काठमाडौं - नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। अमेरिकी डलरको मूल्य लगातार बढ्न थालेपछि रुपैयाँ कमजोर भएको हो। अमेरिकी डलर बुधबार दिनभर ९७ रुपैयाँको हाराहारीमा कारोबार भयो।
राष्ट्र बैंकले बिहीबारका लागि एक डलरको मूल्य ९६ रुपैयाँ ७७ पैसा तोकेको छ। जबकी बैंकहरुले डलरको अन्तिम कारोबार ९७ रुपैयाँ २० पैसामा गरेका थिए। बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको संगठन फेडानले बुधबार चार पल्टसम्म मूल्य परिवर्तन गरेर अन्तिम मूल्य ९७ रुपैयाँ २० पैसा कायम गरेको थियो। साधारणतया फेडानले तोकेको अन्तिम मूल्यलाई आधार मानेर राष्ट्र बैंकको अर्को दिनको मूल्य निर्धारण गर्छ। तर फेडानको मूल्यभन्दा करिब ४३ पैसा घटेर राष्ट्र बैंकले बिहीबारको मूल्य कायम गरेको छ।
राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार गर्न बैंक बाध्य हुँदैनन्। भारतीय बजार हेरेर बैंकहरुले मूल्य तल–माथि गरिरहन्छन्। बुधबारका लागि राष्ट्र बैंकले डलरको मूल्य ९५ रुपैयाँ ५१ पैसा तोके पनि बैंकहरुले सुरुदेखि नै ९६ रुपैयाँबाट कारोबार थालेका थिए। यो मूल्य चार पटकसम्म बढ्यो।
डलर बलियो भएपछि भारतीय मुद्रासहित पाउन्ड, युरो र अन्य एसियाली मुलुकका मुद्रा पनि कमजोर भए। बढी आयात हुने तेलमा भारतले डलरबाट भुक्तानी गर्नुपर्ने भएकाले उसको सञ्चिति मुद्रा पनि घट्दै गएको छ।
डलर बलियो भएपछि सुनको मूल्यसमेत प्रभावित भएको छ। डलरलाई अन्तर्राष्ट्रिय रुपमा नै सुरक्षित (सेफ करेन्सी) मुद्राका रुपमा लिइन्छ। डलर बलियो हुन थालेपछि जोखिमपूर्ण मुद्रा (रिस्क करेन्सी) मानिने पाउन्ड र युरोको मूल्य पनि कमजोर भयोे।
भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो हुन्छ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। गत आर्थिक वर्ष ३ सय ५९ अर्ब ५५ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। राष्ट्र बैंकका अनुसार, चालु वर्षको चैतसम्म ३ खर्ब २ अर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ। अहिलेको वृद्धि दर हेर्दा चालु वर्षसम्म रेमिट्यान्स ४ खर्बभन्दा वढी भित्रिने देखिन्छ।
डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्नेछ। वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्नेछ। भारतबाहेकका देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
सबैभन्दा बढी असर पेट्रोलियम पदार्थको आयातमा पर्नेछ। कुल आयातको २८ प्रतिशत ओगट्ने पेट्रोलियम पदार्थ भित्र्याउन बढी डलर खर्चिनुपर्ने भएकाले भाउ बढ्न सक्छ। निगमले गत वर्ष ९२ अर्ब २५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो। चालु वर्षको फागुनसम्म ६८ अर्ब रुपैयाँको पेट्रोलियम आयात भएको छ।