व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
०९ पौष २०७७
•
३ मिनेट पाठ
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती सुरु गरिएको छ। दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती सुरु गरेका हुन्।

४५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापितभएका राई यसबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। उनले भने,'मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको बिक्रीबाट १५ लाख रुपैयाँसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यावसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी यही घरपरिवारसँगै बसेर गर्न सकिन्छ।'

सङ्गम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटीखेतीमा लागेका राई करीब पाँच रोपनी क्षेत्रफलमा ३५ हजार सुतवाको बिरुवाको नर्सरी लगाएका छन्। गतवर्ष सतुवाका बिरुवा बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्नुरेका राईले यस वर्ष ३५ हजार सतुवाको बिरुवा हुर्काएका छन्। उनको नर्सरीमा उत्पादन भएका सुतवा प्रतिकेजी दश हजार रुपैयाँको तथा सतुवाका प्रतिबिरुवा २० देखि १०० रुपैयाँ सम्मका दरले बिक्री हुने गरेको उनको भनाइ छ।

वर्षमा दुई लाखसम्म सतुवाको बिरुवा बाहिर पठाउँदै आएको उनको भनाइ छ। राईले भने,'अहिले बजारमा सतुवाको माग उच्च छ, मैले वर्षमा दुई लाख बढी बिरुवा अन्य ठाउँमा पठाउँदै आएको छु, विगतमा प्रतिकेजी २२ हजार रुपैयाँसम्ममा बिक्री हुने सतुवाको मूल्य केही वर्षयता घटेको छ, यसपाली प्रतिकेजी दश हजार रुपैयाँसम्म बिक्री भइरहेको छ।' सतुवाको बीउ प्रतिकेजी एक लाख रुपैयाँमा बिक्री हुन्छ, उनले भने।

'सतुवा खेतीसँगै अन्य जडिबुटी खेतीलाई पनि व्यावसायिक रूप दिएको छु', उनले भने, 'मागअनुसारका सतुवाका बिरुवा पुर्‍याउन सकेको छैन।' आफ्ना क्षेत्रका स्थानीयवासीलाई पनि जडीबुटीखेतीमा लाग्न उनले प्रोत्साहनसमेत गरिरहेका छन्। उनको सफलतापछि तिम्माका अधिकांश स्थानीयवासी सतुवा खेतीतर्फ आकर्षित भएका छन्। स्थानीयवासीले उत्पादन गरेका जडीबुटीलाई सङ्कलन गरेर बजारसम्म पुर्‍याउनका लागि आफूले सहयोगसमेत गर्दै आएको राईको भनाइ छ।

तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा चिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत खेती गरिरहेका छन्। स्थानीयवासीले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गरेका छन्। उत्पादित बस्तु आफ्नै घरबाट बिक्री गर्न पाउँदा स्थानीयवासी पनि खुशी भएका छन्। स्थानीयवासी खेमराज राउतले भने,'हाम्रो क्षेत्रका अधिकांशले सामान्य रुपमा भएपनि विभिन्न खालका जडीबुटी लगाएका छन्, सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भए पनि सङ्गम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई आफै खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ।'उनले यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको बताए।

व्यापार व्यवसायमा प्रतिपस्पर्धा हुँदा एकले अर्कालाई असहयोग गरेका धेरै उदाहरण छन्। तर स्थानीयवासीको साथ, सहयोग र विश्वासका साथ व्यवसाय गरिरहेका राई समाजमा उदाहरणीय पात्र बनेको वडाध्यक्ष नरबहादुर राईले बताए। उनले भने, 'सङ्गम जडीबुटी उद्योग नै खोलेर राईले उदाहरणीय काम गर्नुभएको छन। उहाँको कामलाई देखेर धेरैले जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन्। वडा कार्यालयले पनि जडीबुटी खेती विस्तार तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना ल्याउने पक्षमा छन्।'

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै राईले तिम्मा सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए। रासस
अर्को समाचार
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी
२५ चैत्र २०८०
•
१ मिनेट पाठ
दूध र गोबर बेचेर मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी
धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ। सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो। गौशालामा सात जनाले  रोजगारी पनि पाएका छन्।  

विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन्। गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको  गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो।

धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ। सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताइन्।

निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक ५० हजार र गौदानबाट २५ हजार आम्दानी भइरहेको छ। सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताइन् ।

सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए। चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ। गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट ४० लाख, धनगढी उपमहानगरपालिकाबाट १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ।-रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस