ उनले भने, ‘भारतीय लगानीकर्तासँग मिलेर पूर्वाधारमा राम्रो काम गर्न सक्ने सम्भावना छ।’ दुई देशका लगानीकर्ताले पूर्वाधारमा जोड दिनुपर्ने धारणा उनले राखे। नेपाल र भारतको व्यापारिक सम्बन्ध धेरै पुरानो भएकाले दुई देशले आर्थिक लाभ लिनुपर्ने बिराज बिनानी ग्रुपका प्रबन्ध निर्देशक विनोद जुमेजाले बताए।
अर्को समाचार
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँः ढकाल
१६ वैशाख २०८१
•
२ मिनेट पाठ
नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँः ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए।

विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनको भनाइ छ।

नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई उनले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए।

अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पु¥याउने बताए।

त्यसैगरी उनले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे।

उनले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए।

‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो। यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ’, ढकालले भने।

हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरे।

‘त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको छ। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ’, उनले भने।

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए।

उनले महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताए।

उनले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस