काठमाडौं - सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीले खुलाउन आन्दोलन थालेका छन्। कर्मचारीले बुधबारबाट कार्यालय अवधिभर धर्ना कार्यक्रम सुरु गरेका छन्।
कर्मचारीका अनुसार, सञ्चालक र व्यवस्थापनले कम्पनी नवीकरण र कारोबार पुनः सुरु गर्न कुनै पहल गरेका छैनन्। व्यवस्थापनले चाहे कारोबार सुरु गर्न कुनै कठिनाइ नभएको भन्दै सञ्चालकहरुको 'इगो'का कारण कम्पनी बन्द भएको कर्मचारीको आरोप छ।
अग्नि बिमा कारोबारमा बिमा समितिले रोक लागाएका कारण कम्पनी नवीकरण नभएर कारोबार सञ्चालन गर्न नसकिएको व्यवस्थापनको भनाइ छ। समितिले भदौ १३ गते एभरेष्टले हिमालयन स्न्याक्सको दाबीमा सर्वेयरको अन्तिम प्रतिवेदन नआउँदै बिमा रकम भुक्तानी गरेको भन्दै अग्नि बिमा कारोबारमा रोक लगाएको थियो।
'रोक लगाइएको बिमालेखबाहेक बाँकी कारोबार गर्न सकिन्छ, तर व्यवस्थापनले सबै बिमालेख जारी गर्न बन्द गरेको छ,' एभरेष्ट इन्स्योरेन्स कर्मचारी युनियनका अध्यक्ष शम्शेर रोक्काले बुधबार नागरिकसँग भने, 'व्यवस्थापन जसरी पनि कम्पनी बन्द गराउने पक्षमा लागेको छ।' उनले अग्नि बिमालेखमाथि लागेको रोक हटाउन व्यवस्थापनले कुनै पहल नगरेको पनि जानकारी दिए।
'समितिले पैसा फिर्ता ल्याउन व्यवस्थापनको प्रतिबद्धता मागेको छ, प्रतिबद्धतापत्र पठाउनेबित्तिकै अग्निबिमा कारोबार पनि फुकुवा हुने अवस्था छ,' रोक्काले भने, 'व्यवस्थापनले कम्पनी सञ्चालन नगर्ने अड्डी कसेका कारण कर्मचारीलाई अप्ठेरो परेको छ।'
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केवलकृष्ण श्रेष्ठले कम्पनी नवीकरण नभएकाले पुनर्बिमा गर्न नपाएर कारोबार हुन नसकेको बताए। 'व्यवस्थापनका कारणले कारोबार बन्द भएको होइन, कम्पनी नवीकरण नभएपछि पुनर्बिमा हुन सकेको छैन,' उनले भने, 'कारबाही फुकुवा नभएसम्म कम्पनी नवीकरण हुन सक्दैन। त्यही भएर कर्मचारीले लगाएको आरोप तर्कसंगत छैन।'
मायोज चाउचाउ उत्पादन गर्ने हिमालनय स्न्याक्स उद्योगी राजेन्द्र खेतानको कम्पनी हो। समितिका अनुसार हिमालयन स्न्याक्सले सर्वेयरको पूर्ण प्रतिवेदन नआउँदै ४ करोड रुपैयाँ एभरेष्ट इन्स्योरेन्सबाट लगेको थियो। उनी त्यसबेला एभरेष्ट इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष पनि थिए।
कारोबारका हिसाबले देशकै ठूलो एभरेष्टले व्यवसाय खुम्च्याउँदै आएको छ। अघिल्लो वर्ष ७४ करोडको कारोबार गरेको कम्पनीले असार मसान्तसम्म जम्मा ३४ करोडको कारोबार गरेको छ। कारोबार खुम्चिएका कारण कम्पनी घाटामा छ।
रोक्काका अनुसार, पूर्वअध्यक्ष खेतालने लगेको ४ करोड रुपैयाँमध्ये २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति पुनर्बिमा कम्पनीले भुक्तानी दिइसकेको छ। बाँकी १ करोड ८६ लाख रुपैयाँ अर्को एक बिमा कम्पनीले भुक्तानी दिन बाँकी छ। 'यो पैसा भुक्तानी लिन व्यवस्थापनले कुनै पहल गरेको छैन,' रोक्काले भने, 'यो व्यवस्थापनकै कमजोरी हो।'
बिमा कम्पनीलाई ठूलो व्यवसायमा निश्चित रकमभन्दा बढीको व्यापार गर्न गाह्रो हुन्छ। यस्तोमा अर्को बिमा कम्पनीलाई साथमा लिनुपर्ने हुन्छ। एभरेष्टले १ करोड ८६ लाख रुपैयाँ नेपाल इन्स्योरेन्समार्फत फ्याकेल्टेटिभ रिइन्स्योरेन्स गरेको थियो। यो रकम नेपाल इन्स्योरेन्सले भुक्तानी नगरेका कारण कारबाही फुकुवा हुन नसकेको व्यवस्थापनको भनाइ छ।
'हामीले रकम उठाउन पहल गरिदिन समितिलाई लिखित आग्रह गरिसकेका छौं, तर सहयोग प्राप्त भएको छैन,' श्रेष्ठले भने, 'समितिले चार करोड रुपैयाँ भुक्तानी नभएसम्म कारबाही फुकुवा नगर्ने जनाएको छ।'
कम्पनी नवीकरण नभएका कारण एभरेष्टले गत असार मसान्तसम्म वृद्धि गर्नुपर्ने पुँजी पनि बढाएको छैन। १० करोड चुक्ता पुँजी रहेको कम्पनीले असार मसान्तसम्म बढाएर २५ करोड पुर्याउनु पर्ने थियो।
कम्पनीका अन्य अधिकारीले बिमा ऐनअनुसार कम्पनीको अस्तित्व नभएको भन्दै बिमा सम्बन्धी कारोबार बन्द गरेको जनाएका छन्। बिमा ऐनमा बिमासम्बन्धी कारोबार गर्न कम्पनी नवीकरण अनिवार्य छ। आंशिक कारोबारमा रोक लागेका कम्पनीको कारबाही फुकुवा नहुन्जेल नवीकरण गर्न पाइँदैन। कम्पनी नवीकरण नभएपछि कारोबार गर्न पाइँदैन। हरेक वर्षको चैत मसान्तसम्म कम्पनी नवीकरण गर्नुपर्छ।
एभरेष्टको कुल कारोबारमा अग्नि बिमाको अंश २० प्रतिशत हुन्छ। समितिले १० महिनादेखि अग्नि बिमामा रोक लगाएको छ। कारबाहीको केही महिनापछि समितिले सबै बिमा कम्पनीलाई जारी गरेको 'संस्थागत सुशासन निर्देशिका' पालना गर्न नसकिने भन्दै एभरेष्टले सम्पूर्ण कारोबार रोकेपछि समिति–एभरेष्टबीच विवाद अझ चर्किएको थियो। समितिको हस्तक्षेपपछि नयाँ कारोबार रोकेको नौ दिनपछि एभरेष्टले कारोबार सुचारु गरेको थियो। त्यही विवादका कारण अध्यक्ष खेतानले सञ्चालक समितिबाट राजीनामा गरेका थिए।