काठमाडौं - वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपातको सीमा वृद्धि गर्न राष्ट्र बैंकसँग माग गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी मौद्रिक नीतिका लागि प्रस्तुत गरेको सुझावमा कर्जा–निक्षेप अनुपात ८५ प्रतिशत पुर्याउन माग गरेको हो।अहिले बैंकहरुले १ सय रुपैयाँ निक्षेप उठाएपछि ८० रुपैयाँ मात्र लगानी गर्न पाउँछन्। बैंकहरुले सय रुपैयाँ निक्षेप उठाए भने ८५ रुपैयाँ लगानी गर्न पाउनुपर्ने माग राखेका हुन्। सञ्चालनमा रहेका ३२ बैंकमध्ये आधाजसोको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको हाराहारीमा छ। अनुपात ८० प्रतिशतको हाराहारीमा भएका कारण कतिपय बैंकले ऋण विस्तार गर्न सकेका छैनन्।
सामान्यतया राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेट आएको दुई साताभित्र मौद्रिक नीति सार्वजनिक गर्छ। आउँदो मौद्रिक नीतिका लागि संघले शुक्रबार राष्ट्र बैंकलाई २४ बुँदे सुझाव पठाएको छ।
संघले रिपो र रिभर्स रिपोलाई नियमित गर्नसमेत सुझाव दिएको छ। सरकारी ऋणपत्रको धितो (रिपो)को ब्याजदर निश्चित (फिक्सड) गर्दै बैंकहरुले मागेको बेला पाउने गरी हरेक दिन खुला गरिनुपर्ने बैंकहरुको सुझाव छ। 'नियमित पाइने रिपो र रिभर्स रिपो तथा यसको निश्चित ब्याजका कारण तरलता व्यवस्थापन गर्न एकदमै सजिलो हुन्छ,' संघले राष्ट्र बैंकलाई बुझाएको सुझावमा छ। अहिले रिपोको ब्याजदर बोलकबोल अनुसार निर्धारण हुन्छ।
बैंकरले तरलता अनुपातको सीमासमेत घटाउन सुझाव दिएका छन्। अहिले २१ प्रतिशत कायम गर्नुपर्ने तरलता अनुपातलाई वैधानिक तरलता अनुपात (एसएलआर) सरह १५ प्रतिशत निर्धारण गरिनुपर्ने बैंकरको सुझाव छ।
बैंकरले उत्पादनमूलक क्षेत्र तथा कृषि र जलविद्युतमा लगानी गर्न तोकिएको समय बढाउनसमेत माग गरेका छन्। बाणिज्य बैंकहरुले २०७० असार मसान्तसम्ममा उत्पादनमुलक क्षेत्रमा अनिवार्य २० प्रतिशत लगानी पुर्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। साथै कृषि तथा जलविद्युतमा १० प्रतिशत लगानी २०७१ असार मसान्तसम्म पुर्याउनुपर्ने व्यवस्था गरेको छ। बैंकरले यसको सीमा एक वर्ष बढाउन माग गरेका हुन्। नीतिगत तथा व्यवहारिक कठिनाइका कारण समयमा लगानी विस्तार गर्न समस्या भएको भन्दै बैंकहरुले थप समय मागेका हुन्।
बैंकहरुले तेस्रो पक्षको धितो लिएर दिएको ऋण व्यवस्थापन गर्न सुविधा दिन माग गरेका छन्। राष्ट्र बैंकले नियमित ब्याज र किस्ता भुक्तानी गरे पनि अर्काको सम्पत्ति धितो राखेर ऋण दिइएको छ भने त्यसमा अतिरिक्त २० प्रतिशत नोक्सानी व्यवस्था गर्न निर्देशन दिएको थियो। यो व्यवस्थाले बैंकहरुको नाफा घट्ने र ग्राहक पनि मर्कामा पर्न थालेपछि संघले यसमा केही लचकता अपनाउन माग गरेको छ। संघले नयाँ ऋणमा तेस्रो पक्षको धितो लिन नपाउने व्यवस्था गर्नुपर्ने भन्दै पुराना ऋण मिलाउन सुविधा दिनुपर्ने माग गरेका हुन्।
एक करोडभन्दा बढी व्यक्तिगत कर्जा दिन नपाउने व्यवस्थालाई एक वर्ष समय थप्नसमेत माग गरेका छन्। राष्ट्र बैंकले व्यक्तिगत कर्जा १ करोडभन्दा बढी भए यसलाई असार मसान्तसम्म झार्न निर्देशन दिएको थियो। संघले यसको अवधि २०७१ असारसम्म थपिदिन माग गरेको छ।
संघले चेक राफसाफ (क्लियरेन्स) गरेको शुल्क ग्राहकसँग उठाउन पाउनुपर्नेसमेत माग गरेको छ। अहिले नेपाल क्लियरिङ हाउसले गर्ने विद्युतीय चेक राफसाफमा ग्राहकले शुल्क तिर्नु पर्दैन। यसको भार बैंकहरुले बोकिरहेका छन्। सेवा लिए वापत ग्राहकले यसको शुल्क आफैंले वहन गर्नुपर्ने बैंकरको सुझाव छ। संघले निक्षेप बिमामा लाग्ने शुल्क घटाउनसमेत माग गरेको छ। अहिले एक सय रुपैयाँ निक्षेप बापत २० पैसा शुल्क तिर्नुपर्छ। बैंकहरुले यो शुल्क महँगो भएकाले घटाउन माग गरेका हुन्।
बैंकरले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको आवश्यक पहल गर्नसमेत राष्ट्र बैंकसँग माग गरेका छन्। सम्पत्ति व्यवस्थापन कम्पनीले धितो सकार गरेको गैरबैंकिङ सम्पत्ति खरिद गरेर बैंकहरुलाई पैसा उपलब्ध गराउँछ। यसैगरी, संघले सुरक्षित कारोबार ऐन कार्यान्वयनमा ल्याउनसमेत माग गरेको छ। संघले वाणिज्य बंैकहरुलाई भारतीय बजारबाट सोझै भारु किन्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ।