घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
२१ कार्तिक २०७७
•
३ मिनेट पाठ
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
तिहार (दीपावली) पर्वको पक्ष शुरु भएपछि महोत्तरीका सर्वसाधारण गृहिणीको थैलीमा अतिरिक्त आम्दानी हुन थालेको छ। आफ्नै घर आँगन वरपरको डिलमा शोभाका लागि लगाइएको फूलबाटै केही आम्दानी हुन थालेपछि यहाँका सर्वसाधारण गृहिणीको थैलीमा नसोचेको अतिरिक्त आम्दानी पर्न थालेको हो।  तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले घर आँगनकै फूललाई राम्रो मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ।




‘यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइनँ’, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै बर्दिबास नगरपालिका–२ की गृहिणी वृन्दा अधिकारीले भनिन्, ‘फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो।’ वृन्दाको आँगन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीनहजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ।

यसरी घर वरपर सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यावसायिकरूपमै फूल खेती गर्ने  टुङ्गोमा पुगेका छन्। यसपालि तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको धुइरो लागेपछि अब चाहिँ फूल खेती व्यावसायिकरूपमै गर्न गृहिणीहरुको रहर जागेको हो। तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका व्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन्।

‘तिहारमा फुल्ने गरी जति खेती गरे पनि हुने रे’ बर्दिबास–५ की गृहिणी फूलमाया ब्लोनले भिनिन्, ‘यो आँगनको डिलमा ४०÷५० बोट सयपत्रीका होलान्, मलाई त एक व्यापारीले चारहजार दिन्छु भनेर बैना दिएर गाएका छन्।’ आर्जनका लागि नभई शोभाका लागि लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाहिँ तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमायाको भनाइ छ।

घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी दुई÷चार हजार आम्दानी बनाइदिएको घरायसी काममै व्यस्त रहने गृहिणीले बताएका छन्। यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको तीनहजार दिन्छु भनेको जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमाया श्रेष्ठ बताउँछिन्। करेसाबारी र घरआँगन वरिपरिकै फूलका बोटबाट दीपमायाले तीनहजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यावसायिकरूपमै फूल खेती गर्ने निर्णय गरेका छन्।

अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ। पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिने गरी फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारु बताउँछिन्।

जिल्लामा फूलको व्यावसायिक खेती निकै विस्तार नभए पनि अब यसको सम्भावना बढेको कृषि विज्ञ बताउँछन्। तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्षित गरी  यसको व्यावसायिक खेती शुुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने भर्खरै जिल्लामा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताउँछन्। किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे यस्ता सहयोग बढाइने केन्द्रले जनाएको छ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा केही वर्षयता व्यावसायिकरूपमै फूल खेती गर्दै आएका छन्। आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बनौटा र पडौलका किसानको भनाइ छ। यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको  रोजाइमा  पर्ने गरेको किसान बताउँछन्। यहाँ  उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको बनौटाका किसान फूलदेव महतो बताउँछन्।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा  सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ। फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ।
रासस
अर्को समाचार
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
१८ कार्तिक २०७७
•
४ मिनेट पाठ
घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी
महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आङ्गनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन्।  




तिहारअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ। “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइन”, आफ्नै घरआङ्गनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली पूmल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका–२ की गृहिणी बृन्दा अधिकारीले भनिन्, “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो।” बृन्दाको आङ्गन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ।  

यसरी घर वरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यवसायिक रुपमै फूल खेती गर्ने  टुङ्गोमा पुगेका छन्। यो वर्ष तिहार शुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अब चैं फूल खेती ब्यवसायिक रुपमै गर्ने गृहिणीको रहर जागेको हो। तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका ब्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन्।  

“तिहारमा फुल्नेगरि जति खेती गरेपनि हुने रे’छ”, बर्दिबास–५ की गृहिणी फूलमायाँ व्लोनले भनिन्,“यो आङगनको डिलमा ४०/५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले रु चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आयआर्जनका लागि नभइ शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चैं तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमाँयाको भनाइ छ।    

घर करेसा वरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी रु दुई÷चार हजार आम्दानी बनाइ दिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाले बताएका छन्। तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको रु तीन हजार दिन्छु भनेका जिल्लाकै भङ्गाहा–४ की गृहिणी दीपमायाँ श्रेष्ठले बताइन्। करेसाकै फूलका बोटबाट दीपमायाँले रु तीन हजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यवसायिक रुपमै फूल खेती गर्ने निर्णय गरेका छन्।

अहिले फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ। तिहारले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुले बताइन्।  

जिल्लामा फूलको व्यवसायिक खेती निकै विस्तार नभएपनि अब यस्को सम्भावना बढेको कृषि बिज्ञ बताउँछन्। तिहार र छठजस्ता पर्व र सालैभरी आयोजना हुने धार्मिक अनुष्ठान एंव पूजाअर्चनालाई लक्षित गरी  यसको व्यवसायिक खेती शुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताए। किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ।  

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भएपनि विगत केही वर्षयता व्यवसायिक रुपमै फूल खेती गर्दै आएका छन्। बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन्। यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ। यहाँ उत्पादित फूल राजधानी काठमाडौँसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र कृषि बिज्ञले बताएका छन्।

तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फूलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ। जिल्लाकै फूल व्यापारीहरु भन्छन्, “विवाहका लगन बाक्लिएसँगै फूलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै फूल पुर्‍याउन धौ–धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ।” विशेषगरी तिहारलगायतका पर्वमा फूल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती/टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भङ्गाहा–६ हतिसर्वाकी राजवती थारुको भनाइ छ।  

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा  सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ। फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस