काठमाडौं - व्यक्तिगत प्रयोजनका लागि दिएको ऋण करोडभन्दा तल झार्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा बिकधत्तीय संस्था र ग्राहक दुवै अप्ठेरोमा परेका छन्।
निर्देशनअनुसार मासिक किस्ता तिर्ने योजना बनाएर करोडौं ऋण लिएकाले असार मसान्तभित्र जसरी भए पनि व्यक्तिगत ऋण एक करोडभन्दा तल झारिसक्नु पर्नेछ। तलब र अन्य स्रोतलाई देखाएर ऋण लिएका ग्राहकले एकै वर्षमा ठूलो रकम तिर्न सक्ने अवस्था छैन।
असार मसान्त नजिकिँदै गर्दा एक करोडमाथिको ब्यक्तिगत कर्जा घटाउन बैंकहरु पनि लागिपरेका छन्। व्यक्तिगत ऋण रियलस्टेट तथा प्लटिङको किस्ता तथा ब्याज तिर्न प्रयोग हुन थालेको आशंका गर्दै राष्ट्र बैंकले यसको सीमा एक करोडमा झारेको थियो।
'ग्राहकले दुई–चार वर्षका लागि लगेको ऋण एक वर्षमै तिर्न समस्या हुन्छ। अहिले धेरै गुनासो यही आइरहेको छ,' बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले मंगलबार नागरिकसँग भने, 'ग्राहकले भुक्तानी नगरेसम्म बैंकले घटाउन पनि सक्दैन।' व्यक्तिगत ग्राहकले औसतमा ५ वर्षसम्मका लागि लिने गर्छन्।
राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई एक करोडभन्दा बढीको रकम भुक्तानी गर्न वा व्यक्तिगतलाई व्यावसायिकमा परिवर्तन गर्न दबाब दिइरहेका छन्। निर्देशनपछि बैंकहरुले एक करोडभन्दा बढी रकमको व्यक्तिगत ऋण लगानी गर्न छाडेका छन् तर पुरानो ऋण उठाउन उनीहरुलाई समस्या परिरहेको छ।
बैंकहरुले गत चैतसम्म घरजग्गाका लागि एक करोडसम्मको व्यक्तिगत कर्जा ४० अर्ब ७७ करोड रुपैयाँ दिएका छन्। आवासीय, व्यावसायिक तथा प्लटिङका लागि बैंकहरुले एक सय ६२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। ४० अर्ब बाहेकको कूल रियलस्टेट ऋणको ब्याज तथा किस्ता तिर्न बैंकहरुले ग्राहकलाई अन्य सम्पत्ति धितो राखेर व्यक्तिगत ऋण लगानी गरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा समेत देखिएको थियो।
'ग्राहकसँग एकैचोटी ऋण भुक्तानी गर्ने क्षमता हुँदैन। यस्तो बेला बैंकहरुको वित्तीय अवस्थामा पनि असर पर्छ,' पौडेलले भने, 'व्यवहारिक कठिनाइ बुझेर एक पटकलाई हेरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेका छौं।' बैंकहरुको छाता संगठन बैंकर्स संघले व्यक्तिगत कर्जाको अवधि एक वर्ष थप गरिदिन माग गरेको छ। आगामी मौद्रिक नीतिमा सुझाव दिँदै संघले यसको अवधि र सीमा बढाउन आग्रह गरेको हो।
ग्राहकले तोकिएको अवधिमा ऋण नतिरे बैंक तथा बित्तीय संस्थाहरुले नोक्सानी व्यवस्था छुट्याउनुपर्ने हुन्छ। नोक्सानी व्यवस्था गर्दा बैंकहरुको नाफा प्रभावित हुन्छ। ग्राहकले तीन महिना किस्ता नतिरे दिएको ऋणको २५ प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्छ। ६ महिना नतिरे ५० प्रतिशत र एक वर्ष नतिरे पूरै ऋणको नोक्सानी व्यवस्था गर्नुपर्छ।
'बैंकहरुले उठाउने सक्ने जति उठाएका पनि छन् र व्यक्तिगतलाई अन्य कर्जामा परिवर्तन गर्नसमेत सूचना दिइरहेका छन्,' एनआइसी बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भने, 'केही ग्राहकले हामी ऋण तिर्छौं तर समय थप गरिदिनुपर्छ भनेका छन्।'
उनले ग्राहकको मागलाई राष्ट्र बैंकसम्म पुर्याइसकेको भन्दै यसमा उनीहरु सकारात्मक रहेको जानकारी दिए। जोशीले व्यक्तिगत ऋणको सीमा ३ देखि ५ करोड बीचमा वा समय थप गरिदिन राष्ट्र बैंकलाई आग्रह गरिएको बताए।
राष्ट्र बैंकका अधिकारीहरु भने नेपालीको आयस्रोत र स्तरअनुसार व्यक्तिगत रुपमा एक करोड रुपैयाँ ऋण ठूलो रकम भएको बताउँछन्। ती अधिकारीका अनुसार, व्यक्तिगत नाममा बैंकबाट जति पनि पैसा लिएर घरजग्गा ऋण र ब्याज तिर्न प्रयोग भएकाले त्यसलाई नियन्त्रण गर्न सीमा लगाइको हो।
'कुनै व्यवसाय वा अन्य क्षेत्रमा लगानी गर्न चाहेमा कम्पनी तथा फर्मको नामबाट एक करोड रुपैयाँभन्दा बढी ऋण झिक्न पाइन्छ,' ती अधिकारीले भने, 'व्यक्तिगत रुपमा घर जग्गा किन्नेलाई एक करोड रुपैयाँ पर्याप्त हुन्छ।'
बैंकरका अनुसार, कतिपयले सजिलोका लागि पनि व्यक्तिगत शीर्षकमा ऋण लगेका छन्। व्यावसायिक ऋण लग्दा कम्पनीको वासलात तथा अन्य सम्पूर्ण विवरण प्रस्तुत गर्नुपर्छ। व्यक्तिगत ऋणका लागि धेरै झन्झटिलो प्रक्रिया छैन।