न्यारोगेजमा संचालन हुँदै आएको जयनगर –जनकपुर रेल सेवा शुक्रबारबाट ब्रोडगेजमा संचालनका लागि परीक्षण सेवा सुरु गरिएको छ। रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा पहिलो हो।
नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल–अमलेखगन्ज रेल सेवा १९८४ मा संचालनमा ल्याएको थियो। त्यो रेल सेवा शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो। उक्त रेलसेवाले तराई मधेसका मानिसलाई मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्त पुर्याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।
विक्रम संवद १९९४ मा जयनगर–जनकपुर– बिजलपुरा रेल सेवा सुरु भएको बताइएको छ। करिब ५२ किलोमिटरको यो रेल सेवा सुरुमा कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। यो बेला रेल सेवा मानिस ओहोरदोहोर गर्न भन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो।
७६ वर्षपछि पछि ०७१ माघदेखि यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रूत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको यो रेल सेवा ०५८ सालदेखि जयनगर –जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।
भारतीय सरकारको आर्थिक सहयोगमा छ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाकाका लागि रेल्वे लाइन निर्माण भैरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे लाई निर्माण पूरा भए पनि शुक्रबार परीक्षण सेवा सुरु गरिएको रेल विभाग जनकपुरले जनाएको छ।
नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। उक्त दुवै रेल निर्माण भएर बिहीबार जयनगर रेल्वे स्टेसनमा आइएर रोकिएको थियो। शुक्रबार त्यो रेलको परीक्षण यात्रा जनकपुरसम्म ल्याएर गरिँदै छ। रेल विभागका जनकपुर साइट इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार शुक्रबार ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर आउन लागेको हो।
लामो समयको अन्तरालपछि रेल आउन लागेको खबर प्रसार भएपछि जनकपुर रेल्वे स्टेसनमा मानिसहरुको भिड लागेको छ। कोरोना कहरको बेवास्ता गर्दै उर्लेको भींड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारूढ दलभित्रको आन्तरिक कलह र दूरी बढ्न नदिन रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई निरन्तर भेटघाट र संवाद गरेर सम्बन्ध माझिराख्न सुझाव दिएका छन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै उनले चितवनमै भेट्दादेखि नै आफूले दुवै नेतालाई यस्तो सल्लाह दिँदै आएको सुनाए।
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे। चितवनमा भेट हुँदा नै आफूले खुलस्त रूपमा भेटघाट गरिरहन र सम्बन्ध माझिराख्न, नत्र फेरि अवस्था बिग्रने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा त्यस्तै सुझाव दिइरहेको बताए। संसद्बाट निर्वाचित प्रधानमन्त्री रहने बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदहरूले नेतृत्वको कामबारे प्रश्न उठाउनुलाई अन्यथा लिन नहुने भट्टराईको तर्क छ। ‘दलहरूभित्र बेलाबखत आकाङ्क्षाहरू अलिकति बाझिनु स्वाभाविक नै हो,’ उनले भने, ‘तर, त्यो दूरीलाई अनावश्यक रूपमा बढाउनु हुँदैन।’ सत्ता पक्षको आन्तरिक विवादमा घिउ थप्ने र सरकार गिराउने खेलमा नलाग्न भट्टराईले विपक्षी दल, नागरिक समाज र सञ्चारमाध्यमलाई समेत आग्रह गरे। संविधान निर्माणअघिको अवस्था फरक भए पनि पछिल्लो १० वर्षमा पटक-पटक सरकार बनाउने र गिराउने तमासाले देशमा गम्भीर अस्थिरता निम्त्याएको उनले औंल्याए।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...