काठमाडौं, पसु ५ - कम आन्तरिक उत्पादन, निर्यातको तुलनामा अधिक आयात तथा पेट्रोलियम पदार्थको आयात उच्च भई मुलुकको व्यापार घाटा निरन्तर बढिरहेको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु २५ अर्ब ५० करोड बराबरका सामग्री निर्यात र रु एक खर्ब ९० अर्ब ४२ करोडका मालसामान आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार कात्तिक मसान्तसम्ममा रु तीन अर्ब ८३ करोड बराबरका फलाम तथा स्टिलका सामान, रु एक अर्ब ८३ करोड बराबरका पोलिष्टर तथा अन्य धागो, रु एक अर्ब ८० करोडका ऊनी गलैंचा, रु एक अर्ब ७८ करोड बराबरका 'टेक्सटाइल' र रु एक अर्ब ३० करोड बराबरका तयारी पोशाक निर्यात भएका छन्।
सोही अवधिमा सबैभन्दा बढी रु ३२ अर्ब सात करोडको पेट्रोलियम पदार्थ, रु १९ अर्ब सात करोडको फलाम र फलामजन्य उत्पादन, रु ११ अर्ब पाँच करोडको यातायातका साधन र पार्टपुर्जा, रु नौ अर्ब ५२ करोड मेसिनरी तथा पार्टपुर्जा र रु आठ अर्ब ९४ करोडको सुन पैठारी भएको छ।
यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा उक्त मन्त्रालय र मातहतका कार्यालयको चौमासिक समीक्षा बैठक आज आयोजना गर्योर।
बैठकमा उपाध्यक्ष क्षेत्रीले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गरी आय र रोजगारीका अवसरलाई विस्तार गर्दै निजी तथा सरकारी क्षेत्रको सहभागितामा तुलनात्मक लाभका नयाँ वस्तु तथा सेवाहरूको पहिचान एवम् विकास गर्नुपर्ने बताए ।
स्थानीय कच्चा पदार्थ, स्रोत साधन र सीप बढी प्रयोग हुने वस्तुको निकासी प्रवर्द्धन गरी वाणिज्य क्षेत्रका गतिविधिबाट प्राप्त हुने लाभलाई ग्रामीण तहसम्म विस्तार गर्दै गरिबी न्यूनीकरणमा योगदान पुर्यारउने लक्ष्य प्राप्तिलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक भएको उनको कथन थियो।
उक्त मन्त्रालयका सचिव लालमणि जोशीले दैनिक उपभोग्य वस्तु तथा सेवा निश्चित गुणस्तर, मापदण्ड तथा प्रतिस्पर्धात्मक मूल्यमा सर्वसुलभ तवरले उपलब्ध हुने स्थितिको प्रत्याभूति गर्ने तथा दुर्गम र पिछडिएका क्षेत्रमा स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्यान्न परनिर्भरता हटाउने र गरिब जनतालाई राहत पुर्यारउन एकीकृत आपूर्ति संयन्त्रको विकास गर्ने कार्यलाई मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिए ।
स्वच्छ प्रतिस्पर्धात्मक बजार प्रणालीको विकासमार्फत आपूर्ति व्यवस्थालाई नियमित, सर्वसुलभ, भरपर्दो बनाउने तथा अस्वाभाविक अवस्थामा बजार हस्तक्षेपको माध्यमबाट आपूर्ति व्यवस्थालाई बिग्रन नदिई सर्वसाधारणको हित संरक्षण गर्ने उद्देश्य प्राप्तिमा मन्त्रालय लागिपरेको उनले बताए ।
सोही मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवालीले दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर नेपाल खाद्य संस्थानले आवश्यक काम गरिरहेको तथा साल्ट ट्रेडिङ कर्पोरेसनले कण्ठरोग नियन्त्रण कार्यक्रम कार्यान्वयन गरिररहेको जानकारी दिए ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड र नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुखले आ-आफ्ना कार्यालयका प्रगति विवरण प्रस्तुत गरेका थिए । रासस