काठमाडौं - विकास बैंकहरुले वाणिज्य बैंक सरह प्रतीतपत्र (एलसी) खोल्न पाउनुपर्ने माग गरेका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघले उद्योग तथा सेवा क्षेत्रमा प्रतीतपत्र खोल्न पाउनुपर्ने माग गरेको हो।
राष्ट्र बैंकले अहिले एलसी खोल्ने अधिकार वाणिज्य बैंकहरुलाई मात्र दिएको छ। कारोबारका हिसाबले वाणिज्य र विकास बैंकबीच एलसी खोल्ने, अन्तर्राष्ट्रिय ग्यारेन्टी (प्रत्याभूति) दिने/लिनेलगायत खासै अन्तर छैन। वाणिज्य बैंकहरुले असीमित निक्षेप संकलन गर्न पाउँछन्, विकास बैंकले पुँजीको २० गुणाभन्दा बढी निक्षेप संकलन गर्न पाउँदैनन्। फाइनान्स कम्पनीले यीबाहेक विदेशी विनियम कारोबार र लकर खोल्न पाउँदैन।
संघले आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव पठाउँदै एलसी खोल्न पाउनु पर्ने माग गरेको हो। राष्ट्र बैंकले गत जेठ १३ गते राष्ट्रियस्तरका विकास बैंकलाई आफैंले लगानी तथा प्रवर्द्धन गरेको ऊर्जा आयोजनाका लागि प्रतितपत्र खोल्न अनुमति दिइसकेको छ। उक्त अनुमतिअनुसार, विकास बैंकले आफ्नो लगानीका जलविद्युत् उत्पादन गर्ने कम्पनी, विकास तथा प्रशारण लाइन निर्माणका लागि एलसी खोल्न पाउँछन्।
विकास बैंकहरुले व्यावसायिक प्रयोजनका एलसी खोल्न माग गरेका हुन्। संघले तत्कालका लागि आन्तरिक प्रतितपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकसँग माग गरेको छ। संघले राष्ट्र बैंकलाई बुझाएको १० बुँदे सुझावमा विकास बैंकलाई स्वदेशी रकमान्तरको कारोबार गर्न दिने व्यवस्था मागेको छ।
अहिले स्वदेशी तथा वैदेशिक रकमान्तरको कारोवार गर्न चाहने विकास बैंकको रकमान्तरसम्बन्धी सम्पूर्ण जोखिम वाणिज्य बैंकले वहन गर्नुपर्ने व्यवस्था छ। संघले यो व्यवस्था हटाई विकास बैंक आफैंले कारोबार गर्न पाउनुपर्ने माग गरेको हो। 'वैदेशिक नभए पनि स्वदेशी रकमान्तरको कारोबार गर्न पाउने व्यवस्था हुनुपर्छ,' संघको सुझावमा छ। संघले वाणिज्य बैंकले रकमान्तरसम्बन्धी जोखिम बेहोर्ने गरी सहमति गर्दा अधिक मात्रामा कमिसन माग गर्ने गरेको आरोप लगाउँदै विकास बैंकलाई पनि अधिकार दिन माग गरेको हो।
संघले आगामी मसान्तपछि बैंक तथा वित्तीय संस्थाले एक अर्को संस्थामा ब्याज पाउने गरी निक्षेप राख्न नपाउने व्यवस्था हटाउन माग गरेको छ। अहिले विकास बैंक र फाइनान्स कम्पनीको करिब २० अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुमा छ।
क्षेत्रीयस्तरका संस्थाको ट्रेजरी व्यवस्थापन चुस्त र दुरुस्त हुन नसक्ने, संस्थामा रहने मौज्दात परिचालन गर्ने छुट्टै मौद्रिक औजार नआइसकेको अवस्थामा ब्याज पाउने गरी निक्षेप राख्दा वित्तीय क्षेत्रलाई नै फाइदा हुने संघको तर्क छ। नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाले एक अर्कामा निक्षेप राखेर प्रवर्द्धक, सञ्चालकले ऋण चलाउने गरेको अनुमानमा असारपछि ब्याज आउने खातामा पैसा राख्न नपाउने व्यवस्था गरेको हो।
संघले दुर्गम जिल्लामा शाखा विस्तार गर्न चाहने क्षेत्रीय स्तरका विकास बैंकलाई पनि शून्य ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेको छ। अहिले राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकलाई वित्तीय पहुँच कम रहेका १७ जिल्लामा शाखा खोल्दा ६ महिनाका लागि निर्ब्याजी ऋण दिन्छ। संघले यो ऋण क्षेत्रीयस्तरका विकास बैंकलाई पनि दिनुपर्ने माग गरेको हो।
संघले विपन्न वर्गमा लगानी गर्ने 'ख' वर्गका विकास बैंकलाई सहुलियत दिनसमेत माग गरेको छ। क्षेत्रीय स्तरका विकास बैंकले आफ्नो लगानीका मुख्य क्षेत्र विपन्न वर्ग भएको तर्क गरिरहेका छन्। त्यस्ता संस्थालाई विपन्न वर्गमा लगानी गर्न आवश्यक पर्ने रकम अन्य बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउनुपर्ने भन्दै संघले यो रकम विपन्न वर्गमा गणना हुने गरी 'घ' वर्गका संस्थामा गरेसरह लगानी गर्न पाउनुपर्ने माग गरेको हो।
संघले मोफसलका वाणिज्य बैंकहरुले सरह विकास बैंकहरुले समेत नोट कोष प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन्। अहिले केन्द्रीय बैंकको उपस्थिति नभएका जिल्लामा सरकारी वाणिज्य बैंकहरुले नोट कोष सञ्चालन गरिरहेका छन्। उनीहरुको नोट कोष अन्य वाणिज्य बैंकले प्रयोग गर्छन्। विकास बैंकले त्यो कोष आफूले पनि प्रयोग गर्न पाउनुपर्ने माग गरेका हुन्।
संघले निक्षेप बिमा गर्दा लाग्ने शुल्क घटाउन माग गरेको छ। अहिले एक सय रुपैयाँ निक्षेप बिमा गर्दा २० पैसा प्रिमियम तिर्नुपर्छ। संघले तेस्रो पक्षको धितोमा प्रवाहित कर्जालाई आगामी मसान्तपछि अतिरिक्त २० प्रतिशत थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्थामा लचिलो हुन माग गरेको छ। संघले यसको अवधि एक वर्ष थप्न माग गरेको हो। वर्तमान व्यवस्थामा म्याद थप गरी २०७१ आषाढ मसान्तसम्म यस्तो थप कर्जा नोक्सानी व्यवस्था गर्न बाध्य नहुने व्यवस्था गर्नुपर्ने संघको माग छ।