जलविद्युत् आयोजनाकाे ‘हव’ बन्दै ताराखोला
२० कार्तिक २०७७
•
३ मिनेट पाठ
जलविद्युत् आयोजनाकाे ‘हव’ बन्दै ताराखोला
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ।

अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित चार ठूला आयोजना सञ्चालनको तयारी थालिएको छ। मध्यताराखोला जलविद्युत् आयोजना निर्माण शुरु भइसकेको छ भने अन्य तीन जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेका छन्। पछिल्लो समय ताराखोला जलविद्युत्को ‘हव’ बन्दै गइरहेको छ।

साना लघु जलविद्युत्को भरमा रहेको ताराखोलाको अधिकांश भागमा केन्द्रिय विद्युत् नपुगेको समयमा ताराखोलामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। केन्द्रिय प्रसारण लाइनमा जोड्ने गरी मध्यताराखोला जलविद्युत् आयोजना २.२ मेगावाटको निर्माण कार्य चलिरहेको आयोजनाका प्रबन्ध निर्देशक अनिल खड्काले बताए।

ताराखोला गाउँपालिका–५ करिमेलामा ताराखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन थालेपछि सोही ठाउँदेखि तल मध्यतारा जलविद्युत् आयोजनाको निर्माण शुरु भएको हो। गत वर्षको माघदेखि शुरु भएको आयोजनाको निर्माण कोरोनाका कारण बीचमा रोकिएको थियो। अहिले दशैँ तिहारको बीचमा समेत आयोजनमा २५ जना कामदारले निरन्तर काम गर्दै आएको खड्काको भनाइ छ। आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै खड्काले यही वर्षभित्र उत्पादन दिने गरी आयोजना निर्माण गर्ने लक्ष्य लिएको बताए। विसं २०६९ मा लाइसेन्स प्राप्त गरेको आयोजानाले हाल आएर धमामध काम थालेको हो।

उक्त आयोजनाले ताराखोला, छेल्लर र नागबेली खोलालाई एउटै बाँधमा मिसाएर उक्त पानीलाई १२६ मिटर तल खसालेर विद्युत् उत्पादन गरिनेछ। उक्त आयोजनाको कुल लागत २६ करोड रुपैयाँ रहेको छ। आयोजनामा प्रभु बैंकसहित अन्य १० जनाले लगानी गरिरहेका छन्।

'मध्यताराखोला जलविद्युत् आयोजनाले गति लिएको छ भने ताराखोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ”, खड्काले भने– ‘हामी एउटै बाँधमा दुई आयोजना जोडेर निर्माण गर्ने गरी अगाडि बढ्दै आएका छौँ।’

स्थानीय पायोजनका लागि निर्माण गरिएको ताराखोला जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् खपत नभएपछि केन्द्रिय प्रसारण लाइनमा समेत जोड्न थालिएको छ। अहिले मध्यतारा जलविद्युत् आयोजनाको पाइपलाइन निर्माण भइरहेको स्थानीय लगानीकर्ता धनबहादुर विकले जानकारी दिए।

एउटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी निस्केको पानीलाई सोझै अर्को विद्युत्गृहमा हाल्ने (क्यासकेट प्रोजेक्ट) प्रविधिअन्तर्गत चारै आयोजना निर्माण गरिनेछ। आयोजना जोडेर निर्माण गर्दा आयोजनाको शुरुको आयोजनामा मात्रै बाँध निर्माण गर्नुपर्ने भएकाले लागत घटेर जानेछ। आयोजनामा उत्पादन भएको विद्युत् केन्द्रिय प्रसारण लाइनअन्र्तगत हरिचौर सवस्टेशनमा जोडिनेछ।

मध्यतारा जलविद्युत् आयोजनामा विद्युत् उत्पादन  भएर आएको पानीमा तल्लो ताराखोला जलविद्युत् आयोजना ३.५ मेगावाट निर्माण गर्नका लागि प्रक्रिया शुरु भएको छ। यस्तै यही आयोजनाका लगानीकर्ताले मध्यदरमखोला ‘ए’  जलविद्युत आयोजना र मध्यदरमखोला जलविद्युत आयोजना ‘बी’ समेत निर्माण गर्नेछ।

मध्यदरमखोला समेत एउटै बाँधबाट दुई आयोजना निर्माण हुनेछन्। मध्यदरम ‘ए’ तीन मेगावाट र मध्यदरम ‘बी’ ४.५ मेगावाट क्षमताको हुनेछ। ताराखोलामा जलविद्युत् आयोजना निर्माणले गति लिएपछि स्थानीयवासीहरुको समेत लगानी हुने भएकाले आर्थिक समृद्धि हुने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए।
रासस
अर्को समाचार
जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि
०७ वैशाख २०८१
•
४ मिनेट पाठ
जलविद्युत् उत्पादनमा सरकारभन्दा निजीक्षेत्र अघि
जलविद्युत् आयोजना निर्माण र उत्पादनका दृष्टिले सरकारभन्दा निजीक्षेत्र अघि देखिएको छ। नेपाल विद्युत् प्राधिकरणको फागुन मसान्त २०८० सम्मको विद्युत् उत्पादन विवरणअनुसार, सरकारभन्दा निजीक्षेत्र विद्युत् उत्पादनमा अग्रपंक्तिमा देखिएको हो।

