नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा
२५ भदौ २०७७
•
३ मिनेट पाठ
नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा
रिडी हाइड्रोपावर कम्पनीले रुपन्देहीको तिलोत्तमा–६, मणिग्राममा निर्माणाधीन ८.५ मेगावाटको ग्रिड कनेक्टेड सोलार आयोजना। तस्बिर: नागरिक
निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लकडाउन र कोरोना कहरबीच रुपन्देहीको मणिग्राममा रहेको ८.५ मेगावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम अन्तिम चरणमा पुगेको हो।  




सौर्य ऊर्जाबाट विद्युत् निकाली राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको यो आयोजना निजी क्षेत्रको पहिलो ठूलो सोलार आयोजना हो। ७० करोड लगानीमा रिडी हाइड्रोपावर कम्पनीले तिलोत्तमा नगरपालिका–६ मा २६ बिघा क्षेत्रफलमा यो आयोजना निर्माण गरेको छ।

आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको कम्पनीका कार्यकारी निर्देशक कुवेरमणि नेपालले बताए। गत मंसिरमा सुरु गरिएको आयोजना वैशााखमा सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य थियो। तर लकडाउनका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले समयमै सम्पन्न गर्न नसकिएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए। आयोजनामा काम गरिरहेका केही भारतीय प्राविधिक पछिल्लो लकडाउनले सीमामै रोकिएपछि काम अवरुद्ध भएको उनले बताए। ‘प्राविधिक व्यवस्थापन भए सात दिनमा सम्पूर्ण काम सकेर विद्युत् उत्पादन थाल्ने छौं,’ कार्यकारी निर्देशक नेपालले भने।

आयोजनाअन्तर्गत तीन सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरिएको छ। जसबाट ८.५ मेगावाट विद्युत् उत्पादन हुनेछ। सोलार पाताबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न आठ सय ५० किलोवाट क्षमताका १० वटा इन्भर्टर जडान गरिएको छ। इन्भर्टरबाट आएको विद्युत्लाई ८.५ एमबिएको ट्रान्सफर्मरले ३३ केभीमा परिणत गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका इन्जिनियर कुशल न्यौपानेले बताए। त्यसका लागि इक्विपमेन्टहरुको ड्राई टेस्ट समेत भइसकेको उनले बताए। सिंगो प्लान्टको अन्तिम टेस्टको काम मात्र बाँकी रहेको इन्जिनियर न्यौपानले जानकारी दिए।

यो प्लान्टले दैनिक करिब नौ घन्टा विद्युत् उत्पादन गर्नेछ। ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। 
सोलारबाट उत्पादित विद्युत् अमुवा सबस्टेसनमा जोडिनेछ। सुरुमा योगीकुटी सबस्टेसनमा विद्युत् पठाउने गरी सम्झौता भए पनि ट्रान्समिसन लाइन विस्तारमा स्थानीयको अवरोधका कारण अमुवा सबस्टेसनमा जडान गर्न लागिएको हो। त्यसका लागि आयोजानाले ३३ केभिए लाइन विस्तारको काम गरिरहेको छ। उनका अनुसार करिब आठ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेमा सात किलोमिटरको काम पूरा भइसकेको छ।  

यो प्लान्टले दैनिक करिब नौ घन्टा विद्युत् उत्पादन गर्नेछ। ब्याट्री नराखिएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्ने गरी २५ वर्षका लागि खरिद सम्झौता (पिपिए) गरिएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए। वार्षिक एक करोड ४५ लाख युनिट विद्युत् आपूर्तिको ग्यारेन्टीसहित प्राधिकरणसँग सम्झौता गरिएको हो।

सोलार पातामुनि बेसार र फलफूल खेती
ग्रिड कनेक्टेड सोलार आयोजनाले मणिग्रामको शान्ति नमुना माविको २६ बिघा जमिन ३० वर्षका लागि लिजमा लिएको हो। जुन जमिनको भरपूर उपयोग गर्न एग्रिभोल्टाइक्स अर्थात ऊर्जासँगै कृषि परियोजनाको अवधारणालाई अगाडि बढाएको छ।

आयोजना सञ्चालन भएको जमिन उर्वर भएकाले त्यसको पूर्ण सदुपयोग गर्दै कृषिको व्यवसायीकरणमा योगदान दिने उद्देश्यले एग्रिभोल्टाइज परियोजना अगाडि बढाइएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए। जसअन्तर्गत सोलार प्यानलबीचको खालि स्थानमा अहिले साढे दुई टन बेसारको बीउ रोपिएको छ। अर्को वर्ष २५ टन बेसार लगाइने छ, जसबाट दुई सय ५० टन उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।  

सोलार प्लान्टको छेउको जग्गामा तरुल रोपिएको छ। ताइवानबाट ल्याइएको उच्च कोटीको पपयाँ जातका फलफूल र एभोकाडो लगाइएको छ। त्यससँगै व्यावसायिक बाख्रापालन गर्ने योजना पनि रहेको नेपालले बताए। ऊर्जा उत्पादनसँगै थालिएको व्यावसायिक कृषिले स्थानीयलाई रोजगारी दिनुका साथै एग्रोभोल्टिज टुरिजमको पनि विकास गर्नु मुख्य लक्ष्य रहेको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए।
अर्को समाचार
नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा
२२ भदौ २०७७
•
३ मिनेट पाठ
नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार आयोजना अन्तिम चरणमा
तस्विर: नागरिक
निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो ग्रिड कनेक्टेड सोलार पावर आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। लकडाउन र कोरोना कहरका बिच रुपन्देहीको मणिग्राममा रहेको ८.५ मेघावाटको ग्रिड कनेक्टेड बुटवल सोलार पावर प्रोजेक्टको काम अन्तिम चरणमा पुगेको हो।  




सौर्य उर्जाबाट बिद्युत निकाली राष्ट्रिय प्रशारण लाइनमा जोडन लागीएको यो आयोजना निजी क्षेत्रको पहिलो ठुलो सोलार आयोजना हो। ७० करोडको लगानीमा रिडी हाइड्रो पावर कम्पनीले तिलोत्तमा नगरपालिका ६ मा २६ बिगाह क्षेत्रफलमा यो आयोजना निर्माण गरेको छ।

आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको रिडी हाइड्रो पावर कम्पनीका कार्यकारी निर्देशक कुवेरमणी नेपालले बताए। गत मंसिरमा सुरु गरीएको आयोजना बैशााखमा सम्पन्न गरी बिद्युत उत्पादन गर्ने लक्ष्य लिइएको  थियो। तर लकडाउनका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले समयमै सम्पन्न गर्न नसकीएको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए। आयोजनामा काम गरीरहेका केही भारतीय प्राविधिक  पछिल्लो लकडाउनले सिमामै रोकीएपछि काम अबरुद्ध भएको उनले  बताए। ‘प्राविधिक व्यवस्थापन भए ७  दिनमा सम्पुर्ण काम सकेर बिद्युत उत्पादन थाल्ने छौं’ कार्यकारी निर्देशक नेपालले भने।

आयोजना अन्तर्गत ३ सय ३० वाट क्षमताका ३२ हजार सोलार पाता जडान गरीएको छ। जसबाट ८.५ मेघावाट बिद्युत उत्पादन हुने छ। सोलार पाताबाट उत्पादन हुने डीसी उर्जालाइ एसीमा कन्भर्ट गर्न ८ सय ५० किलोवाट क्षमताका १० वटा इन्र्भटर जडान गरीएको छ। इन्भर्टरबाट आएको बिद्युतलाइ ८.५ एमबीएको ट्रान्सफर्मरले ३३ को.भि.मा कन्र्भट गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका इन्जिनीयर कुशल न्यौपानेले बताए। त्यसकालागि इक्युपमेन्टहरुको ड्राइ टेष्ट समेत भइसकेको उनले बताए। सिंगो प्लान्टको अन्तिम टेष्टको काम मात्र बाँकी रहेको इन्जिनीयर न्यौपानले जानकारी दिए।

सोलारबाट उत्पादित बिद्युत अमुवा सबस्टेशनमा जोडीने छ। सुरुमा योगीकुटी सबस्टेसनमा बिद्युत पठाउने गरी सम्झौता भएपनि ट्रान्समिसन लाइन बिस्तारमा स्थानीयको अबरोधका कारण अमुवा सबस्टेशनमा जडान गर्न लागीएको हो। त्यसकालागि आयोजानाले ३३ केभिए लाइन बिस्तारको काम गरीरहेको छ। उनका अनुसार करिब ८  किलोमिटर प्रशारण लाइन निर्माण गर्नु पर्नेमा ७  किलोमिटरको काम पुरा भइसकेको छ।  

यो प्लान्टले दैनिक करिब ९ घण्टा बिद्युत उत्पादन गर्नेछ। व्याट्री नराखीएकाले घाम लागेको बेलामा मात्रै सोलार प्लान्टबाट बिद्युत उत्पादन हुने आयोजनाले जनाएको छ।  उत्पादित बिजुली प्राधिकरणले प्रति युनिट ७ रुपैँया ३० पैसाका दरले खरीद गर्ने गरी २५ बर्षकालागि खरीद सम्झौता (पिपिए) गरीएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए।  बार्षिक १ करोड ४५ लाख युनिट बिद्युत आपुर्तिको ग्यारेन्टि सहित प्राधिकरणसंग सम्झौता गरीएको हो।

सोलार पाता मुनी बेसार र फलफुलका बोट हुर्कदै

ग्रिड कनेक्टेड सोलार आयोजनाले मणिग्रामको शान्ति नमुना माविको २६ बिगाह जमिन ३० बर्षकालागि लिजमा लिएको हो। जुन जमिनको भरपूर उपयोग गर्न एग्रीभोल्टाइक्स अर्थात उर्जा संगै कृषि परियोजनाको अवधारणालाइ अगाडी बढाएको छ।

आयोजना संचालन भएको जमिन उर्बर भएकाले त्यसको पूर्ण सदुपयोग गर्दै कृषिको व्यवसायिकरणमा योगदान दिने उद्येस्यले एग्रीभोल्टाइज  परियोजनालाइ अगाडी बढाइएको आयोजनाका कार्यकारी निर्देशक नेपालले बताए।  

जस अन्तर्गत सोलार प्यानल बिचको खाली स्थानमा अहिले साढे २ टन बोसारको बिउ रोपीएको छ। अर्को बर्ष २५ टन बेसार लगाइने छ। जसबाट २ सय ५० टन बेसार उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।  

सोलार प्लान्टको छेउको जग्गामा तरुल रोपीएको छ। ताइवानबाट ल्याइएको उच्च कोटीको पपया जातका फलफुल र एभोकाडो लगाइएको छ। त्यससगै व्यवसायिक बाख्रापालन गर्ने योजना पनि रहेको नेपालले बताए। उर्जा उत्पादनसगै थालिएको व्यवसायिक कृषिले स्थानीयलाइ रोजगारी दिनुका साथै एग्रोभोल्टिज टुरिजमको पनि विकास गर्नु मुख्य लक्ष्य रहेको कम्पनीका कार्यकारी निर्देशक नेपालले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस