दसैंको मुखमा भारत जानेको लर्को
२६ असोज २०७७
•
३ मिनेट पाठ
दसैंको मुखमा भारत जानेको लर्को
सुदूरपश्चिमको गौरीफन्टा नाकामा भारततर्फ जान लागेका नेपाली। तबिर : दिलबहादुर/नागरिक
दसैं आउन दुई साता मात्र बाँकी रहँदा पनि सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको लर्को रोकिएको छैन। यतिखेर बिदेसिएकाहरू घरपरिवारसँग दसैं मनाउन फर्किने बेला हो। भोकमरीको अवस्था सिर्जना भएपछि हिजोआज दैनिक सयौं नागरिक मजदुरीका लागि भारत जान बाध्य भएका हुन्।




‘रोजगारी नहुँदा परिवार पाल्नै समस्या भयो। त्यसैले दसैंको मुखमा मजदुरी गर्न मुम्बई जान लागेको हुँ,’ कैलाली गोदावरी नगरपालिका–१० का गोपाल विश्वकर्माले भने, ‘दसैंको मुखमा घरपरिवार छाडेर जान कसैलाई मन होला र ? बालबच्चा भोकभोकै मर्ने भएपछि बिदेसिनुपर्ने बाध्यता बन्यो।’ उनी दुई महिनाअघि मात्रै मुम्बईबाट स्वदेश फर्किएका थिए। आफ्नै ठाउँमा आयस्रोत हुने केही काम वा रोजगारी पाए नेपालमै बस्ने योजना उनले नबनाएका पनि होइनन्। तर सोचेजस्तो केही नभएपछि भारततिरै फर्कनुको विकल्प उनले भेटेनन्।

गोपाललाई जस्तै परिवार खर्च धान्न मुस्किल भएपछि दसैंको मुखमा सुदूरपश्चिमका सयौं नागरिक भारततिर गइरहेका छन्। विगतका वर्षहरूमा भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका नेपाली दसैंका लागि घर फर्कनेको भीड यतिखेर सुदूरपश्चिममका मुख्य दुई नाका धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा देख्न सकिन्थ्यो। दसैं घरपरिवारसँगै मनाउन पाइने भएकाले फर्कर्नेको मुहारमा बेग्लै उत्साह र उमंग देखिन्थ्यो। उनीहरू स्वदेश प्रवेश गर्दा नाकामा मात्रै होइन, बसपार्कदेखि गाउँघरसम्मै एक किसिमको रौनक छाउँथ्यो। तर यसपालि ठीक विपरीत स्थिति छ। यी नाकामा अहिले उदेक लाग्दो दृश्य देखिन्छ। भारततर्फ लागिरहेकाहरूका मुहारमा निराशा र उदासीपन झल्किएको प्रस्ट देख्न सकिन्छ।

यतिखेर भारत जानेमा युवाहरूमात्र होइनन्, काखेबालकसहितका महिलादेखि बालबालिका र वृद्धहरूसमेत छन्। भारतमा कोरोना संक्रमण सुरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपाली घर फर्कन थालेका थिए। त्यतिबेलातिरै सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरे पनि चैत ११ गते लकडाउन हुने बेलासम्म भारतका विभिन्न ठाउँबाट मजदुरी गरी घर फर्कनेको लाम नै लाग्ने गरेको थियो। लकडाउनसँगै नाका पनि खुलाएपछि जेठ र असारमा समेत घर फर्कनेको लर्को नै लाग्यो। कोरोना संक्रमणबाट अर्काका देशमा मर्नुभन्दा आफ्नै देशमा दुःखजिलो गरेर घरपरिवारसँगै बस्न भन्दै उनीहरू घर फर्केका थिए।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भदौमा ११ हजारजना भारत गएका छन् भने असोजमा २५ दिनमै २४ हजार ५ सय ८७ जना मजदुरीका लागी भारत गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
कुनै आम्दानीको स्रोत र रोजगार नभएर भोकमरी हुने अवस्था भएपछि भने भदौदेखि सुदूरपश्चिमेलीहरू पुनः भारततिर जान थालेका हुन्। ‘यहाँ केही काम पाइएन, भोकभोकै मर्ने अवस्था आइसक्यो, कसरी दसैं मनाउनु ?’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का हरि सिंह कुँवरले भने। आफूसँग भएको जमिनको उब्जनीले तीनचार महिना पनि खान नपुग्ने र अन्य आयश्रोत केही नहुने भएकाले सुदूरपश्चिमका धेरै नागरिक भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जान्छन्। ‘सधैं दसंै मनाउन घर आउँथें, अहिले खानलाउन नपाएर, भोकमरी सिर्जना भएर दसैंका बेला भारत जाने कहालीलाग्दो अवस्था देखिएको छ,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘दसैंका बेला घरपरिवार छाडेर मजदुरी गर्न भारत गएको यस्तो अवस्था यसअघि कहिले देखिएको थिएन।’ देशमा तीन सरकार भएका बेला लाउनखान नपाएर भोकमरीले दसैंमा भारत जाने अवस्था दुःखद र लज्जाजनक भएको उनी बताउछन्।

सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट भदौमा ११ हजारजना भारत गएका छन् भने असोजमा २५ दिनमै २४ हजार ५ सय ८७ जना मजदुरीका लागी भारत गएको कञ्चनपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। सुदूरपश्चिमका विभिन्न जिल्ला, बर्दिया, बाँकेलगायत मजदुरीका लागि सुदूरपश्चिमका नाका भएर भारततर्फ गइरहेका छन्। आयस्रोत नभएका र आफूसँग भएको जमिनको कमाइले तीनचार महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिब ७ लाखभन्दा बढी नागरिक भारतमा मजदुरी गर्न जाने गरेका छन्। उनीहरूले भारतमा सस्तोमा श्रम बेच्ने गरेका छन्। कोरोनाको संक्रमण फैलिएसँगै फागुनयता ३ लाखभन्दा बढी नेपाली घर फर्केका थिए। भारतबाट फर्केकालाई तत्काल भोकभोकै हुन नदिन राहतका कार्यक्रम र दीर्घकालीन रूपमा स्वरोजगार सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट बताउँछन्।
अर्को समाचार
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
२१ साउन २०८०
•
३ मिनेट पाठ
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को
शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।




साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए। “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उनले भने, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु।”  

बुढाले विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन्। नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे। “नेपालमै केही गरौँ भन्ने सोच र जाँगर भए पनि कामको उचित व्यवस्थापन छैन, न त मूल्य नै छ”, उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र रु तर गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ।”

बुढाजझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँदै गर्दा जमुनाहमा भेटिए। घरमा स्कुल पढ्ने छोराछोरी छन्। पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए। उनले भने, “हाम्रो देशमा व्यवसाय गर्न पनि लगानी चाहिन्छ । लगानी लगाएर व्यवसाय गर्न मेरो हैसियतले भ्याउँदैन । रहरले भन्दा पनि बाध्यताले भारतमा मजदुरी गर्न जानुपरेको छ ।” उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए।

यसैगरी रोजगारीका लागि भारत जाँदै गर्नुभएका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ। उनी पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए। उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताए। “आफूसँग हातमा सीप छैन, व्यापार–व्यवसाय गर्न लगानी छैन, अनि महिना दिन ढुक्कले काम गर्ने रोजगारी पाइँदैन । भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ ।”

बुवा र काकाको साथमा सानै उमेरदेखि भारतमा गएर मजदुरी गर्दै आएको विनयले बताए। विगत १८ वर्षदेखि भारतमा गएर काम गर्न सुरु गरेका विनयलाई सुरुमा भारतमा जानका लागि आफ्नो देशको नाका पार गर्दा नमज्जा लागेको अनुभव सुनाए। “पहिलोपटक काम गरेर पैसा कमाउन बुवा र काकासँग भारत गएको थिएँ । त्यतिबेला यही नाकामा म मनैमन रोएको पनि थिएँ। साह्रै नमज्जा लागेको थिए। अहिले त बानी परिसक्यो”, उनले भने, “आफ्नै गाउँठाउँमा बस्ने रहरलाई मारेर अर्काको देशमा खुन पसिना बगाउन मलाई मन छैन तर यो बाध्यता हो।”

प्रत्येक वर्ष नेपालगन्जस्थित जमुनाहनाका हुँदै दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को लाग्ने गर्दछ। यस वर्ष पनि असारे खेतीबाली सकेर दसैँ–तिहारका लागि खर्च जुटाउन भारत जाने नेपालीको लर्को सीमानाकामा देख्न सकिन्छ। असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस