काठमाडौं, चैत १(नागरिक)-भारतले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका लागि ६ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। ४ सय २५ वटा साना तथा ठूला परियोजना विकासका लागि उसले लगानी गर्ने भएको हो।
नेपालमा बढ्दो विकासको महत्वलाई आत्मसात गर्दै यसका लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न तयार रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। आर्थिक सहयोग कार्यक्रमअन्तर्गतसञ्चालन हुने परियोजना नेपालका लगभग सबै जिल्लालाई समेट्ने गरी तयार पारिएको छ। विकास परियोजना स्थानीय आवश्यकताअनुरुप नेपाल सरकारको साझेदारीमा सञ्चालन हुन थालिसकेका छन्।
भारतीय सहयोगमा तनहुँमा निर्माण गर्न लागिएको शिव सरस्वती उच्चमाविको दुई तले भवन शिलान्यास कार्यक्रममा यस्तो जानकारी दिइएको हो। दूतावासका आर्थिक सहयोग विभाग काउन्सिलर पीयूष श्रीवास्तवले शिलान्यास गरेका हुन्।
सन् १९७६ मा स्थापित शिव सरस्वती तनहुँको रिसिङ रानीपोखरी गाविस-२ मा पर्छ। विद्यालयको हाल विद्यमान पूर्वाधार जीर्ण तथा सबै विद्यार्थीलाई राम्ररी अटाउन नसक्नेखालको छ। भारतले २ करोड २२ लाख रुपैयाँमा भवन निर्माण गर्न लागेको हो। भवन बनेपछि विद्यालयमा अध्ययनरत ८ सय विद्यार्थी अटाउनेछन्। तनहुँमा मात्रै भारतको १० करोड ५८ लाख सहयोगमा ४ वटा परियोजना सञ्चालित छन्। १ करोड ४४ लाखको लागतमा त्रिभुवन क्याम्पसको भवन निर्माण सम्पन्न भइसकेको छ। भारतले तनहुँ जिल्लाका लागि ४ वटा एम्बुलेन्ससमेत प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै राजनीतक तथा आर्थिक सहयोग विभागका काउन्सिलर श्रीवास्तवले भारत-नेपाल आर्थिक सहयोग कार्यक्रम दुई देशबीचको बिकास साझेदारीमा कोशेढुंगाजस्तै महत्वपूर्ण रहने बताए।