काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका 'क्याबिन क्रु' (एयर होस्टेस, स्टेवार्डलगायत) को उडान भत्ता साढे दुई दशकपछि प्रतिघन्टा २१ रुपैयाँ वृद्धि भएर बल्ल ९० हुने भएको छ।
निगम व्यवस्थापनले क्याबिन त्रु्कहरूको उडान भत्ता वृद्धि गर्न हालै यो प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई निगम सञ्चालक समितिले गत जेठ २२ मा अनुमोदन गरेको थियो। त्यसपछि थप स्वीकृतिका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पठाइएको छ। पर्यटनबाट यो प्रस्ताव अन्तिम अनुमोदनका लागि अहिले अर्थ मन्त्रालय पुगेको छ।
उडान भत्ता वृद्धिको प्रस्तावबाट क्याबिन त्रु्कहरूले आपत्ति जनाएका छन्। आन्तरिकतर्फ क्याप्टेनको उडान भत्ता प्रतिघन्टा हालको १ हजार ९ सयमा १ हजार ५ सय थप गरी ३ हजार ४ सय बनाउन प्रस्ताव गरिए पनि एयर होस्टेसको भने २१ रुपैयाँमात्र वृद्धि प्रस्ताव गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
आन्तरिक एयर होस्टेसले हाल प्रतिघन्टा उडान भत्ता ६९ रुपैयाँ पाइरहेका छन्। यसमा २१ रुपैयाँ वृद्धि गरी ९० रुपैयाँ बनाउन प्रस्ताव गरिएको हो।
नयाँ बढाइएको भत्ता अन्य उडान कर्मचारीको दाँजोमा कम नगर्न क्याबिन क्रुहरूले माग गरेका छन्।
क्याबिन क्रुहरूले आन्तरिकमा मात्र नभई अन्तर्राष्ट्रिय उडानतर्फ पनि साह्रै 'टिठलाग्दो' पाराले उडान भत्ता वृद्धिको प्रस्ताव गरिएको जानकारी दिए। 'अन्तर्राष्ट्रिय उडानमा जाँदा प्रतिघन्टा ९४ रुपैयाँ भत्ता पाइरहेका छौं,' एक स्टेवार्डले सोमबार नागरिकसँग भने, 'अब यसमा २६ रुपैयाँ थपेर १ सय २० रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ। हामी सधैं मर्कामै छौं।'
उनका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने क्याप्टेनले हाल प्रतिघन्टा २ हजार ४ सय ६० रुपैयाँ भत्ता पाइरहेका छन्। यसमा १ हजार ५ सय ४० थपेर प्रतिघन्टा ४ हजार रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ। को–पाइलटलाई पनि २ हजार ६० बाट ३ हजार ४ सय बनाउन प्रस्ताव गरिएको छ।
आन्तरिक उडान गर्ने को–पाइलटको ९ सयमा १ सय थपेर १ हजार रुपैयाँ पुर्याउन प्रस्ताव गरिएको छ। त्यसै गरी आन्तरिक उडानमा पर्सरको भत्ता ८१ बाट १ सय, इन्फ्लाइट सुपरभाइजरको १ सयबाट १ सय २० रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ। अन्तर्राष्ट्रिय उडानमा पर्सरको १ सय १३ मा ३७ थपेर १ सय ५० रुपैयाँ र इन्फ्लाइट सुपरभाइजरको १ सय ७५ बाट २५ थपेर २ सय रुपैयाँ बनाउन प्रस्ताव गरिएको छ।
उता अन्तर्राष्ट्रिय स्टेसन हङकङका लागि प्रतिदिन खाजा खर्च भने एयर होस्टेसको ४५ अमेरिकी डलर नै यथावत राखिएको छ। तर, क्याप्टेनका लागि भने सतप्रतिशत थपेर ९० डलर बनाउन प्रस्ताव गरिएको छ। को–पाइलटको २५ थपेर ८० डलर पुर्याउन प्रस्ताव गरिएको छ।
त्यस्तै इन्फ्लाइट सुपरभाइजरको ४८ मा ७ थपेर ५५ डलर तथा पर्सरको पनि ४८ मा २ थपेर ५० डलर बनाउन प्रस्ताव गरिएको छ। अन्य स्टेनसनतर्फ क्याप्टेनलाई हालको ४५ डलरमा सतप्रतिशत वृद्धि गरी ९०, को–पाइलटलाई ४५ बाट ३५ थपेर ८० डलर बनाउन प्रस्ताव गरिएको छ।
एयर होस्टेसलाई ३८ मा ७ थपेर ४५, पर्सरको ४० मा १० थपेर ५० तथा इन्फ्लाइट सुपरभाइजरको ४० मा १५ थपेर ५५ डलर बनाउन प्रस्ताव गरिएको छ।
निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले प्रतिउडान घन्टा थोरै बढेको देखिए पनि क्याबिन क्रुहरूले समग्रमा मासिक औसत न्यूनतम १५ हजारदेखि ३० हजार रुपैयाँसम्म भत्ता पाउने बताए। 'नेपालको सन्दर्भमा यसलाई कम भन्न मिल्दैन,' उनले भने।
'नेपालको सन्दर्भमा कम नहोला तर हामीलाई महिनाको आधाजसो समय विदेशमा बस्नु पर्छ। डाइरेक्टरहरू आÃै विदेश जाँदा सयौं डलर भत्ता लिनुहुन्छ। नपुगेरै त होला नि।' एक परिचारिकाको तर्क थियो।
निगमकै अर्का एक उच्च अधिकारीले पाइलटको धेरै बढ्ने अनि क्याबिन क्रुको कम भन्ने तर्कको कुनै अर्थ नहुने बताए। 'क्याबिन क्रुको काम जहाज उडाउने होइन, यात्रुको सेवा गर्ने हो, त्यहीअनुसार भत्ता वृद्धिको प्रस्ताव गरिएको हो,' उनले भने, 'प्रशासनमा काम गर्ने कर्मचारीको दुई पैसा पनि भत्ता नबढेका बेला महिनामै ३० हजारसम्म भत्ता बढ्दा पनि कम भयो भन्न अलि सुहाउँदैन।' महिनामा ५० देखि ६० घन्टा उडान गर्ने क्याबिन क्रुले ८० हजार रुपैयाँसम्म हात पार्ने ती अधिकारीले दाबी गरे।
'२३ वर्षअघि दुबई जाँदा पनि खाना भत्ता ३८ डलर थियो र अहिले पनि त्यत्ति नै छ,' एक एयर होस्टेसले गुनासो गरिन्, 'विदेशमा पाँचतारे होटलमा राखिन्छ तर, खाना खान भने बाहिर जानुपर्छ। कसैलाई भने होटलमै खान पुग्ने भत्ता हुन्छ। खानामा त समानता हुनुपर्यो नि। हामीले पाइलटसरह उडान भत्ता/सुविधा मागेका होइनौं। शुरूमा सँगै उड्ने सहकर्मीबीच लगभग समान व्यवहार गर्ने संस्थाले अहिले चालीस गुणाको भेदभाव राख्नु अन्याय हो।'