काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार नीतिमा पुनरावलोकन गर्दै ग्रामीण तथा साना उद्यम कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।आइतबार सार्वजनिक गर्ने तयारी भइरहेको मौद्रिक नीतिमा केन्द्रीय बैंकले सरकारले तोकेको आर्थिक वृद्धि लक्ष्य पूरा गर्न कृषि कर्जालाई बढावा दिने छ।
राष्ट्र बैंकले कतिपय सुगम जिल्लामा पनि बैंकिङ पहुँच नपुगेको भन्दै त्यस्ता स्थानमा शाखा खोल्न प्रेरित गर्ने नीति लिन लागेको छ। उसले यसअघि बैंकिङ पहुँच नपुगेका २१ जिल्लामा शाखा खोल्ने बैंक तथा वित्तीय संस्थालाई ६ महिनासम्म खर्च धान्न निर्ब्याजी पैसा उपलब्ध गराउँदै आएको थियो। दुर्गम क्षेत्रमा शाखा विस्तार गर्नेलाई सुविधा दिँदा बैंक, वित्तीय संस्था सहरकेन्द्रित भएको भन्दै राष्ट्र बैंकले शाखा खोल्ने नीतिमा पुनरावलोकन गर्न लागेको हो।
सुगम जिल्लामा पनि बैंकिङ पहुँच नपुगेको गुनासो बढ्न थालेपछि केन्द्रीय बैंकले त्यस्ता स्थान पहिचान गरी शाखा विस्तार गर्न सहुलियत दिने नीति लिनेछ। मौद्रिक नीतिको मस्यौदा तयार गरिरहेको राष्ट्र बैंक अनुसन्धान विभाग स्रोतका अनुसार बैंकिङ पहुँच नपुगेका 'जिल्ला'को साटो 'बस्ती'लाई महत्त्व दिएर सहुलियत नीति आउने छ।
'वित्तीय पहुँच नपुगेको बस्तीमा शाखा खोल्न सुविधा दिने नीति लिइने छ,' स्रोतले भन्यो, 'जिल्ला सुगम छ तर, शाखा पुगेको छैन भने त्यहाँ जान सहुलियत दिइने छ।' सेयर बजारबारे केही नबोले पनि अपार्टमेन्ट तथा हाउजिङ लगानीबारे सम्बोधन गर्ने छ।
मौद्रिक नीतिबारे शुक्रबार बसेको राष्ट्र बैंक सञ्चालक समितिमा मोटामोटी छलफल भइसकेको छ। छलफलमा प्रस्तुत मस्यौदा मौद्रिक नीतिमा फेरबदल गर्न सकिने तथ्यांकका लागि खालिठाउँ राखिएको बैठकमा सहभागी एक सञ्चालकले जानकारी दिए।
अनुसन्धान विभागले खालि राखिएको ठाउँ आइतबारको सञ्चालक समितिमा प्रस्तुत गर्नेछ। त्यसपछि मात्र मौद्रिक नीतिले अन्तिम रुप लिने ती सञ्चालकले जानकारी दिए। अनिवार्य तरलता अनुपात (सिआरआर), बैंक दर, पुनर्कर्जा दरलगायतका तथ्यांक खाली राखिएको स्रोतले जानकारी दियो।
शुक्रबारको छलफलमा सञ्चालकहरुलाई बुँदा टिप्ने सुविधा नदिइएको स्रोतले बतायो। विभागले प्रस्तुत गरेको 'पावर प्वाइन्ट' हेरेर सञ्चालकहरुले छलफल गरेका थिए।
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको चर्चा चलिरहेका बेला केन्द्रीय बैंकले यसलाई सम्बोधन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा अन्तर्राष्ट्रिय रुपमा कार्यान्वयनमा आएको बासल–३ को आवश्यक अध्ययन गरी ढाँचा (फ्रेमवर्क) तयार पार्ने उल्लेख गर्दै पुँजी वृद्धिको संकेत गर्नेछ। बासल–३ ले बैंकहरुको चुक्ता पुँजीलाई प्राथमिकतामा राखेर यसैका आधारमा जोखिम मूल्यांकन तथा व्यवस्थापन गर्ने परिकल्पना गरेको छ।
चालु वर्षको मौद्रिक नीतिमा नयाँ बैंक तथा वित्तीय संस्था खोल्ने नीतिमा पुनरावलोकन गर्दै पूर्वाधार तथा ठूलो पुँजीलाई प्राथमिकतामा राख्ने तयारी छ। सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई पूर्वाधार विकास बैंकमा परिवर्तन गर्ने सार्वजनिक गरिरहेका बेला राष्ट्र बैंकले यस्ता खालका बैंकबारे पनि मौद्रिक नीतिमा सम्बोधन गर्ने स्रोतले जानकारी दियो।
विशेष गरी गाउँमुखी कार्यक्रम समेटिएको मौद्रिक नीतिमा राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेको छ। लघुवित्त ऋणहरु दोहोरिन नदिने संयन्त्रबारे पनि मौद्रिक नीतिले सम्बोधन गर्नेछ। विगतमा जस्तै बैंक तथा वित्तीय संस्थालाई आपसमा गाभिन प्रोत्साहित गर्ने भन्दै राष्ट्र बैंकले वैधानिक रुपमा रेमिटेन्स भित्त्याउन विभिन्न कम्पनीलाई प्रोत्साहित गर्ने नीति लिनेछ।
राष्ट्र बैंकले विपन्न वर्गमा लगानी गरिरहेका लघुवित्त विकास बैंकहरुको कारोबार सीमा केही फराकिलो बनाउने छ। विपन्न वर्गमा सानो लगानी गरिरहेका लघुवित्त विकास बैंकहरुले साना उद्यममा पनि लगानी गर्न पाउने छन्। अहिले विपन्न वर्गमा बढीमा ९० हजार रुपैयाँसम्म लगानी गर्ने प्रावधान छ। प्राथमिकता प्राप्त साना उद्यमलाई रकम बढाइने स्रोतले जानकारी दियो। 'विपन्न कर्जाभन्दा ठूलो र साना तथा मझौला उद्योगभन्दा सानो किसिमको कर्जामा लघुवित्त संस्था जान पाउने व्यवस्था गरिने छ,' स्रोतले भन्यो, 'स्वरोजगार र गरिबी निवारणमा सहयोग पुग्ने कार्यक्रम बढी समेटिएका छन्।'
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर फराकिलो भएको भन्दै यसलाई कम गर्न सांकेतिक रुपमा सम्बोधन गर्ने स्रोतले जानकारी दियो। 'ब्याज यति/उति भनेर बोल्न मिल्दैन, त्यही भएर 'लगानी तथा ग्राहकमैत्री ब्याजदर कायम गर्न' शब्द मौद्रिक नीतिमा पारिने छ,' स्रोतले भन्यो।
मौद्रिक नीतिले लिएको लक्ष्य र जेठ मसान्तसम्म प्राप्त उपलब्धि (प्रतिशतमा)
विवरण लक्ष्य उपलब्धि
आर्थिक वृद्धि दर ४.१ ३.६
मूल्य वृद्धि ९.५ १०.०९
मुद्रा प्रदाय वृद्धिदर १५ १०.७
बैंकिङ कर्जा वृद्धि १३.५ १६.५
निक्षेप वृद्धि १३.१ ९.८