हालसम्ममा निजी र सरकारी निकायबाट कुल दुई हजार आठ सय ९७ मेगावाट विद्युत् उत्पादन भएको छ। जसमध्ये प्राधिकरण र त्यसका सहायक कम्पनीले एक हजार एक सय ५३ मेगावाट बिजुली उत्पादन गर्दा निजीक्षेत्रले भने एक हजार सात सय ४४ मेगावाट बिजुली उत्पादन गरेको छ। विद्युत् उत्पादनका दृष्टिले मात्र होइन, समय र लगानीका दृष्टिकोणले पनि निजीक्षेत्रभन्दा सरकार निकै पछि छ।

पहिलो पटक १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजना विकास गरेर अघि बढेको सरकारले अहिलेसम्म कुल उत्पादनको झन्डै ४० प्रतिशत विद्युत् मात्र उत्पादन गरेको देखिन्छ। तुलनात्मक रूपमा हेर्दा २०४९ सालदेखि जलविद्युत् विकासका लागि सामेल भएको निजीक्षेत्रले २०८० फागुनसम्ममा कुल उत्पादित विद्युत्को ६० प्रतिशत हिस्सा ओगटेको देखिन्छ।

२०८० फागुनपछि केही आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन भएर कुल जडित क्षमता झन्डै तीन हजार एक सय मेगावाट पुगेको निजीक्षेत्रको दाबी छ।

२०८० फागुनसम्ममा विद्युत् प्राधिकरणले ६ सय ६१ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट चार सय ९२ मेगावाट र निजीक्षेत्रका जलविद्युत् कम्पनीहरूबाट एक हजार सात सय ४४ मेगावाट विद्युत् उत्पादन गरिसकेका छन्। करिब तीन हजार दुई सय मेगावाटका आयोजना निर्माणकै चरणमा र १० हजार मेगावाटका आयोजनाहरू विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्न पर्खिएर बसेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले जनाएको छ।

विद्युत् विकास विभागका अनुसार हालसम्म साढे आठ हजार मेगावाट क्षमताका आयोजनाहरूले निर्माणको अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छन्। ११ हजार मेगावाट क्षमताका विभिन्न आयोजनाहरूले निर्माण अनुमतिपत्रका लागि निवेदन दिएको विभागले जनाएको छ। त्यस्तै, दुई हजार आठ सय मेगावाट क्षमताका आयोजना सर्भेक्षण गर्न लाइसेन्स लिन निवेदन दिएका छन्। विभागमा अनुमतिका लागि निवेदन दिने र निर्माणका लागि लाइसेन्स लिने अधिकांश आयोजनाहरू निजीक्षेत्रका रहेका छन्। हालसम्म ऊर्जाक्षेत्रमा निजी र सरकारी गरी कुल आठ खर्बभन्दा बढी लगानी भइसकेको छ।

निजीक्षेत्रको मागः ऊर्जा विकासमा एकद्वार प्रणाली  

जलविद्युत् आयोजना निर्माणको अनुमतिपत्र (लाइसेन्स) लिएदेखि जग्गा, वन, पिपिए, बैंकिङ, स्थानीयको अवरोधलगायतका विवाद सिर्जना हुने गरेका छन्। त्यतिमात्र होइन, विभिन्न १४ वटा निकायसँग समन्वय गर्नुपर्ने र प्रक्रियागत झन्झटका बाबजुद निजीक्षेत्रले जलविद्युत् आयोजना निर्माण र विकास गरिरहेको इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले बताए। जलविद्युत् निर्माणका क्रममा निजीक्षेत्रका प्रवद्र्धकहरूले भोग्नुपरेका समस्यालाई सरकारले नीतिगत रूपमा सम्बोधन गर्नुपर्र्ने उनको भनाइ छ।

समन्वय अभाव र प्रक्रियागत जटिलताका कारण जलविद्युत् आयोजना बनाउने वातावरण नभएको भन्दै उनले ऊर्जा विकासमा एकद्वार प्रणाली आवश्यक रहेको उनको भनाइ छ। ‘निजीक्षेत्र जलविद्युत् आयोजना निर्माणको लाइसेन्स लिएदेखि विभिन्न समस्यासँग जुधिरहेको छ। विभिन्न १४ वटा निकायसँग समन्वय र प्रक्रिया मिलाएपछि मात्र एउटा आयोजना अघि बढ्छ,’ उनले भने, ‘यस्तो समस्या र प्रक्रियागत झन्झटलाई सरकारले नीतिगत रूपमा नै सम्बोधन गर्नुपर्छ। त्यसका लागि ऊर्जा विकासमा एकद्वार प्रणाली लागु गरिदिनुपर्छ।’

ऊर्जाक्षेत्रले फड्को मार्न बैंक तथा वित्तीय संस्थाले जलविद्युत्मा १५ प्रतिशत लगानी अनिवार्य गर्नुपर्ने र त्यसका लागि सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ।

अहिले जलविद्युत् क्षेत्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने गरी योजना बनाइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नविनराज सिंहले बताए।

‘अहिले जलविद्युत् क्षेत्रमा देखिएका समस्या नीतिगत ढंगबाट सम्बोधन गर्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ’, उनले थपे, ‘निजीक्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन नयाँ ऐन निर्माणको काम अगाडि बढाइएको छ। यो ऐन पारित भएपछि निजीक्षेत्रले पनि जलविद्युत् आयोजना निर्माण मात्रै होइन, विद्युत् व्यापार गर्न पनि सक्ने छ।’

सरकारले सन् २०३५ सम्ममा विद्युत्को जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइनसँगै अन्य पूर्वाधार विकासका योजना बनाएर अघि बढ्ने मन्त्रालयले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस